
ग्रिनेदी इनर्जी लिमिटेडले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटललाई नियुक्त गर्योGrinedi Energy Limited Appoints Prabhu Capital as Issue and Sales Manager for IPO
ग्रिनेदी इनर्जी लिमिटेडले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटललाई नियुक्त गर्यो काठमाडौँ — ग्रिनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउन तयारी गर्दै प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौता २०८२ मंसिर १ गते, सोमबार सम्पन्न भएको हो। सम्झौतापत्रमा ग्रिनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष युरेशमान कायस्थ र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन्। ग्रिनेदी इनर्जी लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले कास्की जिल्लास्थित इदी खोलामा स्थापित इदी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०८२ वैशाख ८ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ।Grinedi Energy Limited Appoints Prabhu Capital as Issue and Sales Manager for IPO Kathmandu — Grinedi Energy Limited has officially appointed Prabhu Capital Limited as the Issue and Sales Manager to proceed with its Initial Public Offering (IPO) for local residents and the general public. The agreement was signed on Monday, 1st Mangsir 2082. The agreement was signed by Grinedi Energy Limited’s Chairman, Ureshman Kayastha, and Prabhu Capital Limited’s Managing Director, Ashish Gauchan.


















