
सरकारले निजीक्षेत्रका परियोजनाहरूमा जलवायु वित्त परिचालनको नयाँ कार्यविधि लागू गर्योGovernment Introduces New Climate Finance Guidelines for Private Sector Projects
सरकारले निजीक्षेत्रका परियोजनाहरूमा जलवायु वित्त परिचालनको नयाँ कार्यविधि लागू गर्यो सरकारले अब निजीक्षेत्रका परियोजनाहरूमा जलवायु वित्त परिचालन गर्न नीतिगत व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले आज जलवायु वित्त परिचालन कार्यविधि, २०८२ जारी गरेको छ, जसअनुसार निजीक्षेत्रले अन्तर्राष्ट्रिय अनुदान र सहुलियतपूर्ण ऋणमार्फत हरित प्रविधि, नवीकरणीय ऊर्जा र जलवायु अनुकूलन परियोजनामा वित्तीय स्रोत प्राप्त गर्न सक्नेछन्। नयाँ कार्यविधिअनुसार, निजीक्षेत्रका परियोजनाहरूलाई जलवायु कोषबाट छुट्याइएको रकम प्रयोग गरेर कार्यान्वयन गर्न सकिने व्यवस्था गरिएको छ। यसले जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न निजीक्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्नको लागि नयाँ मार्ग प्रशस्त गरेको छ। परियोजना छनोट गर्दा सार्वजनिक सूचना जारी गरी सबै इच्छुक निजीक्षेत्रलाई समान अवसर दिने व्यवस्था गरिएको छ।Government Introduces New Climate Finance Guidelines for Private Sector Projects The government has introduced a policy framework for mobilizing climate finance in private sector projects. The Ministry of Finance has issued the "Climate Finance Mobilization Guidelines, 2022," which allows the private sector to access financial resources through international grants and concessional loans for green technologies, renewable energy, and climate adaptation projects. According to the new guidelines, the private sector can implement projects using funds allocated from the climate fund or resources that the private sector can contribute. This framework aims to ensure active participation from the private sector in addressing the impacts of climate change. Public announcements will be made for project selection, ensuring that all interested private sector entities have equal opportunities.


















