NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Economy News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 25 / 49Next
    • ९ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.५ प्रतिशतले वृद्धि
      Investor

      ९ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.५ प्रतिशतले वृद्धिBank Deposits Grow by 11.5% in First Nine Months of Current Fiscal Year

      ९ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.५ प्रतिशतले वृद्धि चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७९/८० को तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा कुल निक्षेप ११.५ प्रतिशतले वृद्धि भई ३६ खर्ब ८ अर्ब ४७ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा निक्षेप ७.२ प्रतिशतले वृद्धि भएको थियो। वार्षिक बिन्दुगत हिसाबले हेर्दा २०८१ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ११.५ प्रतिशतले बढेको छ।Bank Deposits Grow by 11.5% in First Nine Months of Current Fiscal Year In the first nine months of the current fiscal year 2080/81, deposits in banks and financial institutions have increased by 11.5%, according to the latest data released by Nepal Rastra Bank (NRB). The total deposit amount has grown by NPR 3.608 trillion (or 3608.47 billion). During the same period last fiscal year, deposits had grown by 7.2%, reaching NPR 4.090 trillion. On a year-on-year point-to-point basis, total deposits as of the end of Chaitra 2081 (mid-April 2025) had increased by 11.5%.

      NEPSE trading ·19 May, 2025·1 min read
    • आज साँझ मन्त्रिपरिषद्को बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावना
      Investor

      आज साँझ मन्त्रिपरिषद्को बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावनाCabinet Meeting Scheduled Today; Possibility of Appointing New NRB Governor

      आज साँझ मन्त्रिपरिषद्को बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावना प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकको प्रमुख एजेन्डा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषय रहेको जनाइएको छ। गभर्नर चयन प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन भइसकेको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको समितिले तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नुपर्ने प्रावधान छ।Cabinet Meeting Scheduled Today; Possibility of Appointing New NRB Governor Prime Minister KP Sharma Oli has called a Cabinet meeting for today at 6 PM. The key agenda of the meeting is expected to be the appointment of a new Governor for Nepal Rastra Bank (NRB). A recommendation committee has already been formed to initiate the selection process. The committee is chaired by Finance Minister Bishnu Poudel, with former Governor Maha Prasad Adhikari and economist Dr. Posh Raj Pandey as members. As per procedure, the committee must recommend three candidates for the post of Governor.

      NEPSE trading ·19 May, 2025·1 min read
    • वाणिज्य बैंकहरूको मुद्दति ब्याजदरमा सामान्य गिरावट — ऋण प्रवाह सुस्त हुँदा ब्याजदर घट्दै
      Investor

      वाणिज्य बैंकहरूको मुद्दति ब्याजदरमा सामान्य गिरावट — ऋण प्रवाह सुस्त हुँदा ब्याजदर घट्दैCommercial Banks Reduce Fixed Deposit Rates Slightly in Jetha; Liquidity Pressure Remains High

      वाणिज्य बैंकहरूको मुद्दति ब्याजदरमा सामान्य गिरावट — ऋण प्रवाह सुस्त हुँदा ब्याजदर घट्दै नेपाली वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर २०८२ सालको जेठ महिनामा औसतमा ५.९४ प्रतिशत कायम गरेका छन्। अघिल्लो महिना अर्थात् वैशाखमा यो दर ५.९८ प्रतिशत थियो। यद्यपि यो सानो गिरावट हो, तर यसले मुलुकको बैंकिङ प्रणालीमा गहिरो संकेत दिइरहेको छ — अत्यधिक तरलता, कमजोर कर्जा प्रवाह, र नीतिगत अवरोधहरू। ब्याजदरमा ०.०४ प्रतिशत बिन्दुको गिरावट देखिएको छ। यो गिरावट खासै ठूलो नभए पनि यसले बैंकहरू ब्याज घटाउने क्रममै रहेको सन्देश दिन्छ। ब्याजदर घटाउने यो ट्रेन्ड पछिल्लो केही महिनादेखि नै चलिरहेको छ, जुन बैंकहरूको आन्तरिक तरलता व्यवस्थापन र नीति अनुकूलनसँग सम्बन्धित छ।Commercial Banks Reduce Fixed Deposit Rates Slightly in Jetha; Liquidity Pressure Remains High Nepal's commercial banks have slightly reduced the interest rates offered on individual fixed deposits for the month of Jetha 2082. According to recent data, the average fixed deposit rate has dropped to 5.94%, down from 5.98% in Baisakh 2082. While the decline of just 0.04 percentage points may appear minor, it reflects deeper economic signals — including excess liquidity, sluggish credit growth, and policy-related constraints.

      NEPSE trading ·14 May, 2025·3 min read
    • गभर्नरमा कांग्रेसको प्रस्ताव विश्व पौडेलको नाममा, समझदारी टुटेपछि विकल्प खोजियो
      Investor

      गभर्नरमा कांग्रेसको प्रस्ताव विश्व पौडेलको नाममा, समझदारी टुटेपछि विकल्प खोजियोNepali Congress Proposes Bishwo Paudel as Governor Amid Delay and Dispute

      गभर्नरमा कांग्रेसको प्रस्ताव विश्व पौडेलको नाममा, समझदारी टुटेपछि विकल्प खोजियो राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलको नाम प्रस्ताव गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ कांग्रेस र एमाले शीर्ष नेताहरूको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको नाम अघि सारेका हुन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो। वैशाख ३ गते भएको उक्त समझदारीका आधारमा भट्टले वैशाख ५ गते कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि देउवाले विकल्प स्वरूप विश्व पौडेलको नाम अघि सारेको स्रोतले जानकारी दिएको छ।Nepali Congress Proposes Bishwo Paudel as Governor Amid Delay and Dispute Nepali Congress has proposed former Vice-Chairman of the National Planning Commission, Bishwo Paudel, as the new Governor of Nepal Rastra Bank. The proposal was made by party President Sher Bahadur Deuba during a meeting held at the Prime Minister’s residence in Baluwatar on Saturday, which was attended by top leaders of the ruling coalition including CPN-UML.

      NEPSE trading ·11 May, 2025·1 min read
    • आज प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्भावना
      Investor

      आज प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्भावनाCabinet Meeting Called Today by PM Oli, Central Bank Governor Appointment Likely

      आज प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्भावना प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपरान्ह ५ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ। बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भइरहेको छलफल, सरकारका नियमित कामकारबाहीहरूको समीक्षा, समसामयिक विषयहरू तथा राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा पनि छलफल हुने बताइएको छ। स्रोतका अनुसार आजको बैठकबाटै राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ। यसै विषयलाई लिएर राजनीतिक तहमा चासो थपिएको छ।Cabinet Meeting Called Today by PM Oli, Central Bank Governor Appointment Likely Prime Minister KP Sharma Oli has called a meeting of the Council of Ministers today. According to the Prime Minister's Secretariat, the meeting will be held at 5 PM at the Prime Minister’s official residence in Baluwatar. The agenda for the meeting includes discussion on the ongoing parliamentary deliberations regarding the upcoming fiscal year’s policies and programs, a review of regular governmental activities, current national issues, and notably, the appointment of the Governor of Nepal Rastra Bank. Sources suggest that the new Governor of the central bank could be appointed during today’s meeting itself, drawing significant political attention.

      NEPSE trading ·8 May, 2025·<1 min read
    • धितोपत्र बोर्डमा अख्तियारको छापा, आईपीओमा कमिसन प्रकरणमा गहिरो छानबिन सुरु
      Investor

      धितोपत्र बोर्डमा अख्तियारको छापा, आईपीओमा कमिसन प्रकरणमा गहिरो छानबिन सुरुCIAA Raids Securities Board, Launches In-Depth Investigation into IPO Commission Scandal

      नेपाल धितोपत्र बोर्डमा जलविद्युत् प्रवर्द्धकहरूबाट आईपीओ अनुमति दिन कमिसन मागिएको आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मारेको छ। आयोगको टोलीले पाँच महिनायता आईपीओ अनुमति लिएका र प्रक्रियामा रहेका कम्पनीका कागजात नियन्त्रणमा लिएको छ। इप्पानले बोर्डले ५–७ प्रतिशत कमिसन बिचौलियामार्फत मागेको भन्दै विरोध जनाउँदै आएको छ। अध्यक्ष सन्तोष श्रेष्ठले भने आरोप प्रमाणविना लगाइएको भन्दै अस्वीकार गरेका छन्। संसद्मा समेत यो विषय उठेपछि सांसदहरूले गम्भीर छानबिनको माग गरेका छन्। बोर्डले ८९ कम्पनीको ५६ अर्ब बराबरको आईपीओ रोक्दा जलविद्युत् कम्पनीहरूले २४ अर्बभन्दा बढी लगानी उठाउन नसकेको इप्पानको गुनासो छ। आयोगले प्रारम्भिक कैफियत देखिएकाले थप अनुसन्धान गरिने जनाएको छ। अब यो विवादले पूँजी बजारको पारदर्शिता र नियामक निकायको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।After allegations that the Nepal Securities Board (SEBON) demanded commissions from hydropower promoters for IPO approvals, the Commission for the Investigation of Abuse of Authority (CIAA) raided SEBON's office on Wednesday. The CIAA team seized documents related to companies that had received or applied for IPO approval in the past five months. The Independent Power Producers' Association (IPPAN) accused SEBON of seeking 5–7% commissions through middlemen. However, SEBON Chairman Santosh Narayan Shrestha denied the allegations, calling them baseless. The issue was also raised in Parliament, with lawmakers demanding a thorough investigation. IPPAN claims over NPR 24 billion in public investment is stalled due to IPO delays, with 89 companies awaiting approval. CIAA stated that preliminary irregularities were found and further investigation is ongoing. This controversy has now raised serious concerns about transparency and credibility in Nepal’s capital market regulation.

      NEPSE trading ·8 May, 2025·1 min read
    • केन्द्रीय बैंकद्वारा ३५ अर्बको निक्षेप संकलन उपकरण जारी
      Investor

      केन्द्रीय बैंकद्वारा ३५ अर्बको निक्षेप संकलन उपकरण जारीCentral Bank Issues NPR 35 Billion Deposit Collection Instrument

      केन्द्रीय बैंकद्वारा ३५ अर्बको निक्षेप संकलन उपकरण जारी काठमाडौं, नेपाल – नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ। यसअघि बैंकहरुले गत वैशाख ३ गते राखेको ३० अर्ब परिपक्क भएपछि केन्द्रीय बैंकले थप ३५ अर्ब रुपैयाँलाई वित्तीय प्रणालीबाट प्रशोचन गर्ने निर्णय गरेको हो। बैंकहरुले यस अवसरमा आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। यस निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोलमार्फत निर्धारण हुनेछ, र यसको ब्याज भुक्तानी मिति जेठ १४ गते तय गरिएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडसम्मको रकम माग गर्न सक्नेछन्।Central Bank Issues NPR 35 Billion Deposit Collection Instrument Kathmandu, Nepal – The Nepal Rastra Bank has once again issued a NPR 35 billion deposit collection instrument for 21 days to manage the excessive liquidity in the financial system. This comes after the previous NPR 30 billion deposit collection tool issued on 3rd of Baisakh, which has now matured. The central bank is now withdrawing an additional NPR 35 billion from the financial system. Interested banks and financial institutions can submit their applications for this instrument by 3:00 PM today. The interest rate for this instrument will be determined through bidding, and the interest payment date is set for the 14th of Jestha. The minimum amount that can be requested is NPR 10 crore, and the maximum amount is capped at NPR 5 crore.

      NEPSE trading ·7 May, 2025·2 min read
    • सरकारले सोमबार २० अर्ब बराबरको ट्रेजरी बिल नवीकरण गर्दै, ब्याजदर घट्दो क्रममा
      Investor

      सरकारले सोमबार २० अर्ब बराबरको ट्रेजरी बिल नवीकरण गर्दै, ब्याजदर घट्दो क्रममाGovernment to Renew Treasury Bills Worth Rs. 20 Billion on Monday Amid Declining Interest Rates

      सरकारले सोमबार २० अर्ब बराबरको ट्रेजरी बिल नवीकरण गर्दै, ब्याजदर घट्दो क्रममा सरकारले आन्तरिक ऋण व्यवस्थापनका लागि सोमबार (वैशाख २२ गते) कुल २० अर्ब ८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यसका लागि अनलाइन बोलकबोलमार्फत प्रस्ताव माग गरेको हो।Government to Renew Treasury Bills Worth Rs. 20 Billion on Monday Amid Declining Interest Rates The Government of Nepal is set to renew Treasury Bills worth Rs. 20.08 billion on Monday (Baisakh 22) as part of its internal debt management strategy. The Public Debt Management Office has invited online bids for this renewal.

      NEPSE trading ·5 May, 2025·2 min read
    • प्रतिनिधिसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै
      Investor

      प्रतिनिधिसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैParliament Begins Deliberation on Government’s Annual Policy and Program for FY 2082/83

      प्रतिनिधिसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै संघीय संसद्‌को प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संयुक्त संसद बैठकमा प्रस्तुत गरेको सम्बोधनमा आधारित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रधानमन्त्री केपी शर्मा ओली प्रस्ताव पेस गर्नेParliament Begins Deliberation on Government’s Annual Policy and Program for FY 2082/83 The House of Representatives is set to begin deliberations today on the Government’s Annual Policy and Program for the upcoming fiscal year 2082/83. Prior to the discussions, Prime Minister KP Sharma Oli is scheduled to formally table a proposal in the House to initiate debate on the address delivered by President Ram Chandra Paudel on Baisakh 19 in the joint session of the Federal Parliament.

      NEPSE trading ·5 May, 2025·1 min read
    • गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक पुनः स्थगित
      Investor

      गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक पुनः स्थगितMeeting to Appoint Nepal Rastra Bank Governor Postponed Again

      गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक पुनः स्थगित नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको पहिलो बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको कार्यव्यस्ततालाई कारण देखाउँदै आइतबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। यसअघि पनि समितिको बैठक नबसेको भन्दै सदस्य रहेका पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए। उनको स्थानमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारद्वारा सदस्यमा नियुक्त गरिएको थियो। नियुक्तिपछि पहिलो बैठकको तयारी भइरहेको भए पनि अन्तिम समयमा आएर फेरि स्थगन गरिएको छ।Meeting to Appoint Nepal Rastra Bank Governor Postponed Again The meeting of the recommendation committee formed to appoint the new Governor of Nepal Rastra Bank has been postponed at the last moment. The meeting, which was scheduled for Sunday, was called off citing the busy schedule of Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel. Earlier, former Governor Bijay Nath Bhattarai had resigned from the committee, stating that meetings were neither being held nor called. Following his resignation, the government appointed outgoing Governor Maha Prasad Adhikari to fill the vacant seat. This was to be the committee's first official meeting since the reformation.

      NEPSE trading ·4 May, 2025·1 min read
    • २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी
      Investor

      २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी21.3 MW Thulo Khola Hydropower Project in Myagdi Prepares for Test Production

      २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अब परीक्षण उत्पादनको चरणमा पुगेको छ। संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यो आयोजना जेठ १ गतेदेखि परीक्षण उत्पादन गर्ने लक्ष्यसहित अन्तिम तयारीमा जुटेको छ। आयोजनाका प्लान्ट म्यानेजर विनोद पौडेलका अनुसार बाँध, सुरुङ, विद्युत्गृह र स्वीचयार्डतर्फका सबै संरचनाको निर्माण सकिएको छ। विद्युत्गृहमा टर्बाइनलगायतका मेसिन जडान गरेर आवश्यक परीक्षण पूरा गरिएको उनले बताए। हाल आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि ८ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणको अन्तिम चरणमा रहेको छ। टावरमा तार तान्ने काम तीव्र गतिमा भइरहेको छ।21.3 MW Thulo Khola Hydropower Project in Myagdi Prepares for Test Production The 21.3 megawatt Thulo Khola Hydropower Project, located in Kuinemangle, Ward No. 8 of Raghuganga Rural Municipality, is gearing up for test production. Developed by Sanyukta Urja Limited, the project has completed all major infrastructure works and begun testing the installed electro-mechanical equipment, according to Plant Manager Binod Paudel.

      NEPSE trading ·4 May, 2025·1 min read
    • अर्थतन्त्रको अघि बढाइका लागि निजी क्षेत्रको मनोबल बढाउँदैछ सरकार : अर्थमन्त्री पौडेल
      Investor

      अर्थतन्त्रको अघि बढाइका लागि निजी क्षेत्रको मनोबल बढाउँदैछ सरकार : अर्थमन्त्री पौडेलGovernment Focused on Boosting Private Sector Confidence: Finance Minister Poudel

      अर्थतन्त्रको अघि बढाइका लागि निजी क्षेत्रको मनोबल बढाउँदैछ सरकार : अर्थमन्त्री पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार निजी क्षेत्रलाई वेवास्ता नगरी त्यसको मनोबल बढाउने दिशामा काम गरिरहेको बताएका छन्। शनिबार सिंहदरबारमा आयोजित पूर्व बजेट छलफलमा बोल्दै उनले अर्थतन्त्रमा ८० प्रतिशत हिस्सेदारी रहेको निजी क्षेत्रको मनोबल बिना देशको आर्थिक प्रगति सम्भव नहुने स्पष्ट पारे। उनले भने, "सरकारलाई राम्रोसँग थाहा छ – निजी क्षेत्रको मनोबल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन। त्यसैले सरकारले निजी क्षेत्रसँग जीवन्त सहकार्य गर्दै आएको छ। दशकौँदेखि सम्बोधन हुन नसकेका मुद्धालाई अध्यादेशमार्फत समाधान गरिएको छ।"Government Focused on Boosting Private Sector Confidence: Finance Minister Poudel Deputy Prime Minister and Finance Minister Bishnu Poudel stated that the government is actively working to boost the confidence of the private sector. Speaking at a pre-budget discussion held at Singha Durbar on Saturday, he emphasized that it is incorrect to claim the government has neglected the private sector. "The government is fully focused on strengthening the morale of the private sector," he said. "We are well aware that the economy cannot progress without uplifting the confidence of the private sector, which holds an 80% share in the national economy."

      NEPSE trading ·3 May, 2025·1 min read
    •  डिजिटल बैंक स्थापना हुने, सम्पत्ति व्यवस्थापन कम्पनी पनि प्राथमिकतामा
      Trending

      डिजिटल बैंक स्थापना हुने, सम्पत्ति व्यवस्थापन कम्पनी पनि प्राथमिकतामाGovernment to Establish Digital Bank; Asset Management Company and NEPSE Restructuring Also Prioritized

      डिजिटल बैंक स्थापना हुने, सम्पत्ति व्यवस्थापन कम्पनी पनि प्राथमिकतामा सरकारले डिजिटल प्रविधिको तीव्र विकासलाई मध्यनजर गर्दै नेपालमा पहिलोपटक डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै डिजिटल बैंक स्थापनाको रणनीति सार्वजनिक गरेका हुन्। राष्ट्रपतिका अनुसार सूचना प्रविधिको पूर्वाधार विस्तारसहित डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार प्रणालीलाई प्रवर्द्धन गरिनेछ। उक्त उद्देश्य पूर्तिका लागि आवश्यक कानुनी र नीतिगत संरचना तयार गरी डिजिटल बैंक स्थापना गरिने नीति लिइएको हो।Government to Establish Digital Bank; Asset Management Company and NEPSE Restructuring Also Prioritized The Government of Nepal has announced plans to establish the country’s first digital bank, aligning with the rapid advancement of information technology. President Ram Chandra Paudel made the announcement while presenting the government’s policy and program for the fiscal year 2082/83 during a joint session of the Federal Parliament on Friday.

      NEPSE trading ·2 May, 2025·1 min read
    • गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने
      Investor

      गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेAsset Management Company to Be Established for Managing Non-Banking Assets and Bad Loans

      गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने सरकार बैंक तथा वित्तीय संस्थाहरूको बढ्दो गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि अब विशेष पहल गर्न लागेको छ। राष्ट्रपतिको शुक्रवारको संसद सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक नीति तथा कार्यक्रममा सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, “बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने छ।”Asset Management Company to Be Established for Managing Non-Banking Assets and Bad Loans Kathmandu, May 3 – The government is set to take a concrete step toward addressing the growing issue of non-banking assets and bad loans in banks and financial institutions. In the policy and program speech for the fiscal year 2082/83 delivered in the joint session of the Federal Parliament on Friday, President Ram Chandra Paudel announced the establishment of an Asset Management Company. “The government will establish an asset management company to manage non-banking assets and bad loans of banks and financial institutions,” President Paudel stated during the announcement. Although the issue has been mentioned in previous budgets and policies, it had not been effectively implemented. This time, the inclusion of this initiative in the official policy signals a more serious and structured approach. The government believes this move will strengthen the banking system by making it more secure, efficient, and transparent. Kathmandu, May 3 – The government is set to take a concrete step toward addressing the growing issue of non-banking assets and bad loans in banks and financial institutions. In the policy and program speech for the fiscal year 2082/83 delivered in the joint session of the Federal Parliament on Friday, President Ram Chandra Paudel announced the establishment of an Asset Management Company. “The government will establish an asset management company to manage non-banking assets and bad loans of banks and financial institutions,” President Paudel stated during the announcement. Although the issue has been mentioned in previous budgets and policies, it had not been effectively implemented. This time, the inclusion of this initiative in the official policy signals a more serious and structured approach. The government believes this move will strengthen the banking system by making it more secure, efficient, and transparent.

      NEPSE trading ·2 May, 2025·1 min read
    • नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनामा सरकारको प्राथमिकता, वैकल्पिक वित्त र सम्पत्ति व्यवस्थापनमा समेत ध्यान
      Investor

      नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनामा सरकारको प्राथमिकता, वैकल्पिक वित्त र सम्पत्ति व्यवस्थापनमा समेत ध्यानGovernment Prioritizes NEPSE Restructuring Over Establishing New Stock Exchange; Focus on Alternative Financing and Asset Management

      नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनामा सरकारको प्राथमिकता, वैकल्पिक वित्त र सम्पत्ति व्यवस्थापनमा समेत ध्यान सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्नेभन्दा पनि हालको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पुनर्संरचना गर्न प्राथमिकता दिने स्पष्ट पारेको छ। शुक्रवार संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत पूँजी बजारको क्षमता र पारदर्शिता वृद्धिका लागि नेप्से पुनर्संरचना गरिने घोषणा गरिएको हो। धितोपत्र बोर्डको सुदृढीकरण, वैकल्पिक वित्त तथा बस्तु विनिमय सम्बन्धी कानुन निर्माण गरिने योजना पनि प्रस्तुत गरिएको छ। राष्ट्रपति पौडेलले सम्भावनायुक्त पूर्वाधार परियोजनामा निजी लगानी भित्र्याउन नयाँ वित्तीय उपकरण प्रयोग गरिने बताएका छन्।Government Prioritizes NEPSE Restructuring Over Establishing New Stock Exchange; Focus on Alternative Financing and Asset Management The government has prioritized the restructuring of the existing Nepal Stock Exchange (NEPSE) over establishing a new stock exchange. In the policy and program speech for the fiscal year 2082/83 presented in the Federal Parliament on Friday, President Ram Chandra Paudel announced that NEPSE will be restructured to enhance the capacity and transparency of the capital market.

      NEPSE trading ·2 May, 2025·1 min read
    • शेयर बजार सुधारका सुझाव सरकारको नीति तथा कार्यक्रममा समेटियो
      Investor

      शेयर बजार सुधारका सुझाव सरकारको नीति तथा कार्यक्रममा समेटियोHigh-Level Economic Reform Commission Submits Stock Market Reform Report to Finance Minister

      शेयर बजार सुधारका सुझाव सरकारको नीति तथा कार्यक्रममा समेटियो उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई शेयर बजार तथा पुँजी बजार सुधारसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरेको छ। सरकारले दिएको कार्यादेशअनुसार २०८१ सालको कात्तिक दोस्रो सातादेखि अध्ययन थालेको आयोगले विभिन्न सुधारका सिफारिससहित प्रतिवेदन बुझाएको हो। पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले शेयर बजारको विकास, नियमन, र लगानी प्रवर्द्धनका लागि एक दर्जनभन्दा बढी सुझाव समेटेको छ।High-Level Economic Reform Commission Submits Stock Market Reform Report to Finance Minister The High-Level Economic Reform Suggestion Commission submitted its final report to Finance Minister Bishnu Poudel on Friday. Formed with a mandate from the government, the commission began its study in the second week of Kartik 2081 and has now submitted a comprehensive set of recommendations focusing on the development and reform of Nepal’s stock and capital markets. The commission, led by former Finance Secretary Rameshore Khanal, has proposed over a dozen key reforms aimed at enhancing regulation, boosting investor confidence, and modernizing the financial infrastructure of the capital market.

      NEPSE trading ·2 May, 2025·2 min read
    • आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको घोषणा
      Investor

      आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको घोषणाGovernment to Implement High-Level Economic Reform Commission's Recommendations in FY 2082/83

      आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको घोषणा काठमाडौं, १९ वैशाख – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ देखि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने घोषणा गरेको छ। बिहीबार संघीय संसद्का दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त प्रतिवेदन कार्यान्वयनमार्फत अर्थतन्त्रलाई चलायमान बनाइने जानकारी दिए। पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले हालै सरकारलाई आर्थिक सुधारसम्बन्धी प्रतिवेदन बुझाइसकेको छ। उक्त प्रतिवेदनलाई आगामी वर्षदेखि लागू गरेर दीर्घकालीन सुधारको खाका तयार गरिने सरकारको योजना छ।Government to Implement High-Level Economic Reform Commission's Recommendations in FY 2082/83 The Government of Nepal has announced that it will implement the recommendations of the High-Level Economic Reform Commission starting from the upcoming fiscal year 2082/83. Presenting the annual government policies and programs before the Federal Parliament on Thursday, President Ram Chandra Paudel stated that the implementation of the report will help revitalize the national economy. The commission, led by former Finance Secretary Rameshore Khanal, has already submitted its report to the government, outlining key long-term economic reform strategies. The government plans to operationalize those recommendations in the coming fiscal year.

      NEPSE trading ·2 May, 2025·1 min read
    • आगामी वर्षका लागि सरकारले एक दर्जनभन्दा बढी आयोजना प्राथमिकतामा राख्ने
      Investor

      आगामी वर्षका लागि सरकारले एक दर्जनभन्दा बढी आयोजना प्राथमिकतामा राख्नेGovernment to Prioritize Over a Dozen Key Projects in the Upcoming Fiscal Year

      आगामी वर्षका लागि सरकारले एक दर्जनभन्दा बढी आयोजना प्राथमिकतामा राख्ने सरकार आगामी आर्थिक वर्षका लागि एक दर्जनभन्दा बढी महत्वपूर्ण आयोजना प्राथमिकता सूचीमा राखेर अगाडि बढ्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार संघीय संसद्का दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राथमिक आयोजना, नीति तथा सुधार योजनाबारे जानकारी गराएका हुन्। राष्ट्रपतिले प्रस्तुत गरेको नीति अनुसार, सरकारले युवामुखी स्टार्टअप कार्यक्रमलाई सुधार गर्नेछ भने जेन–जी (Gen-Z) पुस्तालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य क्षेत्रमा जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन मिलाउन जनशक्ति विस्तार गरिने तथा स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिने उल्लेख गरिएको छ।Government to Prioritize Over a Dozen Key Projects in the Upcoming Fiscal Year The Government of Nepal has announced plans to prioritize more than a dozen major projects in the upcoming fiscal year. Presenting the government's annual policies and programs before the joint session of the Federal Parliament on Thursday, President Ram Chandra Paudel outlined the key focus areas and reforms. According to the announcement, the government will revamp youth-centered startup programs and give special attention to Generation Z. In the health sector, efforts will be made to balance the demand and supply of medical professionals, and the national health insurance program will undergo restructuring.

      NEPSE trading ·2 May, 2025·1 min read
    • चार्टर्ड बैंकलाई १४ करोड जरिवाना: ५ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही
      Economy

      चार्टर्ड बैंकलाई १४ करोड जरिवाना: ५ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाहीRs. 148.5 Million Fine to Standard Chartered: NRB Penalizes Five Commercial Banks

      चार्टर्ड बैंकलाई १४ करोड जरिवाना: ५ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम उल्लंघन गर्ने पाँच वाणिज्य बैंकहरूमाथि कारबाही गरेको छ। कारबाहीमा परेका बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्टान्डर्ड चार्टर्ड बैंक रहेका छन्।Rs. 148.5 Million Fine to Standard Chartered: NRB Penalizes Five Commercial Banks Nepal Rastra Bank has taken action against five commercial banks for regulatory violations in the third quarter of the current fiscal year. The penalized banks include Rastriya Banijya Bank, Kumari Bank, Laxmi Sunrise Bank, Nepal Bank, and Standard Chartered Bank.

      Nepse trading·2 May, 2025·1 min read
    • गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्त
      Investor

      गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्तRecommendation Committee for Governor Appointment Completed, Process Set to Move Forward

      सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिमा रिक्त सदस्य पदमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई सिफारिस समितिमा नियुक्त गरेसँगै समिति पूर्ण बनेको हो। यसअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको तीन सदस्यीय समितिमा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य रहेका थिए। तर, वैशाख १० गते भट्टराईले असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि समिति अपूर्ण बनेको थियो। चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन रहेको अवस्थामा समिति अधुरो हुँदा नियुक्ति प्रक्रिया रोकिएको थियो। यसबीच, सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएपछि उनले प्रमुख कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। तर, उनको राजीनामा स्वीकृत नभएपछि प्रक्रिया अलमलिएको थियो। हाल कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले राजीनामा स्वीकृत गर्न ढिलाई गरेपछि अर्थमन्त्री पौडेलले त्यसलाई कार्यान्वयन गर्न निर्देशनसमेत दिएका छन्। सिफारिस समितिले पूर्णता पाएसँगै अब नयाँ गभर्नर नियुक्तिको बाटो खुलेको छ।Recommendation Committee for Governor Appointment Completed, Process Set to Move Forward Kathmandu — The government has filled the vacant position in the recommendation committee formed to appoint a new Governor of Nepal Rastra Bank. In a Cabinet meeting held on Wednesday evening at Baluwatar, former Governor Maha Prasad Adhikari was appointed as a member of the committee, completing its formation. Earlier, a three-member committee had been formed under the coordination of Finance Minister Bishnu Poudel, with members Bishwo Poudel and Bijaya Nath Bhattarai. However, Bhattarai resigned on Baisakh 10, expressing dissatisfaction, which left the committee incomplete and halted the governor appointment process. The central bank has been without a governor since Chaitra 25.

      Nepse Trading ·1 May, 2025·1 min read