
सन् २०२५ को अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुवै बढेNEPSE and Turnover Rise on the Final Trading Day of 2025
सन् २०२५ को अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक १०.५३ अंकले बढेर २६३३.७६ विन्दुमा बन्द भएको छ। सम्भावित निर्वाचनको चर्चासँगै बजारले सकारात्मक गति लिएको देखिएको हो। यस दिन २६० कम्पनीका ५ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो। एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किटमा पुगेको छ भने सबै १३ उपसमूहको परिसूचक बढेको छ।On the final trading day of 2025, the NEPSE index rose by 10.53 points to close at 2,633.76, reflecting positive market sentiment amid election speculation. Total turnover exceeded NPR 5.13 billion with shares of 260 companies traded. Sy Panel Nepal and Nyadi Hydropower hit the positive circuit, and all 13 sectoral indices ended the session in positive territory.


















