NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 159 / 234Next
    • हिमालयन लाइफ इन्स्योरेन्सको ८ प्रतिशत नगद लाभांश घोषणा
      Investor

      हिमालयन लाइफ इन्स्योरेन्सको ८ प्रतिशत नगद लाभांश घोषणाHimalayan Life Insurance Announces 8% Cash Dividend

      हिमालयन लाइफ इन्स्योरेन्सको ८ प्रतिशत नगद लाभांश घोषणा हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीको सञ्चालक समितिको जेठ १४ गते बसेको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा नगद लाभांश दिने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ रहेको छ। उक्त पूँजीको ८ प्रतिशतका दरले कम्पनीले शेयरधनीहरूलाई ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो। घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ। यस निर्णयले कम्पनीका शेयरधनीहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।Himalayan Life Insurance Announces 8% Cash Dividend Himalayan Life Insurance has announced an 8% cash dividend for its shareholders from the profit of the last fiscal year. The decision was made during the company’s Board of Directors meeting held on May 27 (Jestha 14). The dividend will be distributed based on the company’s current paid-up capital. With a current paid-up capital of NPR 9.14 billion, the insurance company plans to distribute a total of NPR 731.45 million as cash dividends to its shareholders. The proposed dividend will be distributed after receiving approval from the Nepal Insurance Authority and endorsement by the upcoming Annual General Meeting (AGM). This move is expected to provide financial returns to the shareholders and reflects the company’s performance in the previous fiscal year.

      NEPSE trading ·28 May, 2025·1 min read
    • अधिक तरलताले राष्ट्र बैंकको ब्याजदर करिडोर व्यवस्थापनमा समस्या, ८० अर्ब रुपैयाँ एकैदिन प्रणालीबाट प्रशोचन
      Top

      अधिक तरलताले राष्ट्र बैंकको ब्याजदर करिडोर व्यवस्थापनमा समस्या, ८० अर्ब रुपैयाँ एकैदिन प्रणालीबाट प्रशोचनExcess Liquidity Challenges NRB’s Interest Rate Corridor Management; NPR 80 Billion Mopped Up in a Day

      अधिक तरलताले राष्ट्र बैंकको ब्याजदर करिडोर व्यवस्थापनमा समस्या, ८० अर्ब रुपैयाँ एकैदिन प्रणालीबाट प्रशोचन देशको बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदा नेपाल राष्ट्र बैंक (NRB) लाई मौद्रिक नीति अनुसारको ब्याजदर करिडोर व्यवस्थापन गर्न सकस भएको छ। कर्जाको माग कम हुँदै गएको, तर निक्षेप भने तीव्रगतिमा बढेको अवस्थाले बैंकहरूमा प्रशस्त लगानीयोग्य रकम बाँकी रहँदा केन्द्रीय बैंकले बारम्बार निक्षेप संकलन उपकरणमार्फत तरलता तान्न बाध्य भएको हो। राष्ट्र बैंकले आज (जेठ १५ गते) २१ दिन अवधिका लागि ८० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) जारी गरेको छ। यो उपकरणमार्फत प्रणालीबाट पैसा झिकेर तरलता घटाउने प्रयास गरिएको हो। यसअघि वैशाख २४ मा राखिएको ३१ अर्ब ६५ करोड रुपैयाँ अझै परिपक्क नभइकन नयाँ ८० अर्ब प्रशोचन गरिँदैछ।Excess Liquidity Challenges NRB’s Interest Rate Corridor Management; NPR 80 Billion Mopped Up in a Day The persistent excess liquidity in Nepal’s banking system has made it increasingly difficult for the Nepal Rastra Bank (NRB) to manage the interest rate corridor. Despite declining interest rates, credit demand remains sluggish. With limited loan disbursement opportunities amid weak economic activity, banks are redirecting surplus liquidity into short-term instruments. As a result, NRB has once again moved to absorb excess funds from the system. Today, it issued a 21-day deposit collection instrument worth NPR 80 billion to mop up liquidity. This comes even before the previously collected NPR 31.65 billion from April 6 has matured.

      NEPSE trading ·28 May, 2025·2 min read
    • नेपाली बजारमा सुनको मूल्य १६०० रुपैयाँले घट्यो, चाँदी १० रुपैयाँले बढ्यो
      Top

      नेपाली बजारमा सुनको मूल्य १६०० रुपैयाँले घट्यो, चाँदी १० रुपैयाँले बढ्योGold Price Drops by NPR 1,600; Silver Inches Up in Nepali Market

      २०८२ जेठ १४ गते, नेपाली बजारमा सुनको मूल्य प्रतितोला १,६०० रुपैयाँले घटेर १,८९,३०० रुपैयाँमा झरेको छ। चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला २,००५ रुपैयाँ पुगेको छ।On May 28, 2025, the price of gold in Nepal dropped by NPR 1,600 per tola, bringing the new rate to NPR 189,300. Meanwhile, silver price rose slightly by NPR 10 per tola, reaching NPR 2,005.

      NEPSE TRADING·28 May, 2025·<1 min read
    • गभर्नर पौडेलको नियुक्ति बदर माग गर्दै दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ
      Top

      गभर्नर पौडेलको नियुक्ति बदर माग गर्दै दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइHearing Today on Petition Filed Against NRB Governor Dr. Paudel’s Appointment

      गभर्नर पौडेलको नियुक्ति बदर माग गर्दै दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीलगायतले गत शुक्रबार सर्वोच्च प्रशासनमा पेश गरेको रिट दरपीठ भए पनि मंगलबार मुद्दा दर्ता भएपछि आजका लागि पेसी तोकिएको हो। रिट निवेदनमा प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई नियुक्तिको सिफारिस गर्दै सिफारिस समितिकै पदाधिकारीले राजीनामा दिई आफैं छनोट भएको उल्लेख गर्दै यसले सुशासनको धज्जी उडाएको आरोप लगाइएको छ।Hearing Today on Petition Filed Against NRB Governor Dr. Paudel’s Appointment The Supreme Court of Nepal is set to conduct a hearing today on a writ petition demanding the cancellation of the appointment of Dr. Vishwanath Paudel as Governor of Nepal Rastra Bank (NRB). Although the initial petition filed last Friday by advocates Anantaraj Luintel, Bishal Thapa, and Pratibha Upreti was rejected by the court administration, it was registered on Tuesday, leading to today’s scheduled hearing.

      NEPSE trading ·28 May, 2025·1 min read
    • राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
      Investor

      राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नेRapti Hydro & General Construction Ltd to Issue 100% Rights Shares from Asar 1

      राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले यही असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक स्वीकृति प्राप्त गरिसकेपछि कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको हो। यसअघि कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ जेठ ६ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार जेठ ५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यस हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म तोकिएको छ। इच्छुक शेयरधनीहरुले आवेदन फारम कम्पनीको कर्पोरेट कार्यालय त्रिपुरेश्वर वा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा बुझाउन सक्नेछन्।Rapti Hydro & General Construction Ltd to Issue 100% Rights Shares from Asar 1 Rapti Hydro & General Construction Limited is set to issue 100% rights shares starting from Asar 1 (June 14). The company will offer a total of 6,127,938 units of rights shares at a face value of NPR 100 per share in a 1:1 ratio. The Securities Board of Nepal (SEBON) has already granted approval for the issuance, and the company is proceeding accordingly. For the purpose of this rights issue, the company had already announced a book closure on Jestha 6 (May 20). Hence, only shareholders who held shares until Jestha 5 (May 19) will be eligible to apply for the rights shares. Applications can be submitted until Asar 22 (July 6). Interested shareholders can submit their applications either at the company’s corporate office in Tripureshwor or at the sales manager Muktinath Capital Limited, Naxal, Kathmandu.

      NEPSE trading ·28 May, 2025·1 min read
    • वरुण हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि जेठ २२ गते बुक क्लोज
      Investor

      वरुण हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि जेठ २२ गते बुक क्लोजBarun Hydropower to Close Book on Jestha 22 for Upcoming Rights Share Issue

      वरुण हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि जेठ २२ गते बुक क्लोज काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनको तयारी गरेको छ। कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ यही जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार जेठ २१ गतेसम्म शेयरधनी कायम हुनेहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। हालसम्म हकप्रद निष्कासनको मिति तोकिएको छैन, तर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १:१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने स्वीकृति प्राप्त गरिसकेको छ। यसपछि कम्पनीले सम्बन्धित प्रक्रियाहरू पूरा गरी तोकिएको मितिमा हकप्रद शेयर निष्कासन गर्नेछ। लगानीकर्ताहरूले समयमै बुक क्लोजअघि शेयर खरिद गरी हकप्रदको अवसर लिन सक्नेछन्।Barun Hydropower to Close Book on Jestha 22 for Upcoming Rights Share Issue Barun Hydropower Company Limited has announced the book closure date for its upcoming rights share issuance. The company has set Jestha 22 (June 4) as the book closure date for the purpose of issuing rights shares. Only shareholders who hold shares till Jestha 21 (June 3) will be eligible to apply for the rights shares. Although the exact date for the issuance has not been fixed yet, the company has already received approval from the Securities Board of Nepal (SEBON) to issue 5,358,150 units of rights shares in a 1:1 ratio at a face value of NPR 100 per share. Following the necessary procedures, the company will announce the issuance date and proceed accordingly. Investors interested in acquiring rights shares must ensure their names are listed in the shareholder register by the book closure date.

      NEPSE trading ·28 May, 2025·1 min read
    • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
      Investor

      प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनToday Is the Last Day to Secure Dividends from Prabhu Mahalaxmi Life Insurance

      प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्न आज (मंगलबार) अन्तिम दिन रहेको छ। कम्पनीले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरिएकाले आजसम्म शेयरधनी बनेका लगानीकर्ताहरूले मात्र लाभांश प्राप्त गर्ने तथा वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन्। शुक्रबार र शनिबार बजार बन्द हुने भएकाले यसअघि शेयर खरिद नगरेका लगानीकर्ताहरूले आजभित्र शेयर खरिद गर्नुपर्नेछ। कम्पनीको आठौं वार्षिक साधारणसभा जेठ २६ गते काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सो सभामा कम्पनीले ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। लगानीकर्ताहरूले लाभांश सुरक्षित गर्न समयमै शेयर खरिद गरी नाममा राख्न कम्पनीले आग्रह गरेको छ।Today Is the Last Day to Secure Dividends from Prabhu Mahalaxmi Life Insurance Today (Tuesday) is the final day for shareholders to secure dividends from Prabhu Mahalaxmi Life Insurance Limited. The company has announced a book closure on Jestha 16 for the purpose of its annual general meeting (AGM) and dividend distribution. Since the stock market will remain closed on Friday and Saturday, only those who become shareholders by the end of today will be eligible to attend the AGM and receive the proposed dividend.

      NEPSE trading ·28 May, 2025·1 min read
    • आजको विदेशी मुद्राको विनिमय दर: डलरदेखि रियालसम्म सबैको विवरण
      Investor

      आजको विदेशी मुद्राको विनिमय दर: डलरदेखि रियालसम्म सबैको विवरण Today's Foreign Exchange Rates: USD, Euro, Pound, Riyal, and More

      आजको विदेशी मुद्राको विनिमय दर: डलरदेखि रियालसम्म सबैको विवरण नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर यसप्रकार रहेको छ:Today's Foreign Exchange Rates: USD, Euro, Pound, Riyal, and More Nepal Rastra Bank has published the official foreign exchange rates for today (Tuesday). The buying and selling rates for major international currencies are as follows:

      NEPSE trading ·28 May, 2025·1 min read
    • ट्रेड टावर लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
      Investor

      ट्रेड टावर लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुलाTrade Tower Limited’s IPO Open for General Public from Today

      ट्रेड टावर लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला ट्रेड टावर लिमिटेडको आईपीओमा आज (जेठ १४ गते) देखि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन्। कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको हो। यसअघि कम्पनीले पहिलो चरणमा ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, १ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानी कोषलाई र ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीहरूमा बाँडफाँट गरिसकेको छ। अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म रहेको छ। यदि सो अवधिमा सबै शेयर बिक्री नभएमा आवेदन म्याद जेठ २८ गतेसम्म लम्बिन सक्नेछ।Trade Tower Limited’s IPO Open for General Public from Today Trade Tower Limited has opened its Initial Public Offering (IPO) to the general public starting today. The company has received approval to issue 3,971,693 ordinary shares, which is 48.696% of its issued capital of NPR 815,609,700.

      NEPSE trading ·28 May, 2025·1 min read
    • राप्ती हाइड्रोको १:१ हकप्रद शेयर असार १ गतेदेखि खुला
      Latest

      राप्ती हाइड्रोको १:१ हकप्रद शेयर असार १ गतेदेखि खुलाRapti Hydro’s 1:1 Rights Share Opens from Asar 1

      राप्ती हाइड्रोको १:१ हकप्रद शेयर असार १ गतेदेखि खुला राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो।Rapti Hydro’s 1:1 Rights Share Opens from Asar 1 Rapti Hydro and General Construction Ltd. (RHGCL) is set to open its 1:1 rights share issue from Asar 1. The company will issue 6,127,938 units of rights shares at a par value of NPR 100 each, totaling NPR 612.79 million.

      Nepse trading·28 May, 2025·1 min read
    • एसियन लाइफको ४२% हकप्रद सेयरका लागि आज अन्तिम दिन
      Stock

      एसियन लाइफको ४२% हकप्रद सेयरका लागि आज अन्तिम दिनLast Day to Apply for Asian Life Insurance's 42% Rights Shares

      एसियन लाइफको ४२% हकप्रद सेयरका लागि आज अन्तिम दिन एसियन लाइफ इन्सुरेन्स कम्पनीको ४२ प्रतिशत हकप्रद सेयर भर्न आज जेठ १४ गते बुधबारसम्म मात्र मौका रहेको छ। कम्पनीले बुक क्लोज मिति जेठ १६ गते तोकेको छ भने भोली गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले सेयर कारोबार बन्द हुनेछ।Last Day to Apply for Asian Life Insurance's 42% Rights Shares Today, Wednesday (Jestha 14), is the final day for existing shareholders to apply for Asian Life Insurance’s 42% rights shares. The company has scheduled its book closure date for Jestha 16. Since tomorrow (Jestha 15) is a public holiday due to Republic Day, stock trading will remain closed.

      Nepse trading·28 May, 2025·<1 min read
    • माई खोला हाइड्रोपावरको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री प्रस्ताव
      Investor

      माई खोला हाइड्रोपावरको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री प्रस्तावMai Khola Hydropower to Issue Rights Shares in 1:1 Ratio

      माई खोला हाइड्रोपावरको १ः१ अनुपातमा हकप्रद शेयर बिक्री प्रस्ताव माई खोला हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया सुरु गरेको छ। यसअनुसार कम्पनीले हाल कायम रहेका शेयरधनीहरूलाई बराबरी अनुपातमा थप शेयर वितरण गर्न तयारी थालेको हो। कम्पनीले कुल ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद शेयर बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ। हकप्रद बिक्री सम्पन्न भएपछि माई खोला हाइड्रोपावरको चुक्ता पुँजी ७८ करोड ४३ लाख ३ हजार ६०० रुपियाँ पुग्नेछ। यसले कम्पनीको वित्तीय आधार बलियो बनाउने र आगामी परियोजनाहरूका लागि पूँजी जुटाउने विश्वास गरिएको छ। हाल कम्पनीले नियामक अनुमति प्राप्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ। अनुमति प्राप्त भएपछि हकप्रद शेयर निष्काशनको मिति र आवेदन प्रक्रिया सार्वजनिक गरिनेछ।Mai Khola Hydropower to Issue Rights Shares in 1:1 Ratio Mai Khola Hydropower Limited has announced plans to issue rights shares in a 1:1 ratio to its existing shareholders. This means shareholders will be eligible to receive one additional share for every share they currently hold. The company has formally submitted an application to the Securities Board of Nepal (SEBON) seeking approval to issue a total of 3,921,568 rights shares, according to the issue manager, Prabhu Capital. Upon successful issuance of the rights shares, the company’s paid-up capital will increase to NPR 784.3 million. The move is expected to strengthen the company’s capital base and support its future project expansions. Mai Khola Hydropower is currently awaiting regulatory approval. Once SEBON grants the approval, the company will announce the detailed issuance schedule and application procedures.

      NEPSE trading ·27 May, 2025·1 min read
    • प्रतिनिधि सभा बैठक भिजिट भिसा प्रकरणले अवरुद्ध, आर्थिक सर्वेक्षण स्थगित
      Top

      प्रतिनिधि सभा बैठक भिजिट भिसा प्रकरणले अवरुद्ध, आर्थिक सर्वेक्षण स्थगितHouse Session Disrupted by Visa Scandal; Economic Survey Postponed

      प्रतिनिधि सभा बैठक भिजिट भिसा प्रकरणले अवरुद्ध, आर्थिक सर्वेक्षण स्थगित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोगमार्फत अर्बौंको मानव तस्करी भएको आरोपसँगै गृहमन्त्री रमेश लेखकविरुद्ध संसदमा प्रतिपक्षी दलले आक्रोश पोखेपछि मंगलबारको प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। प्रतिपक्षी दलहरुले गृहमन्त्रीको तत्काल राजीनामा माग गर्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेपछि संसदमा विरोध चर्किएको हो। सभामुख देवराज घिमिरेले बैठक मिलाएर अघि बढाउन प्रयास गरे पनि विपक्षी दलहरुको नाराबाजीका कारण बैठक अघि बढ्न सकेन।House Session Disrupted by Visa Scandal; Economic Survey Postponed The House of Representatives session scheduled for Tuesday was disrupted following a heated protest by opposition parties over the alleged misuse of visit visas at Tribhuvan International Airport. The opposition accused the involvement of Home Minister Ramesh Lekhak in a large-scale human trafficking operation carried out through an organized setting within the Immigration Department. The opposition demanded the immediate resignation of the Home Minister and called for the formation of a high-level independent investigation commission. The session, originally called to unveil the Economic Survey for the fiscal year 2081/82, could not proceed as planned due to the uproar. Speaker Dev Raj Ghimire attempted to continue the session, but the ongoing chants and protests from opposition lawmakers forced the house to adjourn. Despite a temporary suspension for 30 minutes, no political consensus was reached, and the session was ultimately postponed. The Parliament Secretariat issued an official notice announcing that the next House session is now scheduled for Wednesday, May 28 (Jestha 14), at 11:00 AM. However, doubts remain over whether that session will proceed smoothly, as the opposition remains firm on their demand for the Home Minister’s resignation before allowing any parliamentary business to move forward. If consensus is not reached in time, the government may be forced to release the Economic Survey outside the parliament. Constitutionally, the national budget for the fiscal year 2082/83 must be presented in Parliament on Jestha 15 .

      NEPSE trading ·27 May, 2025·1 min read
    • नेप्सेमा झिनो हरियाली, तर बजारमा अझै त्रासको बादल
      Investor

      नेप्सेमा झिनो हरियाली, तर बजारमा अझै त्रासको बादलMarket Sentiment Shaken by CGT Rumors Despite NEPSE’s Green Signal

      नेप्सेमा झिनो हरियाली, तर बजारमा अझै त्रासको बादल क्यापीटल गेन ट्याक्स वृद्धि हुने हल्लाले लगानीकर्तामा अनावश्यक त्रास सिर्जना भएको छ। मंगलबार नेप्से सूचक ०.८५ अंकले बढ्दै २६७५.६२ बिन्दुमा पुगेको भए पनि कारोबार रकम ६ अर्ब ५२ करोड रुपैयाँमै सीमित रह्यो। सूचक हल्का हरियो देखिए पनि बजारमा अन्योलता कायमै छ। नेपाल राष्ट्र बैंकले हालै ल्याएको तेस्रो त्रैमासिक मौद्रिक समीक्षाले शेयर बजारलाई टेवा दिने निर्णय गरिसकेको छ। विशेषतः शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा सीमित गर्ने निर्णयले बजारमा आशा पलाएको थियो। तर, आगामी बजेटमा पुँजीगत लाभकर सम्बन्धी चर्चाले लगानीकर्तालाई अन्योलमा राखेको छ।Market Sentiment Shaken by CGT Rumors Despite NEPSE’s Green Signal The Nepal stock market showed a slight upward movement on Tuesday, but underlying fear persists due to ongoing rumors about a potential hike in Capital Gains Tax (CGT). The NEPSE index rose marginally by 0.85 points to close at 2675.62, yet the total turnover dropped to NPR 6.52 billion—lower than previous sessions. The technical outlook and investor sentiment both remain uncertain.

      NEPSE trading ·27 May, 2025·1 min read
    • सोमबारदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने व्यवसायीको घोषणा
      Top

      सोमबारदेखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने व्यवसायीको घोषणाNationwide Indefinite Transport Strike from Monday Announced by Transport Entrepreneurs

      नेपालका यातायात व्यवसायीहरुले आउँदो सोमबार जेठ १९ गते (२०७८) देखि देशव्यापी अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रक व्यवसायी महासंघलगायत आठ वटा मुख्य संघसंस्थाले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नेतृत्वमा गरिएको आन्दोलनमा यातायात क्षेत्रमा देखिएको नीतिगत तथा कानुनी समस्याको समाधान नभएको भन्दै सात बुँदे माग अघि सारिएको छ। गण्डकी प्रदेशले ल्याएको निजी सवारीलाई सार्वजनिक रूपमा सञ्चालन गर्न दिने नियमावली खारेज गर्नुपर्ने, विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्नुपर्ने माग उनीहरुको प्रमुख रहेको छ। माग सम्बोधन नभए सबै सवारी साधन घर ग्यारेजमा थन्क्याएर अनिश्चितकालीन सेवा बन्द गरिने चेतावनी व्यवसायीहरुले दिएका छन्।Transport entrepreneurs in Nepal have announced a nationwide indefinite transport strike starting from Monday, Jestha 19 (June 2, 2025). Eight major transport associations, including the Nepal National Transport Entrepreneurs Federation and Nepal Truck Transport Federation, declared the strike in a joint press conference in Kathmandu. The protest is led by the Public Transport Protection Central Struggle Committee, citing unresolved policy and legal issues affecting the transport sector. The entrepreneurs have put forth a 7-point demand, including the immediate repeal of a new Gandaki Province regulation allowing private red-plate vehicles to operate publicly, and enforcement of previous agreements made with the government. If the demands are not addressed, they plan to park all vehicles in garages and shut down services indefinitely.

      NEPSE TRADING·27 May, 2025·1 min read
    • भोलिदेखि सर्वसाधारणका लागि ट्रेड टावरको ३३ करोड बराबरको आईपीओ खुल्दै
      Top

      भोलिदेखि सर्वसाधारणका लागि ट्रेड टावरको ३३ करोड बराबरको आईपीओ खुल्दैTrade Tower Limited’s NPR 330 Million IPO Opens to the Public from Tomorrow

      ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि करिब ३३ करोड रुपैयाँ बराबरको आईपीओ सार्वजनिक निष्काशन गर्न लागेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो। यो आईपीओको आवेदन म्याद जेठ १९ सम्म र आवश्यकता अनुसार जेठ २८ सम्म लम्बिन सक्छ। न्यूनतम १० र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको क्रेडिट रेटिङ BB- रहेको छ, जसले मध्यम जोखिम जनाउँछ।Trade Tower Limited is set to open its NPR 330 million IPO for the general public from Jestha 14. The company had earlier issued shares to Nepalis working abroad. The application deadline is Jestha 19, extendable to Jestha 28 if not fully subscribed. Investors can apply for 10 to 1,000 shares. Laxmi Sunrise Capital Limited is managing the issue. The company holds a BB- credit rating, indicating moderate financial risk.

      NEPSE TRADING·27 May, 2025·1 min read
    • नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त
      Investor

      नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्तChandra Singh Saud Appointed as Chairman of Nepal Insurance

      नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको जेठ १२ गते बसेको बैठकले साउदलाई चार वर्षको कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो। साउद यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत भइसकेका अनुभवी व्यक्ति हुन्। उद्योग, वित्तीय क्षेत्र र पुँजी बजारमा लामो अनुभव बटुलेका साउदको नेतृत्वमा नेपाल इन्स्योरेन्सले अझ प्रभावकारी सेवा र व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।Chandra Singh Saud Appointed as Chairman of Nepal Insurance Chandra Singh Saud has been appointed as the Chairman of Nepal Insurance Company Limited. The company’s Board of Directors made the decision during a meeting held on Jestha 12 (May 25), appointing Saud for a four-year term. Saud is a former Chief Executive Officer (CEO) of the Nepal Stock Exchange (NEPSE) and brings extensive experience in the insurance, financial, and capital markets sectors. His leadership is expected to enhance the company’s service delivery and strengthen its overall management and governance.

      NEPSE trading ·27 May, 2025·<1 min read
    • अर्थमन्त्री विष्णु पौडेलद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
      Investor

      अर्थमन्त्री विष्णु पौडेलद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङFinance Minister Paudel Briefs President on Upcoming Budget

      अर्थमन्त्री विष्णु पौडेलद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका छन्। मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई बजेटको प्रारम्भिक खाका, नीति र कार्यक्रमका बारेमा जानकारी गराएका हुन्। संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी बिहीबार, जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ। राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटवार्तामा बजेटको प्राथमिकता, समग्र आर्थिक लक्ष्य र सरकारको आगामी रणनीतिक योजनाको सन्दर्भमा छलफल भएको थियो।Finance Minister Paudel Briefs President on Upcoming Budget Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel briefed President Ram Chandra Paudel on the upcoming national budget for the fiscal year 2082/83 (2025/26). The Finance Minister visited the President at the Sheetal Niwas (Presidential Palace) on Tuesday morning and presented an overview of the budget plans, policies, and upcoming priorities. As per the constitutional provision, the government is set to unveil the national budget on Thursday, Jestha 15 (May 30). According to the President’s Secretariat, the briefing covered key highlights of the budget, including national economic goals, development strategies, and the government’s fiscal direction.

      NEPSE trading ·27 May, 2025·<1 min read
    • नेपालमा सुन र चाँदीको मूल्य घट्यो
      Top

      नेपालमा सुन र चाँदीको मूल्य घट्यो Gold and Silver Prices Drop in Nepal

      मंगलबार, जेठ १३ गते नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १,९०,९०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि १० रुपैयाँले घट्दै १,९९५ रुपैयाँमा झरेको छ। यो गिरावट अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण भएको मानिन्छ।Gold and silver prices in Nepal declined on Tuesday, May 27, 2025. Hallmark gold dropped by NPR 200 and is now traded at NPR 190,900 per tola. Silver also fell by NPR 10, reaching NPR 1,995 per tola. The price adjustment reflects shifts in the global market and local investor sentiment.

      NEPSE TRADING·27 May, 2025·1 min read
    • नेपाल प्रहरीले वैशाख महिनामै उठायो ४० करोडभन्दा बढी राजस्व, अदालत दस्तुर र ट्राफिक जरिवानाबाट अग्रस्थान
      Trending

      नेपाल प्रहरीले वैशाख महिनामै उठायो ४० करोडभन्दा बढी राजस्व, अदालत दस्तुर र ट्राफिक जरिवानाबाट अग्रस्थानNepal Police Collects Over NPR 403 Million in Revenue in One Month — Court Fees and Traffic Fines Top the List

      नेपाल प्रहरीले वैशाख महिनामै उठायो ४० करोडभन्दा बढी राजस्व, अदालत दस्तुर र ट्राफिक जरिवानाबाट अग्रस्थान नेपाल प्रहरीले आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा मात्रै ४० करोड ३८ लाख २२ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। प्रहरी प्रशासनअन्तर्गत विभिन्न शीर्षकबाट उठाइएको यो रकमले राज्यको गैर-कर राजस्व वृद्धि गर्न सहयोग गरेको छ। राजस्व संकलनमा सबैभन्दा ठूलो योगदान अदालत कैफियत दस्तुर बाट प्राप्त भएको हो। यस शीर्षकबाट मात्रै ११ करोड ६८ लाख ६८ हजार रुपैयाँ संकलन गरिएको छ, जसले कुल संकलनको २८.९१% हिस्सा ओगटेको छ। यसपछि ट्राफिक नियम उल्लंघनबापतको जरिवानाबाट ९ करोड ४२ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जुन २३.३३% हो।Nepal Police Collects Over NPR 403 Million in Revenue in One Month — Court Fees and Traffic Fines Top the List Nepal Police collected more than NPR 403.8 million in public revenue during the month of Baisakh, FY 2081/82. This significant contribution came from various administrative and enforcement-related charges under police jurisdiction. The highest share of the revenue came from court fee settlements, totaling NPR 116.8 million, which accounts for 28.91% of the total collection. The second largest source was traffic violation fines, which brought in NPR 94.3 million, comprising 23.33% of the total revenue.

      NEPSE trading ·27 May, 2025·1 min read