
लाभांश कार्यविधिमा खासै परिवर्तन छैन : लगानीकर्ता केशव कोइराला ‘काका’No Major Change in Dividend Rules: Investor Keshav Koirala ‘Kaka’
लाभांश कार्यविधिमा खासै परिवर्तन छैन : लगानीकर्ता केशव कोइराला ‘काका’ काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो मात्र बैंक तथा वित्तीय संस्थाहरुको लागि लाभांश स्वीकृत गर्ने नयाँ कार्यविधि सार्वजनिक गरेको छ । यसबारेमा शेयर बजारका चर्चित लगानीकर्ता केशव कोइराला ‘काका’ले आफ्नो धारणा सार्वजनिक गर्दै कुनै ठूला नियमगत परिवर्तन नभएको टिप्पणी गरेका छन्। उनका अनुसार, ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुको लाभांश वितरण सम्बन्धी नियममा कुनै परिवर्तन गरिएको छैन । यसअघि जस्तै उनीहरुले बोनस वा नगद लाभांश वितरण गर्ने पुरानै प्रावधान कायम छ।No Major Change in Dividend Rules: Investor Keshav Koirala ‘Kaka’ Kathmandu – Nepal Rastra Bank (NRB) yesterday issued a revised procedure on dividend approval for banks and financial institutions. Commenting on the update, prominent stock market investor Keshav Koirala, popularly known as ‘Kaka,’ said that there are no significant regulatory changes in the new directive. According to him, for Class “A” commercial banks and national-level Class “B” development banks, there has been no change in the rules regarding dividend distribution. They will continue under the same provisions as before when distributing bonus or cash dividends.


















