
जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाफा झन्डै दोब्बर, दोस्रो त्रैमासमा ३८ करोड ९० लाख आर्जनJeevan Bikas Laghubitta Bittiya Sanstha Limited Posts Strong Profit Growth in Second Quarter of FY 2082/83
जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाफा झन्डै दोब्बर, दोस्रो त्रैमासमा ३८ करोड ९० लाख आर्जन काठमाडौं — जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेख्य प्रगति देखाएको छ। विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ३८ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.३७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु वर्षमा नाफा झन्डै दोब्बर हुनुले लघुवित्तको सञ्चालन क्षमता र आम्दानी संरचनामा सुधार आएको संकेत गरेको विश्लेषकहरू बताउँछन्। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ। गत वर्षको सोही अवधिमा ९४ करोड ८१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु वर्षमा बढेर १ अर्ब ४ करोड ६ लाख रुपैयाँ पुगेको छ। यो करिब ९.७६ प्रतिशतको वृद्धि हो। ब्याज आम्दानी बढ्नुले कर्जा विस्तार र असुली प्रणाली सुदृढ भएको देखाउँछ।Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited Posts Strong Profit Growth in Second Quarter of FY 2082/83 Kathmandu — Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited has reported a sharp improvement in its financial performance in the second quarter of the current fiscal year 2082/83, recording a significant rise in profit and operating income. According to the company’s unaudited financial statement, the microfinance institution earned a net profit of Rs. 389 million during the review period. This represents an 89.37 percent increase compared to Rs. 205.4 million recorded in the same period of the previous fiscal year. The near doubling of profit reflects improved operational efficiency, higher lending activities, and better income management, analysts say.


















