
बैंकिङ क्षेत्र सुधारका लागि ४९ बुँदे सुझाव सार्वजनिक, संरचनात्मक समस्यामा केन्द्रितBanking Reform Task Force Releases 49-Point Report, Calls for Structural Reset of Financial Sector
बैंकिङ क्षेत्र सुधारका लागि ४९ बुँदे सुझाव सार्वजनिक, संरचनात्मक समस्यामा केन्द्रित बैंक तथा वित्तीय क्षेत्रमा कर्जा प्रवाह अवरुद्ध हुँदै गएको, खराब कर्जा तीव्र गतिमा बढेको, आर्थिक गतिविधि सुस्त बनेको र नियामकीय जटिलता थपिँदै गएको अवस्थामा त्यसको समाधान खोज्न गठित बैंकिङ सुधार सुझाव कार्यदलले ४९ बुँदे विस्तृत सुझावसहितको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले बैंकिङ प्रणालीभित्र देखिएका समस्यालाई सतही नभई संरचनात्मक रूपमा व्याख्या गर्दै दीर्घकालीन सुधारको खाका प्रस्तुत गरेको छ। कर्जा विस्तार हुन नसकेको र निष्क्रिय कर्जा अस्वाभाविक रूपमा बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले गत जेठ ३० गते धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले बैंकिङ प्रणालीको समग्र अवस्था, नीतिगत कमजोरी र व्यवहारिक चुनौतीहरूको अध्ययन गर्दै सुधारका उपाय सुझाएको हो। कार्यदलले बैंक तथा वित्तीय क्षेत्र सुधारका लागि छ वटा मुख्य क्षेत्र पहिचान गरेको छ। ती क्षेत्रहरूमा बैंकिङ नीति तथा सुपरिवेक्षण, आर्थिक गतिविधि प्रवर्द्धन, ग्रामीण क्षेत्रमा कर्जा प्रवाह, मर्जर तथा एक्विजिसन, नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने उपाय र पुँजी बजार विकासमा केन्द्रीय बैंकको भूमिका समेटिएका छन्।Banking Reform Task Force Releases 49-Point Report, Calls for Structural Reset of Financial Sector A high-level banking reform task force formed to address persistent credit stagnation, a rapid rise in non-performing loans, sluggish economic activity, and growing regulatory complexity has made public a detailed 49-point reform report. The report concludes that Nepal’s banking sector problems are no longer cyclical but structural in nature, requiring deep and coordinated reforms rather than short-term policy adjustments. The task force was formed on Jestha 30 by Nepal Rastra Bank under the leadership of former Securities Board chairperson Dr. Rewat Bahadur Karki, after credit expansion stalled and bad loans began rising at an abnormal pace. The three-member committee studied the overall condition of the banking system and identified key weaknesses affecting credit flow and economic recovery.


















