
H8020 हिमालयन ८०–२० कोषले १६.१६ प्रतिशत नगद लाभांश घोषणाH8020 Himalayan 80–20 Fund Declares 16.16% Cash Dividend
H8020 हिमालयन ८०–२० कोषले १६.१६ प्रतिशत नगद लाभांश घोषणा H8020 हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक र हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष योजना “हिमालयन ८०–२०” ले आर्थिक वर्ष २०८१/८२ का लागि आकर्षक नगद लाभांश घोषणा गरेको छ। भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको ७४औं सञ्चालक समितिको बैठकले १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार, योजनाका इकाईधनीहरूले करसहित रु १६ करोड १६ लाख बराबरको प्रतिफल प्राप्त गर्नेछन्। कम्पनीका अनुसार, यो लाभांश योजनाले प्रक्षेपण गरेको लाभांश भन्दा ६ प्रतिशतले बढी हो र यसले अनुमानित आन्तरिक प्रतिफल दर (IRR) पनि पूरा गरेको छ। अघिल्लो आर्थिक वर्षमा पनि प्रक्षेपित भन्दा बढी लाभांश वितरण गर्न सफल भएको यो योजनाले छोटो अवधिमै लगानीकर्तामाझ आकर्षक अवसरको छाप छोड्न सफल भएको छ। योजना व्यवस्थापकले निकट भविष्यमा खुलामुखी योजना संचालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। साथै, हिमालयन ८०–२० योजनाले आगामी वर्षहरूमा पनि इकाईधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने र लाभांश वितरणमा निराश नबनाउने लक्ष्य लिएको स्पष्ट गरेको छ।H8020 Himalayan 80–20 Fund Declares 16.16% Cash Dividend Himalayan Mutual Fund’s first closed-end scheme “Himalayan 80–20”, promoted by Himalayan Bank Limited and managed by Himalayan Capital Limited, has announced an attractive cash dividend for the fiscal year 2081/82. The 74th Board of Directors’ meeting of Himalayan Capital Limited held on Bhadra 13 decided to distribute a 16.16% cash dividend from the scheme’s profit to its unit holders, equivalent to NPR 161.6 million including tax. According to the company, this dividend is 6% higher than the scheme’s initial projection and matches the expected Internal Rate of Return (IRR). The fund had also distributed a higher-than-projected dividend in the previous fiscal year, earning a strong reputation among investors as a lucrative short-term investment opportunity.


















