
अन्तर्राष्ट्रिय प्रभावले बढ्यो सुनचाँदीको मूल्य, सुन पुनः तीन लाख नाघ्योGold and Silver Prices Rise in Nepal, Gold Crosses NPR 300,000 Again
अन्तर्राष्ट्रिय प्रभावले बढ्यो सुनचाँदीको मूल्य, सुन पुनः तीन लाख नाघ्यो साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले बढ्दै पुनः तीन लाख रुपैयाँ नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेको थियो। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ३०० रुपैयाँले वृद्धि भई प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।Gold and Silver Prices Rise in Nepal, Gold Crosses NPR 300,000 Again Gold and silver prices in the Nepali market increased on Sunday, the first trading day of the week, influenced by trends in the international market. Due to the global price surge, the local gold rate rose by NPR 9,500 per tola, crossing the NPR 300,000 mark once again. According to the Nepal Gold and Silver Dealers’ Association, fine gold (hallmarked gold) is being traded at NPR 300,500 per tola on Sunday. On the previous trading day, Friday, gold was traded at NPR 291,000 per tola, after dropping by NPR 4,200. Silver prices also recorded an increase. On Sunday, silver rose by NPR 300 per tola to reach NPR 5,010 per tola, as reported by the association. On Friday, silver was traded at NPR 4,710 per tola.


















