
नेप्से १८ अंकले उकालो, कारोबार घट्दा पनि “टुइटर बटम” भ्यालिडNEPSE Up by 18 Points; “Twitter Bottom” Valid Despite Lower Turnover
नेप्से १८ अंकले उकालो, कारोबार घट्दा पनि “टुइटर बटम” भ्यालिड मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले उकालो लागेको नेप्सेले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको छ। परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ३२५ स्टकको ५५ हजार ७८ पटकको कारोबारमा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको ७८ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ। यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानल नेपालको शेयर मूल्य सर्किट लेभलमा पुगेको हो। त्यस्तै, बाराही हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ भने लुम्बिनी विकास बैंकको शेयर करिब ६ प्रतिशतले उक्लिएको छ। कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य भने सर्वाधिक ४.१६ प्रतिशतले घटेको छ।NEPSE Up by 18 Points; “Twitter Bottom” Valid Despite Lower Turnover The NEPSE index closed higher on Tuesday, extending the positive momentum from the previous trading day. After posting a marginal gain on Monday, the market continued its upward move, with the benchmark index rising by 18.37 points to close at 2,619.99. Despite the rise in the index, total turnover declined. While shares worth NPR 3.44 billion were traded on Monday, Tuesday recorded transactions of NPR 3.29 billion. A total of 7.8 million shares were traded through 55,078 transactions involving 325 listed companies.


















