
युनाइटेड इदी मर्दी हाइड्रोपावरको चैत ११ गते साधारण सभा, ४% बोनस सेयर वितरण गर्नेUnited Idi Mardi Hydropower to Hold AGM on Chaitra 11, Announces 4% Bonus Shares
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत ११ गते बिहान ११ बजे पोखराको आभ्या क्लब, घारीपाटन–१७ मा साधारण सभा बोलाएको छ। सभामा १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेस गरिनेछ।United Idi Mardi & RB Hydropower Limited has announced a 4% bonus share distribution along with a 0.21% cash dividend for tax purposes. To approve the dividend proposal, the company has scheduled its Annual General Meeting (AGM) on Chaitra 11 at 11 AM at Abhya Club, Gharipatan-17, Pokhara. The meeting will also present a proposal to issue rights shares in a 1:1 ratio.


















