
शेयर बजारमा साना तथा मध्यम लगानीकर्ताको सक्रियता बढ्दो, ठूला लगानीकर्ताको पकड अझै बलियोRising Participation of Small and Mid-Level Investors in Nepal’s Stock Market, Large Investors Still Dominate
शेयर बजारमा साना तथा मध्यम लगानीकर्ताको सक्रियता बढ्दो, ठूला लगानीकर्ताको पकड अझै बलियो पछिल्लो समय नेपाली शेयर बजारमा साना तथा मध्यम स्तरका लगानीकर्ताहरूको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको तथ्यांकअनुसार २५ लाखदेखि १ करोड रुपैयाँसम्मका शेयर धितो कर्जामा सबैभन्दा बढी वृद्धिदर देखिएको छ। राष्ट्र बैंकका अनुसार ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १२.८ प्रतिशतले, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १०.३ प्रतिशतले र २५ लाख रुपैयाँभन्दा कमको कर्जा ७.९ प्रतिशतले वृद्धि भएको छ। यसले बजारमा साना तथा मध्यम लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टि गर्छ। बजारमा तरलताको सहज उपलब्धता र बैंकहरूको ब्याजदर एकल अंकमा झरेपछि लगानीकर्ताहरूले बैंकमार्फत कर्जा लिएर शेयरमा लगानी गर्ने रणनीतिलाई प्राथमिकता दिन थालेका छन्। यसले कारोबार रकम बढाउन र बजारलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरूको भनाइ छ।Rising Participation of Small and Mid-Level Investors in Nepal’s Stock Market, Large Investors Still Dominate In recent months, Nepal’s stock market has witnessed a notable increase in the participation of small and mid-level investors. According to data published by Nepal Rastra Bank for the first six months of fiscal year 2082/83, share-backed loans ranging from NPR 2.5 million to NPR 10 million have recorded the highest growth rates. The central bank’s statistics show that loans between NPR 5 million and NPR 10 million increased by 12.8 percent, loans between NPR 2.5 million and NPR 5 million rose by 10.3 percent, and loans below NPR 2.5 million grew by 7.9 percent. This trend indicates growing interest and involvement of small and medium investors in the capital market.


















