
उपप्रधानमन्त्री पौडेलको आग्रह : ‘राम्रा कामलाई जनतासमक्ष पुर्याउन सहयोग गर्नुहोस्’Deputy Prime Minister Poudel Urges: ‘Communicate Good Works of the Government to the Public’
उपप्रधानमन्त्री पौडेलको आग्रह : ‘राम्रा कामलाई जनतासमक्ष पुर्याउन सहयोग गर्नुहोस्’ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले गरेका राम्रा कामहरूलाई जनतासमक्ष पुर्याउन आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सेजनसँग मन्त्री तथा नेताहरूसम्म आफ्ना विचार पुर्याउने सामर्थ्य रहेको उल्लेख गरे । उनले सेजनले मुलुकको अर्थतन्त्रको विकासका विविध विषयमा निरन्तर योगदान गर्दै आएको भन्दै प्रशंसा गरे ।Deputy Prime Minister Poudel Urges: ‘Communicate Good Works of the Government to the Public’ Kathmandu – Deputy Prime Minister and Finance Minister Bishnu Prasad Poudel has urged stakeholders to communicate the government’s positive works to the public. Addressing the 27th Annual General Meeting of the Society of Economic Journalists of Nepal (SEJON) in Kathmandu on Saturday, Minister Poudel remarked that SEJON has the capacity to bring ministers and leaders to discussions and convey their views effectively. He also praised SEJON for continuously contributing to the development of the country’s economy through various initiatives.


















