
एशियन लाइफ इन्स्योरेन्सको ३ लाख ५८ हजार अवितरित हकप्रद शेयर लिलामीमा बिक्री हुनेAsian Life Insurance to Auction 358,512 Unsubscribed Rights Shares
एशियन लाइफ इन्स्योरेन्सको ३ लाख ५८ हजार अवितरित हकप्रद शेयर लिलामीमा बिक्री हुने काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म हाल कायम चुक्ता पुँजीको १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। बिक्री अवधिभर २७ हजार ६२२ जना शेयरधनीले आवेदन दिएपछि १ करोड ३९ लाख २० हजार ८०० कित्ता शेयर बाँडफाँट भइसकेको छ। बाँकी ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर भने बिक्री नभएकाले अब लिलामी प्रक्रियाबाट बिक्रीमा आउने भएको हो। यसअन्तर्गत संस्थापक समूहका लागि ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहका लागि ३ लाख २८ हजार ४७३.९१ कित्ता शेयर लिलामीमा राखिनेछ। इच्छुक व्यक्तिहरू, कम्पनी तथा संघसंस्थाले यो शेयर खरिद गर्न सक्नेछन्।Asian Life Insurance to Auction 358,512 Unsubscribed Rights Shares Kathmandu — Asian Life Insurance Company has announced that it will sell its unsubscribed rights shares through an auction process. Earlier, from Ashad 25 to Shrawan 20, the company had issued 14,279,312.48 rights shares at a ratio of 1:0.42 of its paid-up capital, each share priced at NPR 100. During the subscription period, 27,622 shareholders applied, and a total of 13,920,800 shares were allotted. However, 358,512.48 shares remained unsubscribed, which will now be put up for auction. Among these, 30,038.57 shares belong to the promoter group, while 328,473.91 shares are from the public group. Any individual, company, or institution is eligible to participate in the auction.


















