
लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’: २५ अर्बपतिसहित १० हजारभन्दा बढी सहभागी हुनेGlobal Peace Program in Lumbini to Host 25 Billionaires and Over 10,000 Participants
लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’: २५ अर्बपतिसहित १० हजारभन्दा बढी सहभागी हुने मंसीर २४, २५ र २६ गते बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुन लागेको ‘विश्व शान्ति कार्यक्रम’मा विभिन्न देशका २५ अर्बपतिहरू सहभागी हुने भएका छन्। विश्व शान्ति कार्यक्रम प्रतिष्ठानले आयोजना गर्न लागेको तेस्रो संस्करणका कार्यक्रममा यो पहिलोपटक यति ठूलो संख्यामा अन्तर्राष्ट्रिय अर्बपति तथा शीर्ष व्यक्तित्वहरूको उपस्थिति रहने भएको हो। कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार भारत, युरोप, मध्यपूर्व, अफ्रिका लगायतका मुलुकबाट उच्चस्तरीय पाहुनाहरू लुम्बिनी आउँदैछन्। विशेषगरी भारत केरलास्थित सिगल इन्टरनेशनल ग्रुपका अध्यक्ष डा. सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्व प्रधानमन्त्री ताम्रत लेन, युएई–भारतमा व्यापार विस्तारेका इराम होल्डिङ्सका डा. सिद्दिक अहमदलगायत प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनेछन्।Global Peace Program in Lumbini to Host 25 Billionaires and Over 10,000 Participants Lumbini, the birthplace of Gautam Buddha, is set to welcome 25 international billionaires as the third edition of the Global Peace Program takes place on December 9, 10 and 11 (Mangsir 24–26). This is the first time such a large group of high-profile business leaders and global influencers will be participating in the event, according to the program’s media coordinator Sulochana Khatri.


















