
एनआईसी एशिया क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न, ५०% नगद लाभांश पारितNIC Asia Capital Holds 9th AGM, Approves 50% Cash Dividend
एनआईसी एशिया क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न, ५०% नगद लाभांश पारित एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा (AGM) भदौ १८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणलाई अनुमोदन गरेको छ। साथै, कम्पनीले कायम चुक्ता पुँजीमा ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीका अध्यक्ष सन्तोष कुमार राठीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, २० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।NIC Asia Capital Holds 9th AGM, Approves 50% Cash Dividend Kathmandu – NIC Asia Capital Limited successfully conducted its 9th Annual General Meeting (AGM) on Bhadra 18, 2082, at its registered office in Thapathali, Kathmandu. The meeting approved the Board of Directors’ report, the audited financial statements for FY 2081/82, and endorsed a 50 percent cash dividend (including tax) on the company’s paid-up capital. In his address, Chairman Santhosh Kumar Rathi reported that with a paid-up capital of Rs. 20 crore, the company earned over Rs. 30.6 crore in revenue and recorded a net profit of Rs. 11.64 crore during the review period.


















