
हङकङमा ‘गोर्खाज फाइनान्स लिमिटेड’को शुभारम्भGrand Inauguration of ‘Gorkhas Finance Limited’ in Hong Kong
हङकङमा ‘गोर्खाज फाइनान्स लिमिटेड’को शुभारम्भ हङकङमा नेपाली समुदायलाई लक्षित गरी गोर्खाज फाइनान्स लिमिटेडको भव्य शुभारम्भ गरिएको छ। शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले गोर्खाज फाइनान्सलाई हङकङमा नेपाली समाजका लागि एउटा बैंक सरहको संस्था बनाउने र नेपाली समुदायलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गरे। नेपालबाट आएका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र युवा उद्यमी हिक्मतजंग कार्कीलगायतका विशिष्ट अतिथिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीको नेतृत्व डीके दाहाल, आकाश बन्जारा, बिबश सुवेदीसहित ४७ जना सेयरधनीहरूको टोलीले गरिरहेको जानकारी दिइयो।Grand Inauguration of ‘Gorkhas Finance Limited’ in Hong Kong Gorkhas Finance Limited has been grandly inaugurated in Hong Kong, targeting the Nepali community and aiming to establish itself as a financial institution equivalent to a bank. At the inauguration ceremony, company director Akash Banjara announced that the primary goal of Gorkhas Finance is to unite the Nepali community in Hong Kong and provide financial services comparable to a full-fledged bank. The program was attended by distinguished guests from Nepal, including Nabil Bank CEO Manoj Gyawali and young entrepreneur Hikmat Jung Karki. The company is being led by a team of 47 shareholders, including DK Dahal, Akash Banjara, and Bibash Subedi.


















