
Stay informed and invest with latest NEPSE news and analysis.

नयाँ वर्षसँगै बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि सुधारProperty Transactions Rise Across Nepal in Baisakh, Government Revenue Also Improves

सुनपछि चाँदी आयातमा पनि भारतको कडाइ, विदेशी मुद्रा जोगाउन १५ प्रतिशत शुल्कIndia Tightens Silver Imports After Gold, Raises Duty to Protect Foreign Currency Reserves

ऊर्जा विकासमा कानुनी गाँठो, ‘ऊर्जा संकटकाल’ घोषणा गर्न इप्पानको माग स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको विकासमा देखिएका कानुनी र प्रशासनिक अवरोध हटाउन सरकारसँग ‘ऊर्जा विकास संकटकाल’ घोषणा गर्न माग गरेको छ । संस्थाले ऊर्जा उत्पादनका महत्वाकांक्षी लक्ष्यहरू बारम्बार घोषणा भए पनि कार्यान्वयन भने कानुनी जटिलतामै अल्झिएको जनाएको छ ।IPPAN Urges Government to Declare ‘Energy Development Emergency’ The Independent Power Producers’ Association, Nepal (IPPAN) has urged the government to declare an “Energy Development Emergency” to remove long-standing legal and administrative barriers affecting the country’s hydropower sector. The organization says Nepal has repeatedly failed to meet its electricity production targets due to a lack of coordination among various laws and regulatory systems related to energy development.

स्पेसएक्सको आईपीओ तयारीले विश्व बजारमा हलचल एलन मस्कको कम्पनीले उठाउन सक्छ ८० अर्ब डलरभन्दा बढी लगानी अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी ‘स्पेसएक्स’ अब सेयर बजारमा प्रवेश गर्ने तयारीमा पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कम्पनीले आगामी जुन १२ मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरिरहेको छ । यदि योजना अनुसार प्रक्रिया अघि बढ्यो भने स्पेसएक्सको आईपीओ विश्वकै सबैभन्दा ठूलो सार्वजनिक निष्कासनमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ ।SpaceX IPO Buzz Sparks Global Market Excitement Elon Musk’s Space Company Could Raise More Than $80 Billion Elon Musk’s space technology company, SpaceX, is reportedly preparing to enter the stock market through an Initial Public Offering (IPO), a move that could become one of the largest public listings in financial history. According to international reports, the company is targeting June 12 for its market debut and aims to raise more than $80 billion from investors.

डलरको ऐतिहासिक उकालो, नेपाली अर्थतन्त्रमाथि बढ्दो दबाब आयात खर्च चुलिने संकेत, महँगी बढ्ने चिन्ता गहिरियो नेपालमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी विनिमयदरअनुसार अमेरिकी १ डलरको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा पुगेको छ । नेपाली रुपैयाँविरुद्ध डलर यति बलियो बनेको यो पहिलो पटक हो । पछिल्ला दिनमा लगातार उकालो लागिरहेको डलरले अर्थतन्त्रमा नयाँ दबाब थप्न थालेको विश्लेषण गरिएको छ ।Dollar Hits Record High in Nepal, Pressure Mounts on Economy Rising Import Costs Likely to Impact Consumers, Students and Businesses The US dollar has reached an all-time high against the Nepali rupee, adding fresh pressure to Nepal’s import-dependent economy. According to the exchange rates published by the central bank for Saturday, the buying rate of one US dollar has climbed to Rs. 153.25, while the selling rate has reached Rs. 153.85 — the highest level recorded so far in Nepal.

उत्पादन, रोजगारी र डिजिटल अर्थतन्त्रमा सरकारको जोड स्वर्णिम वाग्लेले सार्वजनिक गरे आगामी बजेटका प्राथमिकता ‘थिति बसाल्ने’ नारासहित संरचनागत सुधारमा केन्द्रित हुने संकेत सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई आर्थिक पुनःसंरचना, सुशासन र उत्पादनमुखी अर्थतन्त्रतर्फ केन्द्रित गर्ने संकेत दिएको छ । राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सार्वजनिक गर्दै आगामी बजेट “रोजगारी, उत्पादन र सुशासन” मा आधारित हुने बताएका हुन् ।Government Prioritizes Production, Jobs and Digital Economy in Upcoming Budget Swarnim Wagle Unveils Fiscal Priorities for 2026/27 Structural Reform and Governance Improvement Placed at the Center of Budget Strategy The government has signaled that Nepal’s upcoming fiscal budget for 2026/27 will focus heavily on economic restructuring, governance reform and production-oriented growth. Following the endorsement of the government’s policy and program by the National Assembly, Finance Minister Swarnim Wagle on Thursday presented the principles and priorities of the Appropriation Bill, outlining a broad reform agenda centered on employment generation, digital transformation and economic revitalization.

ठूला उद्योगभन्दा आईटी र साना व्यवसायतर्फ आकर्षण लगानी प्रतिबद्धता बढ्दा पनि ‘नेट इन्फ्लो’ माथि प्रश्न नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वरूप पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बदलिन थालेको देखिएको छ । विगतमा जलविद्युत, ठूला उत्पादनमूलक उद्योग वा पूर्वाधार परियोजनामा केन्द्रित विदेशी लगानी अहिले सूचना प्रविधि, साना उद्यम र कृषि–आधारित व्यवसायतर्फ मोडिन थालेको संकेत उद्योग विभागको पछिल्लो तथ्यांकले दिएको छ ।Nepal’s Foreign Investment Pattern Begins to Shift Investors Moving Toward IT, Small Businesses and Agriculture Rising Commitments Raise Hope, but Capital Outflow Remains a Concern The structure of foreign direct investment (FDI) entering Nepal appears to be undergoing a significant transformation. Instead of concentrating on large-scale manufacturing or infrastructure projects as seen in the past, foreign investors are increasingly shifting their focus toward information technology, small enterprises and agriculture-based industries. Recent data released by the Department of Industry suggests that Nepal’s investment landscape is gradually moving toward low-capital, diversified business models.

बजेटअघि बढ्यो अपेक्षा सुस्त अर्थतन्त्र चलायमान बनाउने दबाबमा सरकार निजी क्षेत्र, युवा र बजार सबैको नजर आगामी बजेटमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट नजिकिँदै जाँदा सरकारमाथि आर्थिक गतिविधि चलायमान बनाउने दबाब बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि सुस्त बन्दै गएको अर्थतन्त्र, निजी क्षेत्रको घट्दो मनोबल र तीव्र रूपमा बढिरहेको युवाको विदेश पलायनका बीच आउने बजेटलाई धेरैले निर्णायक अवसरका रूपमा हेर्न थालेका छन् । विशेषगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक रूपमा “नयाँ सोचसहितको बजेट” ल्याउने संकेत दिएपछि निजी क्षेत्रदेखि सर्वसाधारणसम्मको चासो बढेको हो ।Expectations Rise Ahead of Nepal’s New Budget Government Under Pressure to Revive Sluggish Economy Private Sector, Youth and Investors Closely Watching Upcoming Fiscal Plan As Nepal prepares to unveil its budget for the upcoming fiscal year 2026/27, pressure on the government to revive economic activity is steadily increasing. With the economy slowing over the past few years, private sector confidence weakening and youth migration accelerating, many are viewing the upcoming budget as a critical opportunity to restore momentum. Public interest has grown further after Finance Minister Swarnim Wagle repeatedly signaled that the government is preparing a “new-generation” and “hope-driven” budget aimed at breaking away from traditional approaches.

महालेखाको प्रतिवेदनले देखायो वित्तीय अनुशासन कमजोर सरकारी निकायमा हुने खर्चको पारदर्शिता र आर्थिक अनुशासनमाथि फेरि गम्भीर प्रश्न उठेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले बेरुजु रकम निरन्तर बढिरहेको तथ्य बाहिर ल्याएको हो । प्रतिवेदनअनुसार हालसम्म फर्छ्यौट हुन बाँकी कुल अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ । यस्तो अवस्था देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले समेत सार्वजनिक निकायको जवाफदेहिताप्रति चिन्ता व्यक्त गरेका छन् ।Rising Irregularities Raise Questions Over Government Spending Outstanding Audit Arrears Cross Rs 733 Billion Auditor General’s Report Highlights Weak Financial Discipline Serious questions have once again been raised over transparency and accountability in Nepal’s public spending system. The latest annual report released by the Office of the Auditor General shows that unresolved audit irregularities, commonly referred to as “beruju,” have continued to climb despite repeated commitments from the government to strengthen financial discipline. According to the report, the total outstanding arrears yet to be settled have now exceeded Rs 733 billion.

अधिक तरलताबीच बैंकहरूको ब्याजदर स्थिर, केहीले घटाए निक्षेपको प्रतिफल काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर अधिकांश रूपमा स्थिर राखेका छन् । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहँदा र कर्जा माग सुस्त बनेपछि बैंकहरू अहिले निक्षेप तान्नभन्दा लागत व्यवस्थापनमा केन्द्रित देखिएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको नयाँ ब्याजदर विवरणले बैंकिङ क्षेत्रमा कम ब्याजदरको वातावरण अझै कायम रहेको संकेत गरेको छ ।Commercial Banks Keep Deposit Rates Mostly Stable as Excess Liquidity Continues Commercial banks in Nepal have mostly kept deposit interest rates unchanged for Jestha 2083, even though a few banks slightly reduced rates. The latest data published by the Nepal Bankers’ Association shows that banks are no longer aggressively competing for deposits as liquidity in the banking system remains high and loan demand continues to stay weak.

बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोला ३०० रुपैयाँले बढेर तीन लाख दुई हजार ५०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर पाँच हजार ७४५ रुपैयाँ कायम भएको छ। पछिल्लो समय चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ।prices have been shGold and silver prices increased in the Nepali market on Thursday. Gold rose by Rs. 300 per tola to Rs. 302,500, while silver increased by Rs. 35 per tola to Rs. 5,745. Silver prices have been continuously rising in recent days.owing a continuous upward trend recently.

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन १० प्रतिशत हकप्रदमार्फत कम्पनीले २३ करोडभन्दा बढी पूँजी थप्दै United Ajod Insurance Limited ले निष्काशन गरेको १० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने समय आजबाट सकिँदैछ । कम्पनीले चैत २६ गतेदेखि विद्यमान शेयरधनीहरूका लागि हकप्रद शेयर बिक्री खुला गरेको थियो ।Last Day to Apply for United Ajod Insurance’s 10 Percent Rights Shares Company Looking to Raise Over Rs 231 Million Through Rights Offering United Ajod Insurance Limited is closing applications today for its 10 percent rights share offering issued to existing shareholders. The company had opened the rights issue for subscription on March 8 (Chaitra 26).

स्मार्ट टेलिकम प्रकरण : एनआईएमबीको स्पष्टीकरण : ‘३८ करोड सुरक्षित छ, कानुनअनुसार नै लिलामी गरियो’ स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ले पहिलोपटक औपचारिक धारणा सार्वजनिक गरेको छ । बैंकले बुधबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण लिलामी प्रक्रिया प्रचलित कानुन र बैंकिङ प्रक्रियाअनुसार नै अघि बढाइएको दाबी गरेको हो । बैंकले आफूहरूले निक्षेपकर्ताको रकम सुरक्षित गर्न कानुनी अधिकार प्रयोग गरी कर्जा असुली प्रक्रिया पूरा गरेको उल्लेख गरेको छ ।NIMB Defends Smart Telecom Auction, Says ‘Rs 380 Million Is Secure’ Bank Claims Auction Followed Legal Procedures After CEO Jyoti Prakash Pandey’s Arrest

कारोबार रकम सुक्दै, प्राविधिक चार्टले पनि देखायो कमजोरी, तर मुख्य सपोर्ट अझै सुरक्षित नेपाली शेयर बजार बुधबार पनि दबाबमै बन्द भएको छ । लगातार दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द हुँदा बजारमा देखिएको अन्योलता अझै गहिरिएको विश्लेषण गरिएको छ । पछिल्ला केही सातायता बजारले स्पष्ट दिशा समात्न नसकिरहेको अवस्थामा कारोबार रकम निरन्तर घट्नु, लगानीकर्ताको मनोबल कमजोर देखिनु तथा सीमित कम्पनीमा मात्रै कारोबार केन्द्रित हुनुले बजार अझै ‘कन्फ्युजन फेज’ मा रहेको संकेत गरेको हो ।Index Falls for Second Straight Session, Investors Remain in “Wait and Watch” Mode The Nepali stock market closed lower again on Wednesday, extending its losing streak for a second consecutive trading session. Although the decline in the benchmark index remained modest, the sharp fall in turnover and the lack of broad buying interest reflected growing uncertainty among investors. Over the past few weeks, the market has struggled to establish a clear direction, with many investors adopting a cautious “wait and watch” strategy amid mixed signals from both fundamentals and technical indicators.

लक्ष्मी सनराइज क्यापिटलले ‘एलएस होराइजन १२’ बिक्री खुला गर्यो Laxmi Sunrise Capital Limited ले आज (बैशाख ३० गते) देखि ‘एलएस होराइजन १२’ नामक बन्दमुखी सामूहिक लगानी कोषको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ । Laxmi Sunrise Mutual Fund अन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १२ करोड इकाई बिक्रीमा ल्याएको हो । कुल निष्काशनको आकार १ अर्ब २० करोड रुपैयाँ बराबर रहेको छ ।Laxmi Sunrise Capital Opens Unit Sale of ‘LS Horizon 12’ Mutual Fund Laxmi Sunrise Capital Limited has opened the public issuance and sale of units under its closed-end mutual fund scheme “LS Horizon 12” from Wednesday (Baisakh 30).

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख ७४ हजारभन्दा बढीले पाए शेयर Yambaling Hydropower Limited को प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक Muktinath Capital Limited को कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।Yambaling Hydropower IPO Allotment Completed, Over 174,000 Applicants Receive Shares The initial public offering (IPO) allotment of Yambaling Hydropower Limited was completed on Wednesday. The allotment process was carried out at the office of issue and sales manager Muktinath Capital Limited.

साना लगानीकर्ताको सहभागिता बढ्दै, शेयर धितो कर्जा १ खर्ब ५९ अर्ब नाघ्यो Nepal Rastra Bank को पछिल्लो तथ्यांकले नेपाली शेयर बजारमा साना तथा नयाँ लगानीकर्ताको सहभागिता तीव्र रूपमा बढिरहेको संकेत गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म २५ लाख रुपैयाँभन्दा कमको शेयर धितो कर्जा ४७.२ प्रतिशतले बढेको छ, जुन सबै वर्गमध्ये उच्च वृद्धि हो ।Retail Investor Participation Surges as Margin Lending Crosses Rs 159 Billion The latest data published by the Nepal Rastra Bank show a sharp rise in the participation of small and first-time investors in Nepal’s stock market. Share-backed loans of less than Rs 2.5 million increased by 47.2 percent by the end of Chaitra in the current fiscal year 2082/83, marking the highest growth among all categories of margin lending.

अधिक तरलताबीच बैंक ब्याजदर घट्दो, कर्जा विस्तार अझै सुस्त बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहँदा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा र निक्षेप दुवैको ब्याजदर उल्लेख्य रूपमा घटाएका छन् । निजी क्षेत्रबाट कर्जा माग अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको अवस्था देखिएको हो ।Excess Liquidity Pushes Bank Interest Rates Lower as Credit Demand Remains Weak Interest rates on both loans and deposits have continued to decline as excess liquidity persists in Nepal’s banking system and private sector credit demand remains weaker than expected. Banks and financial institutions are increasingly lowering rates in an effort to expand lending amid growing investable funds within the financial system.

जलस्रोत व्यवस्थापनलाई संघीय ढाँचामा लैजान नयाँ छाता कानुनको तयारी सरकारले जलस्रोत व्यवस्थापनलाई संघीय संरचनाअनुसार व्यवस्थित गर्न नयाँ छाता कानुन ल्याउने तयारीलाई तीव्र बनाएको छ । Ministry of Energy, Water Resources and Irrigation ले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमार्जन कार्य अन्तिम चरणमा पुर्याउँदै स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो ।Government Preparing New Umbrella Law to Restructure Water Resource Management The government is accelerating preparations to introduce a new umbrella law aimed at restructuring water resource management in line with Nepal’s federal system. The Ministry of Energy, Water Resources and Irrigation has completed the revision process of the proposed “Water Resources Bill 2083” and is preparing to move it forward for approval.