
नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त, सत्ता संकट टर्योDr. Bishwanath Paudel Appointed 18th Governor of Nepal Rastra Bank, Ending Uncertainty and Political Tensions
नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त, सत्ता संकट टर्यो नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा अर्थविद् प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको प्रस्तावलाई अनुमोदन गर्दै डा. पौडेललाई गभर्नरमा नियुक्त गरेको हो। यो नियुक्तिसँगै राष्ट्र बैंकमा लामो समयदेखि चलेको गभर्नरसम्बन्धी अन्योल समाप्त भएको छ। सिफारिस समितिले मंगलबार नै प्रा.डा. विश्वनाथ पौडेल, कामु गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको थियो। सिफारिस गरिएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका डा. पौडेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो।Dr. Bishwanath Paudel Appointed 18th Governor of Nepal Rastra Bank, Ending Uncertainty and Political Tensions Economist Prof. Dr. Bishwanath Paudel has been appointed the 18th Governor of Nepal Rastra Bank. The decision was made during a Cabinet meeting held on Tuesday evening at Baluwatar, approving the recommendation of a committee led by Deputy Prime Minister and Finance Minister Bishnu Paudel. This appointment ends the prolonged uncertainty surrounding the central bank’s leadership. The Governor Recommendation Committee, chaired by Finance Minister Bishnu Paudel, had earlier on Tuesday recommended three candidates: Dr. Bishwanath Paudel, Acting Governor Nilam Dhungana Timsina, and former Secretary Dinesh Bhattarai. Dr. Paudel, ranked first on the list, was selected by the Cabinet for the position.


















