NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 59 / 194Next
    • आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छ
      Top

      <1 min read

      आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छ

      आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यो निर्णय मंसिर २५ गतेको बैठकमा गरिएको हो। वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइने छ। यो दोस्रो वर्ष हो जब लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

      NEPSE TRADING

      ·

      12 Dec, 2025

    • कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयरको लाभांश घोषणा गर्याे
      Top

      1 min read

      कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस शेयरको लाभांश घोषणा गर्याे

      कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (KBSH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयरको लाभांश वितरण गर्ने घोषणा गरेको छ। यो निर्णय मंसिर २५ गतेको सञ्चालक समितिको बैठकमा गरिएको हो। लाभांश वितरण विद्युत नियमन आयोगको स्वीकृत र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि हुनेछ।

      NEPSE TRADING

      ·

      12 Dec, 2025

    • सुन र चाँदीको मूल्यमा वृद्धि, चाँदीले नयाँ रेकर्ड बनायो
      Trending

      1 min read

      सुन र चाँदीको मूल्यमा वृद्धि, चाँदीले नयाँ रेकर्ड बनायो

      नेपाली बजारमा सुन र चाँदीको मूल्यमा महत्वपूर्ण वृद्धि भएको छ। मंसिर २६ गते सुनको मूल्य प्रतितोला ३,५०० रुपैयाँले बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३,९०५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यस दिन चाँदीले नयाँ रेकर्ड बनाएको हो।

      NEPSE TRADING

      ·

      12 Dec, 2025

    • आइएमई लाईफ इन्स्योरेन्सले १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा
      Top

      <1 min read

      आइएमई लाईफ इन्स्योरेन्सले १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

      आइएमई लाईफ इन्स्योरेन्स लिमिटेड (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबर हुनेछ। इन्स्योरेन्सको मंसिर २५ गतेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।

      NEPSE TRADING

      ·

      12 Dec, 2025

    • मिड सोलु हाइड्रोपावरले १५% बोनस सेयर दिने, पुस २१ मा साधारण सभा
      Investor

      1 min read

      मिड सोलु हाइड्रोपावरले १५% बोनस सेयर दिने, पुस २१ मा साधारण सभा

      मिड सोलु हाइड्रोपावरले १५% बोनस सेयर दिने, पुस २१ मा साधारण सभा मिड सोलु हाइड्रोपावर लिमिटेड (MSHL) ले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २१ गते काठमाडौँको पुरानो बानेश्वरस्थित मानसरोबल पार्टी प्यालेसमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउँसो १ बजे सुरू हुने छ। कम्पनीले बोनस सेयरसाथै कर प्रयोजनका लागि ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि ल्याएको छ। साथै, प्रबन्धपत्र–नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक समूहबाट ५ जना सञ्चालक निर्वाचन, लेखापरीक्षक नियुक्ती, र संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित गर्ने एजेन्डा पनि सभामा प्रस्तुत हुनेछन्।

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • दराजको १२.१२ ग्राण्ड इयर–एन्ड सेल आज राति ८ बजेदेखि सुरु, ८०% सम्म छुट
      Investor

      1 min read

      दराजको १२.१२ ग्राण्ड इयर–एन्ड सेल आज राति ८ बजेदेखि सुरु, ८०% सम्म छुट

      दराजको १२.१२ ग्राण्ड इयर–एन्ड सेल आज राति ८ बजेदेखि सुरु, ८०% सम्म छुट देशकै अग्रणी अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले वर्षको सबैभन्दा ठूलो बिक्री अभियान १२.१२ ग्राण्ड इयर–एन्ड सेल सुरु गर्न लागेको छ। कम्पनीका अनुसार सेल मंसिर २५ गते (डिसेम्बर ११) राति ८ बजेदेखि पौष ३ गते (डिसेम्बर १८) सम्म सञ्चालन हुनेछ। दराजले यस वर्षको सेलमा ८०% सम्मको फ्ल्यास सेल, ७०% सम्मको मेगा डिल, तथा छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधा उपलब्ध गराउने भएको छ। ब्रान्ड पार्टनरमार्फत अतिरिक्त छुट पनि दिइनेछ—सेताफिलले ४१% सम्म, र्‍होटो, ब्राण्डहाउस र AUBB ले ६०% सम्म, तथा स्ट्रिक्स, नाइकि र लोट्टो नेपालले ५०% सम्म छुट प्रदान गर्नेछन्।

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५% नगद लाभांश प्रस्ताव
      Investor

      <1 min read

      आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५% नगद लाभांश प्रस्ताव

      आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५% नगद लाभांश प्रस्ताव आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ काे नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकमार्फत यो निर्णय पारित गरेको हो। प्रस्तावित नगद लाभांशमा सेयरधनीले तिर्नुपर्ने करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ। लाभांश वितरण नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ। कम्पनीका अनुसार स्वीकृत प्रक्रिया पूरा भएपछि लाभांश रकम सेयरधनीको खातामा जमा गराइनेछ।

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • बौद्धस्थित हायात रिजेन्सी र कर्मचारीबीच पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक दिन सहमति
      Investor

      1 min read

      बौद्धस्थित हायात रिजेन्सी र कर्मचारीबीच पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक दिन सहमति

      बौद्धस्थित हायात रिजेन्सी र कर्मचारीबीच पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक दिन सहमति बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटलको पुनर्निर्माण अवधिभर श्रमिकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। जेन जेनेरेशन (Gen Z) आन्दोलनका क्रममा भदौ २४ गते होटलमा भएको तोडफोड, आगजनी र लुटपाटपछि होटल सञ्चालन बन्द भएको थियो। होटल व्यवस्थापनका अनुसार ठूलो आर्थिक तथा भौतिक क्षति पुगेकोले होटल पूर्ण रूपमा मर्मत–सम्भार नगरी सञ्चालन असम्भव छ। पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने अनुमान गर्दै कर्मचारी प्रतिनिधिसँग छलफल गरी सो अवधिभर नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत तलब दिने सहमति गरिएको हो। साथै सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गरिने छ।

      Marketminds Investment Group

      ·

      11 Dec, 2025

    • मौलाकाली केबलकारको आईपीओ प्रस्ताव सेबोनको पाइपलाइनमा सूचीकृत
      Investor

      1 min read

      मौलाकाली केबलकारको आईपीओ प्रस्ताव सेबोनको पाइपलाइनमा सूचीकृत

      मौलाकाली केबलकारको आईपीओ प्रस्ताव सेबोनको पाइपलाइनमा सूचीकृत मौलाकाली केबलकार लिमिटेडको आईपीओ प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा सूचीकृत भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १८,७९,१३० कित्ता सेयर जारी गर्ने प्रस्ताव कात्तिक २४ गते सेबोनमा दर्ता गराएको हो। प्रस्ताव स्वीकृत भए कम्पनीले करिब १८ करोड ७९ लाख रुपैयाँ जुटाउनेछ। यस आईपीओ निष्काशनको व्यवस्थापन एनआईसी एशिया क्यापिटल लिमिटेड ले गर्नेछ। सेबोनको औपचारिक स्वीकृति पाएपछि मात्र कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्न पाउनेछ।

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • नारायणी विकास बैंकका अवितरित हकप्रद सेयरको लिलामी आज अन्तिम दिन
      Investor

      1 min read

      नारायणी विकास बैंकका अवितरित हकप्रद सेयरको लिलामी आज अन्तिम दिन

      नारायणी विकास बैंकका अवितरित हकप्रद सेयरको लिलामी आज अन्तिम दिन नारायणी विकास बैंक लिमिटेड (NABBC) ले अवितरित हकप्रद सेयरको लिलामी आज मंसिर २५ गते अन्त्य गर्दैछ। बैंकले मंसिर ११ गतेदेखि खुलेको लिलामीमा पुरानो १:१ अनुपातको हकप्रद वितरणबाट बाँकी रहेका ६ लाख २१ हजार ६०६ कित्ता सेयर बिक्रीका लागि ल्याएको हो। लिलामीमा ६ लाख ३ हजार १६२ कित्ता प्रवर्द्धक (Promoter) सेयर र १८ हजार ४४४ कित्ता साधारण सेयर राखिएको छ। यी सेयरहरूमा व्यक्तिहरू, कम्पनीहरू तथा संस्थागत लगानीकर्ताले बोलपत्र पेश गर्न सक्नेछ

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • फर्स्ट माइक्रोफाइनान्स लघुवित्त : ६.५% लाभांश प्रस्ताव
      Investor

      <1 min read

      फर्स्ट माइक्रोफाइनान्स लघुवित्त : ६.५% लाभांश प्रस्ताव

      फर्स्ट माइक्रोफाइनान्स लघुवित्त : ६.५% लाभांश प्रस्ताव फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले आर्थिक वर्ष २०८१/८२ का लागि ६.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कुल लाभांश रकम करिब ८ करोड ७४ लाख रुपैयाँ बराबर हुने कम्पनीले जानकारी दिएको छ। मंसिर २४ गते बसेको सञ्चालक समितिको २४४औँ बैठकले १ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजीमा आधारित रही ६.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्तालाई वितरण हुने कम्पनीले जनाएको छ। फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य हाल बजारमा ८०४ रुपैयाँ मा कारोबार भइरहेको छ।

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • डिप्रोक्स  लघुवित्त : १५% लाभांश प्रस्ताव
      Investor

      1 min read

      डिप्रोक्स लघुवित्त : १५% लाभांश प्रस्ताव

      डिप्रोक्स लघुवित्त : १५% लाभांश प्रस्ताव डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीका अनुसार कुल लाभांश रकम करिब २८ करोड २ लाख रुपैयाँ बराबर हुनेछ। मंसिर २५ गते बसेको सञ्चालक समितिको ३८५औँ बैठकले चुक्ता पुँजी १ अर्ब ८६ करोड रुपैयाँमा आधारित भएर १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। उक्त अनुसार बोनस सेयरको मूल्य करिब १८ करोड ६८ लाख रुपैयाँ र नगद लाभांश करिब ९ करोड ३४ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ।

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • नेपाल लाइफ इन्स्योरेन्सले २१.०५% लाभांश प्रस्ताव
      Investor

      <1 min read

      नेपाल लाइफ इन्स्योरेन्सले २१.०५% लाभांश प्रस्ताव

      नेपाल लाइफ इन्स्योरेन्सले २१.०५% लाभांश प्रस्ताव नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) ले आर्थिक वर्ष २०८१/८२ का लागि २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कुल लाभांश रकम करिब १ अर्ब ९० करोड रुपैयाँ बराबर हुने कम्पनीले जनाएको छ। मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको ४०४औँ बैठकले सेयरधनीलाई १६.०५ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीको हालको चुक्ता पुँजी ९.०२ अर्ब रुपैयाँ छ।

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • नेपाल एसबीआई बैंक : ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने
      Investor

      1 min read

      नेपाल एसबीआई बैंक : ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने

      नेपाल एसबीआई बैंक : ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • महालक्ष्मी विकास बैंकको २४ औं साधारण सभा पुस २१ मा
      Top

      1 min read

      महालक्ष्मी विकास बैंकको २४ औं साधारण सभा पुस २१ मा

      महालक्ष्मी विकास बैंकको २४ औं साधारण सभा पुस २१ मा महालक्ष्मी विकास बैंकले आगामी पुस २१ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ। सभामा आर्थिक वर्षसीधा सम्वन्धित एजेन्डाहरू टेबुल गरिनेछन्। सभाले बैंकले अघि प्रस्ताव गरेको १०.३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ, जसमा ५ प्रतिशत बोनस सेयर तथा ५.३७ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ। यो लाभांश प्रस्ताव सञ्चालक समितिले यसअघि नै पारित गरिसकेको थियो। बोनस सेयर वितरणपछि चुक्तापुँजी बढ्ने भएकाले सोही अनुरूप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ। साथै, संशोधनका क्रममा नियामक निकायबाट सुझाव वा निर्देशन आएमा त्यहीअनुसार परिमार्जन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदनका लागि टेबुल गरिने बैंकले जनाएको छ।

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • लक्ष्मी सनराइज बैंकको २५ औं साधारण सभा पुस १४ मा,  १० प्रतिशत बोनस सेयर वितरण गर्ने
      Investor

      1 min read

      लक्ष्मी सनराइज बैंकको २५ औं साधारण सभा पुस १४ मा, १० प्रतिशत बोनस सेयर वितरण गर्ने

      लक्ष्मी सनराइज बैंकको २५ औं साधारण सभा पुस १४ मा, १० प्रतिशत बोनस सेयर वितरण गर्ने लक्ष्मी सनराइज बैंकले आगामी पुस १४ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा सभा आयोजना हुने जानकारी दिएको हो। सभामा चालु आर्थिक वर्षको लाभांश पारितलगायतका नियमित एजेन्डा प्रस्तुत गरिने बैंकले जनाएको छ।

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • वैदेशिक रोजगारतर्फको रिलायन्स स्पिनिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      1 min read

      वैदेशिक रोजगारतर्फको रिलायन्स स्पिनिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      वैदेशिक रोजगारतर्फको रिलायन्स स्पिनिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी गरिएको आईपीओमा आवेदन दिन आज अन्तिम अवसर बनेको छ। कम्पनीले मंसिर २२ गतेदेखि खुला गरेको यो सेयर बिक्री आज बन्द हुँदै छ। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत—कुल १ लाख १५ हजार ५९६ कित्ता—विदेशमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको हो। प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्नेछ।

      Marketminds Investment Group

      ·

      11 Dec, 2025

    • सालपा विकास बैंकको आईपीओ निष्काशन आजदेखि सुरु
      Investor

      1 min read

      सालपा विकास बैंकको आईपीओ निष्काशन आजदेखि सुरु

      सालपा विकास बैंकको आईपीओ निष्काशन आजदेखि सुरु सालपा विकास बैंकले आफ्नो जारी पुँजीको ३३ प्रतिशत बराबरको आईपीओ आज मंसिर २५ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको छ। बैंकले ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ जारी पुँजीमध्ये १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरका १७ लाख २३ हजार ८८० कित्ता सेयर बिक्रीका लागि खुला गरेको हो। आईपीओको पहिलो चरण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। तिनीहरूको लागि १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता साधारण सेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिएको बैंकले जनाएको छ। वैदेशिक रोजगारीका आवेदकहरूले मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवश्यक परे अवधि पुस १० गतेसम्म लम्बिने छ।

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • घोराही सिमेन्टको लाभांशका लागि आजसम्म सेयरधनी कायम हुनुपर्ने
      Investor

      1 min read

      घोराही सिमेन्टको लाभांशका लागि आजसम्म सेयरधनी कायम हुनुपर्ने

      घोराही सिमेन्टको लाभांशका लागि आजसम्म सेयरधनी कायम हुनुपर्ने घोराही सिमेन्ट इण्डस्ट्री लिमिटेडको प्रस्तावित लाभांश प्राप्त गर्न इच्छुक सेयरधनीका लागि आज अन्तिम दिन बनेको छ। कम्पनीले भोलि मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेसँगै आजसम्म सूचीकृत र कायम सेयरधनीले मात्र लाभांश पाउने व्यवस्थामा रहनेछन्।

      NEPSE TRADING

      ·

      11 Dec, 2025

    • जेन–जी आन्दोलनसँग सरकारको ऐतिहासिक सहमति: सुशासन, न्याय, समावेशिता र संरचनागत सुधारका ठोस प्रतिबद्धता
      Investor

      3 min read

      जेन–जी आन्दोलनसँग सरकारको ऐतिहासिक सहमति: सुशासन, न्याय, समावेशिता र संरचनागत सुधारका ठोस प्रतिबद्धता

      जेन–जी आन्दोलनसँग सरकारको ऐतिहासिक सहमति: सुशासन, न्याय, समावेशिता र संरचनागत सुधारका ठोस प्रतिबद्धता नेपाल सरकार र जेन–जी जनआन्दोलनका प्रतिनिधिबीच देशभर उठेका मूलभूत मुद्दा – सुशासन, भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य, जनअधिकारको संरक्षण र संरचनागत असमानता समाधानको मार्गचित्र तय गर्दै एक ऐतिहासिक सहमति भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न यो सहमतिले भदौ २३ र २४ मा भएको जनआन्दोलनको कारण, परिणाम र त्यसले देखाएको राज्य सुधारका आवश्यकताहरूलाई औपचारिक रूपमा स्वीकार गरेको छ।

      NEPSE TRADING

      ·

      11 Dec, 2025