
(NIFRA) निफ्राको ६% हरित उर्जा ऋणपत्र जेठ १८ गतेदेखि निष्कासन हुनेNIFRA to Issue 6% Green Energy Bonds from Jestha 18
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ७ वर्षे "निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९" जेठ १८ गतेदेखि निष्कासन गर्नेछ। वार्षिक ६ प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको कुल ५० लाख कित्ता निष्काशन हुनेछ, जसको अंकित मूल्य प्रतिकित्ता १,००० रुपैयाँ छ। यसमध्ये ३० लाख कित्ता निजी तवरबाट र २० लाख कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ। सर्वसाधारणका लागि खुला २० लाख मध्ये १ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। न्यूनतम २५ र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन अवधि जेठ २१ देखि असार १ भित्र रहनेछ। बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड हो ।Nepal Infrastructure Bank Limited (NIFRA) is issuing a 7-year bond named "NIFRA Green Energy Bond 6%–2088/89" from Jestha 18. The bond carries an annual interest rate of 6%. A total of 5 million units will be issued at a face value of NPR 1,000 each. Of these, 3 million units will be sold privately, while 2 million will be offered to the public—1 million reserved for mutual funds and 1.9 million for general investors. Applications can be made for a minimum of 25 units and a maximum of 1 million units. The issue will close between Jestha 21 and Asar 1. NIMB Ace Capital is the issue manager.


















