NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 73 / 195Next
    • आदित्य शिवाकोटी : सेयर बजारका जिम्मेवार युवा स्वर
      Investor

      2 min read

      आदित्य शिवाकोटी : सेयर बजारका जिम्मेवार युवा स्वर

      आदित्य शिवाकोटी : सेयर बजारका जिम्मेवार युवा स्वर काठमाडौं । नेपालको सेयर बजार अहिले केबल नाफा–नोक्सानको खेल मात्र होइन, वित्तीय चेतना र लगानी संस्कृतिको नयाँ युगमा प्रवेश गरिरहेको छ । यस यात्रामा अग्रपंक्तिमा देखिने नयाँ पुस्ताका प्रतिनिधि हुन् — आदित्य शिवाकोटी, एक उदाउँदा लगानीकर्ता, वक्ता र वित्तीय साक्षरताका अभियान्ता ।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • करिब दुई महिनापछि सेबोनद्वारा आईपीओ स्वीकृति प्रक्रिया पुनः सुरु, सोलु हाइड्रोलाई अनुमति
      Investor

      1 min read

      करिब दुई महिनापछि सेबोनद्वारा आईपीओ स्वीकृति प्रक्रिया पुनः सुरु, सोलु हाइड्रोलाई अनुमति

      करिब दुई महिनापछि सेबोनद्वारा आईपीओ स्वीकृति प्रक्रिया पुनः सुरु, सोलु हाइड्रोलाई अनुमति काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब दुई महिनादेखि रोकिएको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) स्वीकृति प्रक्रिया पुनः सुरु गरेको छ। कर्मचारी आन्दोलनका कारण ठप्प रहेको सेबोनको कामकाज सुचारु भएसँगै लामो समयदेखि प्रतीक्षारत कम्पनीहरूका लागि आईपीओ निष्काशनको बाटो खुलेको हो। सेबोनले सोलु हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशनका लागि स्वीकृति प्रदान गरेको छ। सेबोनका अनुसार कम्पनीलाई विवरण पत्र प्रकाशन गरी प्रारम्भिक सार्वजनिक निष्काशन अघि बढाउन अनुमति दिइएको हो।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • साञ्जेन जलविद्युत कम्पनीको नाफामा ठूलो सुधार, विद्युत बिक्री ७७९ प्रतिशतले बढ्यो
      Investor

      1 min read

      साञ्जेन जलविद्युत कम्पनीको नाफामा ठूलो सुधार, विद्युत बिक्री ७७९ प्रतिशतले बढ्यो

      साञ्जेन जलविद्युत कम्पनीको नाफामा ठूलो सुधार, विद्युत बिक्री ७७९ प्रतिशतले बढ्यो साञ्जेन जलविद्युत कम्पनी लिमिटेड (SJCL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले विद्युत बिक्री आम्दानीमा उल्लेखनीय वृद्धि गर्दै नोक्सानी अवस्थाबाट नाफामा फर्किन सफल भएको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युत बिक्रीमार्फत ५५ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ६ करोड ३४ लाख रुपैयाँ आम्दानीको तुलनामा ७७९.४५ प्रतिशतले बढी हो। आम्दानी बढेसँगै कम्पनीले गत वर्षको सोही अवधिमा ५ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेकोमा यस वर्ष सोही अवधिसम्ममा १५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • जीवन विकास लघुवित्तको ४५ हजार कित्ता संस्थापक शेयर लिलामीमा, बोलपत्र मंसिर ९ गतेसम्म
      Investor

      1 min read

      जीवन विकास लघुवित्तको ४५ हजार कित्ता संस्थापक शेयर लिलामीमा, बोलपत्र मंसिर ९ गतेसम्म

      जीवन विकास लघुवित्तको ४५ हजार कित्ता संस्थापक शेयर लिलामीमा, बोलपत्र मंसिर ९ गतेसम्म जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहका नाममा रहेको ४५ हजार ५० कित्ता संस्थापक शेयर लिलामी (शिलबन्दी बोलपत्र) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले उक्त शेयर २०८२ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म (नोभेम्बर 11 देखि नोभेम्बर 24, 2025) आवेदन दिन सकिने जनाएको छ। लघुवित्तले नेपाल राष्ट्र बैंकको “घ” वर्गको इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १०/०८१ तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिमको व्यवस्थाअनुसार संस्थापक समूहकै शेयर सोही समूहका विद्यमान संस्थापक तथा इच्छुक व्यक्ति वा संस्थाहरुलाई लिलामीमार्फत बिक्री गर्न स्वीकृति प्राप्त गरेको हो। शेयर खरिदका लागि इच्छुक व्यक्तिहरूले मंसिर ५ गते अपरान्ह २:३० बजेभित्र आवेदन जीवन विकास लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङ वा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौं मा बुझाउन सक्नेछन्।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • खानी खोला हाइड्रोपावरको ४ लाख ५९ हजार कित्ता हकप्रद शेयरको बोलपत्र (टेन्डर) मंसिर २५ गते खोलिने
      Investor

      1 min read

      खानी खोला हाइड्रोपावरको ४ लाख ५९ हजार कित्ता हकप्रद शेयरको बोलपत्र (टेन्डर) मंसिर २५ गते खोलिने

      खानी खोला हाइड्रोपावरको ४ लाख ५९ हजार कित्ता हकप्रद शेयरको बोलपत्र (टेन्डर) मंसिर २५ गते खोलिने खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री नभएका हकप्रद शेयरहरू लिलामी (गोप्य शिल्ड टेन्डर) प्रक्रियामार्फत बिक्री गर्न लागेको छ। कम्पनीले सर्वसाधारण समूहतर्फका ४ लाख ५९ हजार ३४५ कित्ता हकप्रद शेयरका लागि आवेदन नपरेपछि उक्त शेयरहरू लिलामीमार्फत बिक्री गर्ने जनाएको हो। यसअघि कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गरी साउन ३ गतेदेखि भदौ ५ गतेसम्म आवेदन आह्वान गरेको थियो। तर, सो अवधिभित्र केही शेयर बाँकी रहँदा, प्रचलित नियम अनुसार कम्पनीले कार्तिक १२ गतेदेखि कार्तिक १९ गतेसम्म लिलामी आवेदन आह्वान गरेको थियो। कम्पनीले प्राप्त बोलपत्रहरू मंसिर २५ गते (मंगलबार) बिहान ५:०० बजे सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाडौंमा खोल्ने जनाएको छ।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • सान्भि इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरको लक–इन अवधि समाप्त
      Investor

      1 min read

      सान्भि इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरको लक–इन अवधि समाप्त

      सान्भि इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरको लक–इन अवधि समाप्त सान्भि इनर्जी लिमिटेडले आफ्नो सार्वजनिक निष्काशनमार्फत सामूहिक लगानी कोषहरूलाई वितरण गरिएको शेयरको लक–इन (Lock–In) अवधि समाप्त भएको जानकारी सार्वजनिक गरेको छ। नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार कम्पनीले गत २०८२ साल जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरी २०८२ जेठ २६ गते बाँडफाँट गरेको थियो। उक्त निष्काशनअन्तर्गत कुल ३७ लाख ९० हजार कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता शेयर वितरण गरिएको थियो। बाँकी २९ लाख १० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूलाई जारी गरी बाँडफाँट गरिएको थियो।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • सानिमा बैंकमा पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृत नियुक्त
      Investor

      1 min read

      सानिमा बैंकमा पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृत नियुक्त

      सानिमा बैंकमा पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृत नियुक्त सानिमा बैंक लिमिटेडले पवन कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको मिति २०७९ साल कार्तिक २४ गते सोमबार अपराह्न ४:३० बजे बसेको बैठकले आचार्यलाई माघ १२ गतेदेखि लागू हुने गरी चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो। यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते समाप्त हुने भएकोले नयाँ CEO नियुक्त गरिएको सानिमा बैंकले जनाएको छ। आचार्य यसअघि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) को रूपमा कार्यरत थिए।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • माउण्टेन इनर्जी नेपालको वार्षिक साधारणसभा मंसिर २९ गते हुने
      Investor

      1 min read

      माउण्टेन इनर्जी नेपालको वार्षिक साधारणसभा मंसिर २९ गते हुने

      माउण्टेन इनर्जी नेपालको वार्षिक साधारणसभा मंसिर २९ गते हुने माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्नो १२औं वार्षिक साधारणसभा (AGM) मंसिर २९ गते (सोमबार, १५ डिसेम्बर २०२५) बिहान १०:०० बजे काठमाडौंको Amrapali Banquet Catering & Events, भाटभटेनी मा आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको १३४औं बैठकले उक्त मिति, समय र स्थान तय गरेको हो। सो साधारणसभाको सूचना कम्पनीले कार्तिक २५ गतेको नयाँ पत्रिका दैनिक मा प्रकाशित गरेको छ। वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का विभिन्न वित्तीय विवरण र प्रतिवेदनमाथि छलफल हुने जनाएको छ। साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • सानिमा बैंक र दराजबीच ‘११:११ योजना’ का लागि सहकार्य, ग्राहकलाई विशेष छुट
      Investor

      1 min read

      सानिमा बैंक र दराजबीच ‘११:११ योजना’ का लागि सहकार्य, ग्राहकलाई विशेष छुट

      सानिमा बैंक र दराजबीच ‘११:११ योजना’ का लागि सहकार्य, ग्राहकलाई विशेष छुट काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नका लागि दराजसँग ११:११ योजना अन्तर्गत सहकार्य गरेको छ। यस योजनाअनुसार, कात्तिक २५ देखि मंसिर ५ गतेसम्म दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्ने ग्राहकले विशेष छुट पाउनेछन्। बैंकका अनुसार, डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम १,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा अधिकतम २,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • नेपाल बैंक र दराजबीच अनलाइन खरिदमा छुट दिने सम्झौता
      Investor

      1 min read

      नेपाल बैंक र दराजबीच अनलाइन खरिदमा छुट दिने सम्झौता

      नेपाल बैंक र दराजबीच अनलाइन खरिदमा छुट दिने सम्झौता काठमाडौं । नेपाल बैंक लिमिटेड र दराज नेपालबीच अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा बैंकका ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार, २०७२ साल कार्तिक २५ गतेदेखि मंसिर ६ गतेसम्म यो अफर लागू रहनेछ। सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट निम्मित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजका तर्फबाट प्रोजेक्ट लिड (डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस) रिशव थापाले हस्ताक्षर गरेका हुन्। बैंकले ग्राहक सेवामा नवीनता र डिजिटल संलग्नता बढाउने लक्ष्यका साथ ई–कमर्स प्लेटफर्महरूसँग सहकार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। यस सहकार्यमार्फत बैंकका ग्राहकहरूले दराजमा सामान खरिद गर्दा विभिन्न छुट पाउनेछन्।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • राष्ट्र बैंकको नयाँ व्यवस्था : क्यासिनोलाई विदेशी मुद्रा कारोबारका लागि इजाजत लिनुपर्ने
      Investor

      1 min read

      राष्ट्र बैंकको नयाँ व्यवस्था : क्यासिनोलाई विदेशी मुद्रा कारोबारका लागि इजाजत लिनुपर्ने

      राष्ट्र बैंकको नयाँ व्यवस्था : क्यासिनोलाई विदेशी मुद्रा कारोबारका लागि इजाजत लिनुपर्ने काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो र यस्ता प्रकृतिका संस्थाहरूले विदेशी मुद्रा कारोबार गर्नका लागि अनिवार्य रूपमा इजाजत लिनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार विदेशी मुद्रा कारोबार गर्नका लागि अनुमति (इजाजत) आवश्यक हुने नयाँ व्यवस्था लागू गरेको जनाएको छ। राष्ट्र बैंकका अनुसार क्यासिनोलगायतका संस्थाहरूले इजाजत प्राप्त गरी मात्र विदेशी विनिमय (भारतीय रुपैयाँसहित) कारोबार गर्न वा गराउन सक्नेछन्। यसअघि क्यासिनोहरूले स्वेच्छिक रूपमा विदेशी मुद्राको प्रयोग गर्ने प्रचलन थियो, जुन अब औपचारिक स्वीकृतिपछि मात्र सम्भव हुनेछ।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • भारत सरकारको सहयोगमा नेपालमा ११ नयाँ समुदाय विकास परियोजनामा सम्झौता
      Latest

      1 min read

      भारत सरकारको सहयोगमा नेपालमा ११ नयाँ समुदाय विकास परियोजनामा सम्झौता

      भारत सरकारको सहयोगमा नेपालमा ११ नयाँ समुदाय विकास परियोजनामा सम्झौता काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरूका लागि आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपालस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित परियोजना कार्यान्वयन निकायहरूबीच हस्ताक्षर गरिएको हो। भारतीय दूतावासका अनुसार, उक्त परियोजनाहरू करीब १ अर्ब १६ करोड रुपैयाँ लागतमा सञ्चालन हुनेछन्। यी परियोजनाहरू शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा केन्द्रित हुनेछन्। भारत सरकारले सन् २००३ देखि नेपालमा हालसम्म ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ। तीमध्ये ५०२ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन्।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • आज सुनको मूल्यमा ह्वात्तै वृद्धि, तोलाको ४ हजार ९ सय रुपैयाँले बढ्यो
      Investor

      1 min read

      आज सुनको मूल्यमा ह्वात्तै वृद्धि, तोलाको ४ हजार ९ सय रुपैयाँले बढ्यो

      आज सुनको मूल्यमा ह्वात्तै वृद्धि, तोलाको ४ हजार ९ सय रुपैयाँले बढ्यो काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो। हिजो सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १०५ रुपैयाँले बढेर ३ हजार १७० रुपैयाँ पुगेको छ। हिजो सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ मात्र थियो। सुन र चाँदी दुबैको मूल्यमा आएको यस्तो उल्लेख्य वृद्धि पछिल्ला केही दिनयताको स्थिर अवस्थापछि आएको हो। व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको बताएका छन्।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • राष्ट्र बैंकको निष्कर्षः जेनजी आन्दोलनपश्चात अर्थतन्त्र सुधारतर्फ
      Investor

      2 min read

      राष्ट्र बैंकको निष्कर्षः जेनजी आन्दोलनपश्चात अर्थतन्त्र सुधारतर्फ

      राष्ट्र बैंकको निष्कर्षः जेनजी आन्दोलनपश्चात अर्थतन्त्र सुधारतर्फ नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनका क्रममा अर्थतन्त्रमा परेको क्षति विस्तारै सुधार हुँदै गएको जनाएको छ। बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले आन्दोलनपछि बनेको सरकारले शान्ति–सुरक्षा, सुशासन र पुनर्निर्माणमा प्राथमिकता दिएपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गरेको हो। ढिलो मनसुनका कारण कृषि उत्पादनमा केही असर परेको र भदौ महिनामा जेनजी आन्दोलनका क्रममा आर्थिक क्षति पुगेको भए पनि त्यसपछिका महिनामा सुधारको संकेत देखिएको राष्ट्र बैंकको मूल्याङ्कन छ। बैंकका अनुसार, नयाँ सरकारले प्रभावित व्यवसायका लागि राहत र सहुलियतका कार्यक्रम अघि सारेको, पुनर्निर्माण र सुशासनमा जोड दिएकाले आर्थिक गतिविधिमा गतिशीलता फर्किएको छ।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • साहस उर्जा लिमिटेडले २१% बोनस र १.१०५३% नगद लाभांश घोषणा, सय प्रतिशत हकप्रद शेयर जारी गर्ने योजना
      Top

      1 min read

      साहस उर्जा लिमिटेडले २१% बोनस र १.१०५३% नगद लाभांश घोषणा, सय प्रतिशत हकप्रद शेयर जारी गर्ने योजना

      साहस उर्जा लिमिटेड (SAHAS) ले २१ प्रतिशत बोनस शेयर र १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। नगद हिस्सा कर प्रयोजनका लागि प्रयोग गरिनेछ। सञ्चालक समितिको निर्णय अनुसार बोनसपछि कम्पनीले १:१ अनुपातमा सय प्रतिशत हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ। विद्युत नियमन आयोग र आगामी साधारण सभाको स्वीकृति पश्चात उक्त योजना कार्यान्वयन गरिनेछ र उठ्ने रकम नयाँ जलविद्युत् परियोजनामा लगानी गरिनेछ।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • राधी विद्युतको नाफा ८१२% ले उकालो, प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५८ पैसा
      Top

      1 min read

      राधी विद्युतको नाफा ८१२% ले उकालो, प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५८ पैसा

      राधी विद्युत कम्पनी लिमिटेड (RADHI) को पहिलो त्रैमासमा नाफा उल्लेख्य रूपमा बढेको छ। कम्पनीको खुद नाफा ८११.६३ प्रतिशतले वृद्धि भई २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी (EPS) ६० रुपैयाँ ५८ पैसामा पुगेको छ। अघिल्लो वर्षको तुलनामा EPS ५३ रुपैयाँ ६२ पैसाले बढेको हो। विद्युत बिक्री आम्दानी ४.४६ प्रतिशतले बढ्दा अन्य आम्दानी ३५ करोड ७० लाख रुपैयाँ पुगेको छ। जसले गर्दा सञ्चालन मुनाफा १,३९६ प्रतिशतले बढेको हो। त्रैमास अन्त्यसम्म कम्पनीको नेटवर्थ प्रतिशेयर १८० रुपैयाँ ८४ पैसा र मूल्य–आम्दानी अनुपात १०.४३ गुणामा झरेको छ।

      NEPSE TRADING

      ·

      11 Nov, 2025

    • सामसङ नेपालले ग्यालेक्सी Buds3 FE बजारमा ल्यायो
      Investor

      1 min read

      सामसङ नेपालले ग्यालेक्सी Buds3 FE बजारमा ल्यायो

      सामसङ नेपालले ग्यालेक्सी Buds3 FE बजारमा ल्यायो सामसङ नेपालले आफ्नो नयाँ ट्रू–वायरलेस इयरबड्स “ग्यालेक्सी Buds3 FE” नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यसलाई आकर्षक डिजाइन र बुद्धिमानी प्रविधियुक्त इयरबड्सका रूपमा प्रस्तुत गर्दै फ्ल्यागशिप स्तरका सुविधाहरूलाई अझ बढी प्रयोगकर्तासम्म पुर्‍याउने लक्ष्य राखेको जनाएको छ। नवीनतम ग्यालेक्सी एआई एकीकरण र आइकोनिक “ब्लेड” डिजाइन सहितको Buds3 FE ले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो नवप्रवर्तनको नयाँ अध्याय सुरु गरेको सामसङले जनाएको छ। हाल यो इयरबड्स रु. १९,९९९ मा देशभरका सामसङ स्टोरहरूमा उपलब्ध छ। ग्यालेक्सी Buds3 FE लाई शक्तिशाली ध्वनि, उत्कृष्ट मूल्य र परिष्कृत सुविधाहरू सहित इन्जिनियर गरिएको छ। यसमा ठूलो स्पिकर, उन्नत Active Noise Cancelling (ANC) र क्रिस्टल क्लियर कल टेक्नोलोजी जस्ता विशेषता समावेश छन्, जसले मेसिन लर्निङ प्रविधिबाट शोरयुक्त वातावरणमा पनि आवाजलाई स्पष्ट बनाउँछ।

      NEPSE TRADING

      ·

      10 Nov, 2025

    • तल्लो हेवाखोला जलविद्युत् आयोजनामा ९८ करोड ऋण लगानी
      Investor

      1 min read

      तल्लो हेवाखोला जलविद्युत् आयोजनामा ९८ करोड ऋण लगानी

      तल्लो हेवाखोला जलविद्युत् आयोजनामा ९८ करोड ऋण लगानी पाँचखपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको तल्लो हेवाखोला जलविद्युत् आयोजना (०.८४ मेगावाट) का लागि आवश्यक लगानी जुटाइएको छ। सो आयोजनामा सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले संयुक्त रूपमा ९८ करोड १७ लाख रुपैयाँ बराबरको ऋण लगानी गर्ने भएका छन्। आयोजनाको कुल लागत १ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहने अनुमान गरिएको छ, जसमा ७० प्रतिशत ऋण र बाँकी ३० प्रतिशत प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ। कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार, आयोजनाबाट वार्षिक ४०.८२ गिगावाट घण्टा बिजुली उत्पादन हुने अपेक्षा गरिएको छ।

      NEPSE TRADING

      ·

      10 Nov, 2025

    • सरकारले झण्डै २० अर्ब आन्तरिक ऋण उठाउने
      Investor

      1 min read

      सरकारले झण्डै २० अर्ब आन्तरिक ऋण उठाउने

      सरकारले झण्डै २० अर्ब आन्तरिक ऋण उठाउने काठमाण्डौ, कार्तिक २४, २०८२ (सोमबार) नेपाल सरकारले झण्डै २० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोमबार ट्रेजरी बिलको बोलकबोलमार्फत कुल १९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ऋण संकलन गर्न लागिएको हो। यस अन्तर्गत ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल जारी हुने र १४ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको नवीकरण गरिनेछ। यी ऋणपत्रहरू १८२ दिन र ३६४ दिन अवधिका हुने जनाइएको छ। बोलकबोल सोमबार दिउँसो २ बजेसम्म खुला रहनेछ भने मंगलबार ट्रेजरी बिल जारी गरिनेछ। हाल बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता भएकाले ट्रेजरी बिल खरिदमा उच्च प्रतिस्पर्धा देखिएको छ। मागभन्दा धेरै आवेदन पर्ने भएकाले डिस्काउन्ट रेट २.७५ प्रतिशतभन्दा तल झरेको छ। पछिल्लो बोलकबोलमा ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर २.३६ प्रतिशत र १८२ दिने बिलको १.६१ प्रतिशत निर्धारण भएको थि

      NEPSE TRADING

      ·

      10 Nov, 2025

    • राष्ट्र बैंकको कारबाही : कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई  सचेत
      Investor

      1 min read

      राष्ट्र बैंकको कारबाही : कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई सचेत

      राष्ट्र बैंकको कारबाही : कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई सचेत काठमाडौं । नियम विपरीत गतिविधि गरेको आरोपमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाहीमा परेका बैंकहरूमा कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेड रहेका छन्। राष्ट्र बैंकका अनुसार, कुमारी बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत कालोसूचीमा रहेका व्यक्ति तथा संस्थासँग बैंकिङ कारोबार गरेको पाइएको हो। राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनअनुसार, कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले फुकुवा नहुँदासम्म आफ्नो खातामा रकम जम्मा गर्न बाहेक अन्य कुनै पनि प्रकारको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ। तर, उक्त निर्देशनको उल्लंघन गरेकाले कुमारी बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१)(क) अनुसार सचेत गराइएको छ।

      NEPSE trading

      ·

      10 Nov, 2025