
लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए ६ बुँदे ज्ञापनपत्रInvestors Submit 6-Point Memorandum to Nepal Rastra Bank Amid Market Decline
लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए ६ बुँदे ज्ञापनपत्र काठमाडौं । पछिल्ला दिनमा आएको निरन्तर गिरावटसँगै शेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन्। बिहीबार (असोज २) मात्र नेप्से परिसूचक झण्डै १६० अंकले घट्दा करिब ३ खर्ब रुपैयाँ बराबरको बजार पुँजीकरण गुमेको तथ्याङ्कले देखाएको छ। यसले लगानीकर्ताको मनोबलमा गम्भीर नकारात्मक असर पारेको भन्दै तत्काल सुधारात्मक कदम चाल्न माग गरिएको छ। संयुक्त रूपमा बुझाइएको ज्ञापनपत्रमा शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघ का पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्।Investors Submit 6-Point Memorandum to Nepal Rastra Bank Amid Market Decline Kathmandu – Following continuous declines in the stock market, investors have submitted a six-point memorandum to Nepal Rastra Bank (NRB), urging immediate corrective measures. On Thursday (Ashwin 2), the NEPSE index plunged by nearly 160 points, wiping out around NPR 300 billion in market capitalization in a single day. This sharp fall has severely shaken investor confidence. The memorandum was jointly submitted with signatures from officials of the Share Investors Association Nepal, Nepal Capital Market Investors Association, and Independent Capital Market Investors Association.


















