
गरिमा सुवर्ण योजनाको इकाई बिक्री फागुन २८ गतेदेखि खुला हुनेUnit Sale of Garima Suvarna Yojana to Open from Falgun 28
गरिमा सुवर्ण योजनाको इकाई बिक्री फागुन २८ गतेदेखि खुला हुने गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री यही फागुन २८ गतेदेखि खुला हुने भएको छ। योजनाको कोष प्रवर्द्धक Garima Bikas Bank Limited र योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक Garima Capital Limited रहेका छन्। योजनाअन्तर्गत कुल १० करोड इकाई निष्कासन गरिने जनाइएको छ। जसमध्ये बीज पूँजीस्वरूप ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई र ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित राखिएको छ। बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिनेछ। प्रथम चरणमा ५ करोड इकाई सार्वजनिक निष्कासनका लागि खुला गरिनेछ। त्यसपछि सामूहिक लगानी कोष नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर रूपमा खरिद–बिक्री खुला गरिनेछ। यस योजनामार्फत लगानीकर्तालाई दीर्घकालीन लगानीका अवसर प्रदान गर्ने उद्देश्य रहेको जनाइएको छ।Unit Sale of Garima Suvarna Yojana to Open from Falgun 28 The unit sale of ‘Garima Suvarna Yojana’, a scheme operated under Garima Mutual Fund, is set to open from Falgun 28. The scheme is promoted by Garima Bikas Bank Limited, while Garima Capital Limited has been appointed as the fund manager and issue manager. Under the scheme, a total of 100 million (10 crore) units will be issued. Out of the total units, 6 million units have been reserved as seed capital for the fund manager, Garima Capital Limited, and 9 million units have been allocated to the fund promoter, Garima Bikas Bank Limited. The remaining 35 million units will be offered to the general public.


















