
जेन–जी आन्दोलन : बैंकका शाखामा तोडफोड, कर्मचारीको चिन्ता, बैंक बन्द, नगद सुरक्षितGen-Z Protest: Bank Branches Vandalized, Employees Concerned, Banks Closed, Cash Safe
जेन–जी आन्दोलन : बैंकका शाखामा तोडफोड, कर्मचारीको चिन्ता, बैंक बन्द, नगद सुरक्षित देशभर फैलिएको जेन–जी पुस्ताको आन्दोलनले काठमाडौंसहित विभिन्न शहरका बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष असरमा परेका छन्। भ्रष्टाचार नियन्त्रण, असमानता अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने मागसहित सुरु भएको आन्दोलन हिंसात्मक बन्दा बैंकका शाखा, एटीएम र भवनहरूमा तोडफोड भएको छ। बैंकका शाखामा तोडफोड र क्षति नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड गरी भल्टसम्म प्रवेश गर्ने प्रयास भए पनि नगद सुरक्षित रहेको छ। त्यस्तै, बत्तिसपुतलीस्थित मारवाडी सेवा समितिको भवनमा रहेको हिमालयन बैंकको शाखा कार्यालय पूर्णरूपमा नष्ट भएको छ। बैंकको भल्ट भने सुरक्षित रहेको छ। चितवनको भरतपुर र मोरङको विराटनगरमा रहेको भाटभटेनी स्टोरमा समेत आगजनी हुँदा त्यहाँ रहेका स्ट्यान्डर्ड चार्टर्ड बैंकका शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क जल्दा त्यहाँ रहेको ग्लोबल आईएमई बैंकको शाखा पनि पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सरकारी कार्यालयमा आगजनी हुँदा त्यहाँ रहेका बैंक सेवा केन्द्रहरू पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको नेपाल बैंकर्स संघले जनाएको छ।Gen-Z Protest: Bank Branches Vandalized, Employees Concerned, Banks Closed, Cash Safe The nationwide Gen-Z protest has directly affected banks and financial institutions in Kathmandu and other cities. What began as a movement demanding corruption control, an end to inequality, and the removal of restrictions on social media has turned violent, leading to the vandalism of bank branches, ATMs, and office buildings.


















