
नेप्से १९.२७ अंकले बढ्दै २६७४ विन्दुमा बन्द, कारोबार रकम ५ अर्ब नाघ्योNEPSE Closes Higher on the First Trading Day of the Week
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा बन्द भएको छ। बजारमा सकारात्मक माहोल कायम रहँदा कारोबार रकम पनि बढेर ५ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सबै १३ उपसमूहका परिसूचक वृद्धि हुँदा वित्त उपसमूह सर्वाधिक २.२२ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ।The NEPSE index closed higher on Sunday, the first trading day of the week, gaining 19.27 points to reach 2,674.20. Market turnover increased to over Rs 5.64 billion amid positive market sentiment. Shares of Salapa Bikas Bank and Reliance Spinning Mills hit the positive circuit level. All 13 sectoral indices ended in the green, with the Finance sector leading the gains by 2.22 percent. Radhi Bidyut Company recorded the highest trading turnover of the day.


















