
पोखरामा एक दिने निःशुल्क शेयर बजार तालिम, चैत्र ७ मा आयोजनाFree One-Day Stock Market Training to Be Held in Pokhara on Chaitra 7
पोखरामा एक दिने निःशुल्क शेयर बजार तालिम, चैत्र ७ मा आयोजना पोखरा । ग्लोबल मनी विकको अवसर पारेर पोखरामा एक दिने निःशुल्क शेयर बजार तालिम आयोजना हुने भएको छ। इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ को आयोजनामा उक्त तालिम आगामी चैत्र ७ गते पोखरामा सञ्चालन गरिने भएको हो। कार्यक्रम अन्तर्गत शेयर बजार सम्बन्धी आधारभूत तथा प्राविधिक पक्षबारे सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा नियामक निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहने बताइएको छ, जसले शेयर बजारको नियमन तथा लगानी सम्बन्धी विषयमा जानकारी दिनेछन्। तालिम कार्यक्रममा प्राविधिक विश्लेषक सन्दीप कुमार चौधरी तथा बजारका अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेल को विशेष सत्र रहनेछ। उनीहरूले शेयर बजारको वर्तमान अवस्था, लगानी रणनीति तथा बजार विश्लेषणबारे आफ्ना अनुभव र सुझाव प्रस्तुत गर्नेछन्।Free One-Day Stock Market Training to Be Held in Pokhara on Chaitra 7 Pokhara — A free one-day stock market training program will be organized in Pokhara on Chaitra 7 on the occasion of Global Money Week. The program is being organized by Imperial Securities Broker No. 45.


















