
राष्ट्र बैंकको नयाँ व्यवस्था : क्यासिनोलाई विदेशी मुद्रा कारोबारका लागि इजाजत लिनुपर्नेNepal Rastra Bank Requires Casinos to Obtain License for Foreign Currency Transactions
राष्ट्र बैंकको नयाँ व्यवस्था : क्यासिनोलाई विदेशी मुद्रा कारोबारका लागि इजाजत लिनुपर्ने काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो र यस्ता प्रकृतिका संस्थाहरूले विदेशी मुद्रा कारोबार गर्नका लागि अनिवार्य रूपमा इजाजत लिनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार विदेशी मुद्रा कारोबार गर्नका लागि अनुमति (इजाजत) आवश्यक हुने नयाँ व्यवस्था लागू गरेको जनाएको छ। राष्ट्र बैंकका अनुसार क्यासिनोलगायतका संस्थाहरूले इजाजत प्राप्त गरी मात्र विदेशी विनिमय (भारतीय रुपैयाँसहित) कारोबार गर्न वा गराउन सक्नेछन्। यसअघि क्यासिनोहरूले स्वेच्छिक रूपमा विदेशी मुद्राको प्रयोग गर्ने प्रचलन थियो, जुन अब औपचारिक स्वीकृतिपछि मात्र सम्भव हुनेछ।Nepal Rastra Bank Requires Casinos to Obtain License for Foreign Currency Transactions Kathmandu — The Nepal Rastra Bank (NRB) has introduced a new rule requiring casinos and similar institutions to obtain official authorization before engaging in foreign currency transactions. In a public notice issued on Tuesday, the central bank stated that, under Section 3 of the Foreign Exchange (Regulation) Act, 2019, entities must obtain a license from NRB to conduct foreign exchange activities. According to the new provision, casinos and similar establishments must receive formal approval from NRB to conduct or facilitate transactions involving foreign currencies, including Indian Rupees. Previously, casinos were informally using foreign currencies, but under the new rule, such transactions will only be permitted with official authorization. NRB noted that this move builds on existing foreign exchange regulations and aims to enhance transparency and regulatory oversight in currency dealings within entertainment and hospitality sectors.


















