
प्रस्तावित बौद्धिक सम्पत्ति ऐनबारे काठमाडौंमा कार्यशाला सम्पन्नWorkshop on Proposed Intellectual Property Act Concludes in Kathmandu
प्रस्तावित बौद्धिक सम्पत्ति ऐनबारे काठमाडौंमा कार्यशाला सम्पन्न प्रस्तावित बौद्धिक सम्पत्ति ऐनसम्बन्धी कार्यशाला गोष्ठी शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल (इप्पसन) तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभाग को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता इप्पसनका अध्यक्ष विसुकुमार केसी ले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री तथा सचिव शंकर प्रसाद कोइराला र मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे सहभागी थिए। साथै, उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्तेत लगायत विभागका अधिकारी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।Workshop on Proposed Intellectual Property Act Concludes in Kathmandu A workshop on the proposed Intellectual Property Act was successfully concluded in Kathmandu on Friday. The program was jointly organized by the बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल (IPPSN) and the उद्योग विभाग under the उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय. The event aimed to gather feedback from experts and stakeholders on the proposed legal framework for intellectual property protection in Nepal.


















