
घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो, दोस्रो त्रैमासमा १ करोड ७० लाख घाटाGhalemdi Hydro Reports Rising Losses in Second Quarter, Financial Pressure Deepens
घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो, दोस्रो त्रैमासमा १ करोड ७० लाख घाटा घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १६ लाख ९७ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले चालु आवको सोही अवधिसम्म आइपुग्दा १ करोड ७० लाख रुपैयाँ घाटा व्यहोरेको छ। आम्दानीमा सामान्य वृद्धि भए पनि खर्च बढेकाले कम्पनीको खुद नोक्सानी थप बढेको हो।Ghalemdi Hydro Reports Rising Losses in Second Quarter, Financial Pressure Deepens Ghalemdi Hydro Limited has published its unaudited financial statement for the second quarter of the current fiscal year, showing a sharp increase in losses compared to the same period last year. The latest figures indicate growing financial pressure on the hydropower company despite a modest rise in electricity sales. According to the report, the company recorded a loss of NPR 17 million by the end of the second quarter of the current fiscal year. In the corresponding period of the previous fiscal year, the loss stood at NPR 1.697 million. This significant rise highlights the company’s continuing struggle to achieve financial stability.


















