
चार सार्वजनिक संस्थानको निजीकरण मूल्याङ्कनका लागि तीन कम्पनी प्राविधिक रूपमा योग्यThree Firms Technically Qualified to Evaluate Four Public Enterprises for Privatization
चार सार्वजनिक संस्थानको निजीकरण मूल्याङ्कनका लागि तीन कम्पनी प्राविधिक रूपमा योग्य चारवटा सार्वजनिक संस्थानको लगानी तथा सम्पत्ति मूल्याङ्कनका लागि तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले साउन २० गते सार्वजनिक संस्थानहरूको निजीकरण प्रक्रिया अघि बढाउनका लागि मूल्याङ्कनकर्ताको बोलपत्र आह्वान गरेको थियो। मन्त्रालयले नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओरियन्ट म्याग्नेसाइट प्रा.लि., बुटवल धागो कारखाना लिमिटेड र जनकपुर चुरोट कारखाना लिमिटेडका मूल्याङ्कनका लागि प्रस्ताव मागेको थियो। प्राप्त बोलपत्रमध्ये S&S PJPN JV सबै चार संस्थानको मूल्याङ्कनका लागि प्राविधिक रूपमा योग्य देखिएको छ।Three Firms Technically Qualified to Evaluate Four Public Enterprises for Privatization Three companies have been technically qualified to conduct investment and asset valuation of four public enterprises, according to the Ministry of Finance. The ministry had invited proposals on Shrawan 20 to appoint valuation firms as part of the government’s ongoing privatization efforts. The proposals were sought for the valuation of Nepal Metal Company Ltd., Nepal Orient Magnesite Pvt. Ltd., Butwal Spinning Mill Ltd., and Janakpur Cigarette Factory Ltd. Among the applicants, S&S PJPN JV has been declared technically qualified for the valuation of all four institutions.


















