
चन्द्रागिरी हिल्स केबलकार नोक्सानीमा, तोडफोड र सेवा बन्दले आम्दानीमा ठूलो असरChandragiri Hills Cable Car Slips Into Loss, Operations Disrupted After Vandalism and Fire
चन्द्रागिरी हिल्स केबलकार नोक्सानीमा, तोडफोड र सेवा बन्दले आम्दानीमा ठूलो असर काठमाडौं — चन्द्रागिरी हिल्स लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमै नोक्सानीमा पुगेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा १ करोड २४ लाख रुपैयाँ नोक्सानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले नोक्सानीको प्रमुख कारण जेनजी आन्दोलनका क्रममा भदौ २४ गते चन्द्रागिरी परिसरमा भएको तोडफोड र आगजनी लाई बताएको छ। घटनापछि रिसोर्टलगायतका सेवा प्रभावित भए भने केबलकारको बटम स्टेसनमा भएको क्षतिको कारण करिब दुई महिना सेवा पूर्ण रूपमा बन्द गर्नु परेको थियो। सेवामै अवरोध आएपछि आम्दानीमा ठूलो गिरावट आएको कम्पनीको निष्कर्ष छ।Chandragiri Hills Cable Car Slips Into Loss, Operations Disrupted After Vandalism and Fire Kathmandu — Chandragiri Hills Limited has posted a loss in the first quarter of the current fiscal year. According to the company’s recently published financial report, it recorded a net loss of Rs 12.4 million during the period. In contrast, the company had earned a net profit of Rs 25.5 million in the same quarter of the previous fiscal year. The company has attributed the loss primarily to the vandalism and arson that occurred on Bhadra 24 during the Gen Z protest movement. Following the incident, services at the resort were affected, and the cable car’s bottom station suffered significant damage, forcing the company to suspend cable car operations for nearly two months. The prolonged shutdown directly impacted the company’s revenue.


















