
भोटेकोशी र त्रिशूली बाढी: तत्काल राहतका लागि एडिबीले ५० लाख डलर अनुदान दिनेBhotekoshi and Trishuli Floods: ADB to Provide $5 Million Grant for Immediate Relief
तत्कालको राहतसँगै दीर्घकालीन पुनर्निर्माणलाई पनि एडिबीले चासोमा राखेको छ। विपद्पछिको क्षतिको विस्तृत मूल्यांकन र भावी पुनर्निर्माणको खाका तयार पार्न बैंकले थप डेढ लाख डलर (१ लाख ५० हजार) को प्रक्रियासमेत अघि बढाएको छ। यो समग्र सहायता रकमलाई नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अन्य साझेदार निकायहरूको प्रत्यक्ष समन्वयमा परिचालन गरिने बैंकले जनाएको छ।Beyond immediate relief, the ADB has also prioritized long-term recovery. The bank has initiated the process to provide an additional $150,000 to conduct a detailed post-disaster needs assessment and to prepare a blueprint for future reconstruction. The ADB noted that the entire assistance package will be mobilized in direct coordination with the Government of Nepal, the National Disaster Risk Reduction and Management Authority (NDRRMA), and other partner agencies.
















