
एभरेष्ट बैंकको नाफा र EPS दुबैमा उल्लेखनीय वृद्धि
एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ४ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.८१% बढी हो। खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड रुपैयाँ र सञ्चालन मुनाफा ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) ३७ रुपैयाँ ९९ पैसा पुगेको छ भने खराब कर्जा अनुपात ०.३८% मा झरेको छ।


















