नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको दाबी14 Applicants for the Position of Chairman at Nepal Insurance Authority
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको दाबी
नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिको सूचनाअनुसार ७ दिनको म्यादभित्र प्राप्त आवेदनको सूची सार्वजनिक गरिएको हो।
अध्यक्ष पदमा दाबी गर्ने व्यक्तिहरूमध्ये विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई र महेश्वर न्यौपाने रहेका छन्।14 Applicants for the Position of Chairman at Nepal Insurance Authority
Fourteen individuals have applied for the position of Chairman of the Board of Directors of the Nepal Insurance Authority. According to the notice issued by the recommendation committee formed by the Ministry of Finance, Government of Nepal, the list of applicants submitted within the 7-day deadline has been published.
Those who have applied for the post include Bishnubabu Mishra, Buddhekaji Shrestha, Dr. Damodar Basaula, Chintamani Siwakoti, Ghanshyam Budhathoki, Bikrant Pandey, Paras Kafle, Gyanendra Adhikari, Dev Kumar Dhakal, Prof. Dr. Deepak Bahadur Bhandari, Dr. Rajendra Pandit, Yagya Prasad Nyaupane, Ramesh Kumar Bhattarai, and Maheshwor Nyaupane.