
सर्वोत्तम सिमेन्टले २०% लाभांशका लागि बुक–क्लोजर मिति घोषणा, एजीएम मङ्सिर २६ माSarbottam Cement Limited Announces Book Closure Date for 20% Dividend; AGM Scheduled for Mangsir 26
सर्वोत्तम सिमेन्टले २०% लाभांशका लागि बुक–क्लोजर मिति घोषणा, एजीएम मङ्सिर २६ मा सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले २०८२ मङ्सिर २६ गते ७औँ वार्षिक साधारण सभा (एजीएम) बोलाएको छ। एजीएम रुपन्देही, भैरहवास्थित होटल सिद्धार्थ विलासामा बिहान ११:०० बजेबाट शुरु हुनेछ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ। सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश (कर सहित) रु. ७४।६३ करोड बराबर र ५ प्रतिशत बोनस सेयर रु. २४।८७ करोड बराबर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको हालको चुक्ता पुँजी रु. ४।९७ अर्ब रहेको छ। एजीएममा अडिट रिपोर्ट, नाफा–नोक्सानी विवरण, वित्तीय प्रतिवेदन तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने र आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि समावेश गरिएको छ।Sarbottam Cement Limited Announces Book Closure Date for 20% Dividend; AGM Scheduled for Mangsir 26 Sarbottam Cement Limited (SARBTM) has announced that its 7th Annual General Meeting (AGM) will be held on Mangsir 26, 2082. The meeting is scheduled to take place at Hotel Siddhartha Vilasa in Bhairahawa, Rupandehi, starting at 11:00 AM. One of the major agendas of the AGM is the endorsement of a 20% dividend for the fiscal year 2081/82. The board of directors has proposed a total dividend of 20%, comprising a 15% cash dividend worth Rs. 74.63 crores (including tax) and a 5% bonus share distribution worth Rs. 24.87 crores. The company's current paid-up capital stands at Rs. 4.97 Arba.


















