
सुन–चाँदीको बजारमा उतारचढाव: बिहिबार सुन घट्यो, चाँदी महँगियोGold Falls, Silver Rises on Thursday as Market Sees Minor Fluctuations
सुन–चाँदीको बजारमा उतारचढाव: बिहिबार सुन घट्यो, चाँदी महँगियो बिहिबार नेपाली बजारमा सुन–चाँदीको भाउमा सानो उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी ६० रुपैयाँले बढेको छ। महासङ्घले सार्वजनिक गरेको नयाँ दरअनुसार आज छापावाल सुन प्रतितोला २,४८,४०० रुपैयाँ मा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य बढेर प्रतितोला ३,२८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य २,४८,८०० रुपैयाँ थियो भने चाँदी ३,२२० रुपैयाँ मा कारोबार भइरहेको थियो। आजको मूल्य परिमार्जनसँगै सुनको मूल्यमा ओरालो र चाँदीमा माथिल्लो दबाब देखिएको छ।Gold Falls, Silver Rises on Thursday as Market Sees Minor Fluctuations Gold and silver prices in the Nepali market witnessed slight movement on Thursday. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold decreased by Rs. 400 per tola, while silver increased by Rs. 60 per tola. As per today’s updated rate, hallmark gold is being traded at Rs. 248,400 per tola. Likewise, the price of silver has risen to Rs. 3,280 per tola. On Wednesday, gold was traded at Rs. 248,800 per tola, whereas silver stood at Rs. 3,220 per tola. With today’s revision, gold prices have edged lower while silver has continued an upward trend.


















