NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 114 / 195Next
    • एशियन लाइफको ४२% हकप्रद सेयर बिक्री खुला
      Stock

      एशियन लाइफको ४२% हकप्रद सेयर बिक्री खुला

      एशियन लाइफको ४२% हकप्रद सेयर बिक्री खुला एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आज (असार २५) देखि ४२ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर ४.२ कित्ता अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर निष्कासन गर्दैछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। कुल निष्कासन रकम १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ हुनेछ।

      Nepse Trading·9 Jul, 2025·1 min read
    • राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ संकलनको तयारी
      Economy

      राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ संकलनको तयारी

      राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ संकलनको तयारी नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले मौद्रिक नियन्त्रणका लागि यस्तो कदम चालेको हो। राष्ट्र बैंकले निक्षेप संकलनका लागि ६३ दिनको अवधिका लागि बोलकबोलको माध्यमबाट रकम उठाउने जनाएको छ। बोलकबोलको समय आज दिउँसो ३ बजे तोकिएको छ। न्यूनतम १० करोड रुपैयाँदेखि पाँच करोडको गुणनफलमा भाग जाने गरी बोल गर्न सकिने व्यवस्था गरिएको छ। सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ २५ गते तोकिएको छ।

      Nepse Trading·9 Jul, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गर्यो विदेशी मुद्राको नयाँ विनिमय दर
      Investor

      नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गर्यो विदेशी मुद्राको नयाँ विनिमय दर

      नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गर्यो विदेशी मुद्राको नयाँ विनिमय दर नेपाल राष्ट्र बैंकले आज (असार २५ गते, २०८१) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। युरोपेली मुद्राहरूको दर हेर्दा, युरोको खरिददर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा पुगेको छ भने, बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा तोकिएको छ। स्विट्जरल्याण्डको फ्र्याङ्कको खरिददर १७१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा रहेको छ। प्याकिफिक मुलुकहरूतर्फ हेर्दा, अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ। क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा रहेको छ भने सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।

      NEPSE TRADING·9 Jul, 2025·1 min read
    • चालु आर्थिक वर्षमा नेपालका आयात १३.१ प्रतिशतले बढ्यो, चीन र तेस्रो मुलुकबाटको निर्भरता बढ्दो
      Investor

      चालु आर्थिक वर्षमा नेपालका आयात १३.१ प्रतिशतले बढ्यो, चीन र तेस्रो मुलुकबाटको निर्भरता बढ्दो

      चालु आर्थिक वर्षमा नेपालका आयात १३.१ प्रतिशतले बढ्यो, चीन र तेस्रो मुलुकबाटको निर्भरता बढ्दो काठमाडौं, साउन २५ — नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा कुल रु. १६ खर्ब ४४ अर्ब ७९ करोड बराबरको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.१ प्रतिशतको वृद्धि हो। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, गत वर्षको सोही अवधिमा आयात रु. १४ खर्ब ५३ अर्ब ७ करोड मा सीमित थियो। गत आर्थिक वर्ष २०८०/८१ मा आयातमा १.८ प्रतिशतको गिरावट देखिएको थियो। त्यसपछिको यो वृद्धिले आर्थिक गतिविधि पुनः तीव्र बन्दै गएको स्पष्ट संकेत दिएको छ।

      NEPSE TRADING·9 Jul, 2025·2 min read
    • भारततर्फको निर्यात दोब्बर, वैदेशिक व्यापारमा ऐतिहासिक सुधार
      Top

      भारततर्फको निर्यात दोब्बर, वैदेशिक व्यापारमा ऐतिहासिक सुधार

      भारततर्फको निर्यात दोब्बर, वैदेशिक व्यापारमा ऐतिहासिक सुधार काठमाण्डौ, असार २५ – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालको कुल निर्यात झण्डै ७८ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अघिल्लो वर्ष निर्यात घटेको अवस्थामा यो वर्षको प्रगति ऐतिहासिक देखिएको छ।

      NEPSE TRADING·9 Jul, 2025·2 min read
    • सुदूरपश्चिमको श्रम बजारमा सबैभन्दा तीव्र वृद्धिदर, समग्र सूचक ५.३४ प्रतिशतले वृद्धि
      Investor

      सुदूरपश्चिमको श्रम बजारमा सबैभन्दा तीव्र वृद्धिदर, समग्र सूचक ५.३४ प्रतिशतले वृद्धि

      सुदूरपश्चिमको श्रम बजारमा सबैभन्दा तीव्र वृद्धिदर, समग्र सूचक ५.३४ प्रतिशतले वृद्धि काठमाडौँ, असार २५ – चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक (चैत्र महिनाको मध्य) सम्म आइपुग्दा देशभरका सातै प्रदेशमा वेतन तथा पारिश्रमिक सूचकांकमा मध्यम दरको वृद्धि देखिएको छ। सार्वजनिक भएको तथ्यांकअनुसार समग्र सूचक १०२.९६ मा पुग्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.३४ प्रतिशतले वृद्धि भएको छ।

      NEPSE TRADING·9 Jul, 2025·2 min read
    • थोक मूल्य सूचकाङ्कको वृद्धिदर सन्तुलनमा
      Investor

      थोक मूल्य सूचकाङ्कको वृद्धिदर सन्तुलनमा

      थोक मूल्य सूचकाङ्कको वृद्धिदर सन्तुलनमा, वर्षको औसत वृद्धि ४.११ प्रतिशत काठमाडौं — चालु आर्थिक वर्ष २०८१/८२ मा थोक बजारमा मूल्यवृद्धि सन्तुलनमा देखिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको थोक मूल्य सूचकाङ्क (WPI) तथ्याङ्कअनुसार आर्थिक वर्षको औसत सूचकाङ्क १५६.६३ रहेको छ। यो अघिल्लो वर्षको तुलनामा ४.११ प्रतिशतको वार्षिक वृद्धि हो। थोक मूल्य सूचकाङ्कले देशको आपूर्ति प्रणाली, उत्पादन लागत र वितरण प्रभावकारिता कति सन्तुलित छ भन्ने संकेत गर्छ। विगत दुई वर्षको तुलनामा यो वृद्धिदर तुलनात्मक रूपमा मद्धिम हो। २०७८/७९ मा यो वृद्धि ९.५१ प्रतिशत थियो भने २०७९/८० मा ८.४७ प्रतिशत पुगेको थियो।

      NEPSE TRADING·9 Jul, 2025·2 min read
    • भौगोलिक क्षेत्रअनुसार उपभोक्ता मूल्य सूचकाङ्क: नेपालका सबै क्षेत्रहरूमा मूल्यवृद्धि नियन्त्रणमै
      Investor

      भौगोलिक क्षेत्रअनुसार उपभोक्ता मूल्य सूचकाङ्क: नेपालका सबै क्षेत्रहरूमा मूल्यवृद्धि नियन्त्रणमै

      मूल्यवृद्धि सन्तुलनमा, तर सेवा क्षेत्रमा दबाब काठमाडौं — चालु आर्थिक वर्षको ११ महिनासम्म उपभोक्ता मूल्य सूचकाङ्क (CPI) सबै भौगोलिक क्षेत्रहरूमा सन्तुलनमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौं उपत्यका, तराई, पहाड र हिमाल चारवटै क्षेत्रमा वार्षिक मूल्यवृद्धि दर सामान्य रहेको छ। समग्र सूचकाङ्क १०१.७० बाट बढ्दै १०४.४७ पुगेको छ। यो वृद्धिदर वार्षिक आधारमा २.७२ प्रतिशत र मासिक रूपमा ०.२८ प्रतिशत रहेको छ। काठमाडौं उपत्यकामा मूल्यवृद्धि तुलनात्मक रूपमा सन्तुलनमा देखिएको छ। यहाँको वार्षिक CPI वृद्धि दर २.७३ प्रतिशत रहेको छ। खाद्यान्न समूहमा मूल्यवृद्धि ०.७८ प्रतिशत मात्रै देखिए पनि सेवा तथा गैर-खाद्य क्षेत्रमा भने ३.४७ प्रतिशत वृद्धि भएको छ। निजी अस्पताल, विद्यालय, घरभाडा र सञ्चार सेवामा खर्च बढ्दै गएको अनुमान गर्न सकिन्छ।

      NEPSE TRADING·9 Jul, 2025·2 min read
    • मूल्यवृद्धि नियन्त्रणमै, उपभोक्ता मूल्य सूचकाङ्कमा सामान्य वृद्धि देखियो
      Investor

      मूल्यवृद्धि नियन्त्रणमै, उपभोक्ता मूल्य सूचकाङ्कमा सामान्य वृद्धि देखियो

      मूल्यवृद्धि नियन्त्रणमै, उपभोक्ता मूल्य सूचकाङ्कमा सामान्य वृद्धि देखियो काठमाडौं — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो उपभोक्ता मूल्य सूचकाङ्क (CPI) तथ्याङ्क अनुसार मुलुकमा हाल मूल्यवृद्धि नियन्त्रणमा देखिएको छ। आधार वर्ष २०८०/८१ लाई १०० मानेर तयार गरिएको सूचकाङ्क अनुसार उपभोक्तामुखी वस्तु तथा सेवाको मूल्यमा स्थायीत्व आएको देखिन्छ। २०८१ साल जेठ/असार महिनामा समग्र उपभोक्ता मूल्य सूचकाङ्क १०४.४७ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो सूचकाङ्क १०१.७० र २०७९/८० मा ९७.६३ थियो। यस आधारमा दुई वर्षको अवधिमा सूचकाङ्क ४.१७ प्रतिशतले वृद्धि भएको छ। यस्तै, पछिल्लो वर्ष मात्र २.७२ प्रतिशतको वृद्धि भएको हो। मासिक रूपमा हेर्दा वैशाख/जेठमा सूचकाङ्क १०४.१७ थियो, जुन जेठ/असारमा ०.२८ प्रतिशतले मात्र बढेको हो।

      NEPSE TRADING·9 Jul, 2025·2 min read
    • निजी क्षेत्रको कर्जा प्रवाहमा उल्लेखनीय सुधार, ११ महिनामा ४ खर्ब ७ अर्ब कर्जा वितरण
      Investor

      निजी क्षेत्रको कर्जा प्रवाहमा उल्लेखनीय सुधार, ११ महिनामा ४ खर्ब ७ अर्ब कर्जा वितरण

      निजी क्षेत्रको कर्जा प्रवाहमा उल्लेखनीय सुधार, ११ महिनामा ४ खर्ब ७ अर्ब कर्जा वितरण चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यतिर आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा उल्लेखनीय सुधार देखिएको छ। आर्थिक गतिविधिमा सुधार आएपछि बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा गत वर्षको तुलनामा दोब्बरभन्दा बढी पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको ११ महिनामा निजी क्षेत्रतर्फ कूल ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो कर्जा प्रवाह २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँमा सीमित थियो। यसरी हेर्दा चालु वर्षको कर्जा प्रवाह उल्लेखनीयरूपमा वृद्धि भएको छ। वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाह ८.७ प्रतिशतले बढेको छ। कर्जाको गन्तव्य अनुसार ६३ प्रतिशत कर्जा गैरवित्तीय संस्थागत क्षेत्र (जस्तै व्यवसाय, उद्योग) मा प्रवाहित भएको छ भने बाँकी ३७ प्रतिशत व्यक्तिगत तथा घरपरिवारतर्फ गएको छ। अघिल्लो वर्ष क्रमशः ६३.५ र ३६.५ प्रतिशतको हिस्सा थियो।

      NEPSE TRADING·9 Jul, 2025·1 min read
    • रसुवामा बाढीको वितण्डा : दुई सय मेगावाट विद्युत् उत्पादन बन्द, RHPL मा सबैभन्दा ठूलो क्षति
      Investor

      रसुवामा बाढीको वितण्डा : दुई सय मेगावाट विद्युत् उत्पादन बन्द, RHPL मा सबैभन्दा ठूलो क्षति

      रसुवामा बाढीको वितण्डा : दुई सय मेगावाट विद्युत् उत्पादन बन्द, RHPL मा सबैभन्दा ठूलो क्षति हालै आएको भीषण बाढीले रसुवा जिल्लाका प्रमुख जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्‍याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवा करिडोर अन्तर्गतका आयोजनाबाट उत्पादन हुँदै आएको करिब २ सय मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। बाढीले सबैभन्दा ठूलो क्षति १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना (RHPL) मा पुर्‍याएको छ। प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार आयोजनाको मुख्य बाँधको एउटा गेट बगाएको छ भने परियोजनामा रहेको पुल चर्किँदा सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। यद्यपि, पावरहाउसमा भने खासै क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। टेलरेस क्षेत्रमा ढुंगा-माटो जमेको देखिए तापनि संरचनागत क्षति भने नभएको बताइएको छ।

      NEPSE TRADING·8 Jul, 2025·1 min read
    • नेप्से परिसूचकमा ‘ड्रागनफ्लाई डोजी’, २०० डे मुभिङ एभरेजमा बलियो टेस्ट — लगानीकर्तामा सम्भावित रिभर्सलको संकेत
      Investor

      नेप्से परिसूचकमा ‘ड्रागनफ्लाई डोजी’, २०० डे मुभिङ एभरेजमा बलियो टेस्ट — लगानीकर्तामा सम्भावित रिभर्सलको संकेत

      नेप्से परिसूचकमा ‘ड्रागनफ्लाई डोजी’, २०० डे मुभिङ एभरेजमा बलियो टेस्ट — लगानीकर्तामा सम्भावित रिभर्सलको संकेत लगातार छ दिनसम्म उकालो लागेको नेप्से परिसूचक सोमबार र मंगलबार लगातार दुई दिन घटेको छ। सोमबार नेप्से २२.३५ अंकले घट्दा मंगलबार भने ०.१४ अंकको सामान्य गिरावटसहित २६८३.८६ विन्दुमा आइपुग्यो। बजारमा देखिएको यो करेक्सन छोटो अवधिमा मुनाफा सुरक्षित गर्न थालेका लगानीकर्ताको कदमको परिणामका रूपमा व्याख्या गरिएको छ। दुई दिनको करेक्सनसँगै बजार कारोबार रकममा समेत उल्लेख्य गिरावट देखिएको छ। सोमबार ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार घटेर ६ अर्ब ५७ करोड रुपैयाँमा सीमित रह्यो। मंगलबार ५६ हजार २७६ पटकको कारोबारमार्फत ३०४ वटा स्टकका १ करोड ५० लाख कित्ता शेयर किनबेच भए।

      NEPSE TRADING·8 Jul, 2025·2 min read
    • राष्ट्र बैंकको ११ महिनाको आर्थिक प्रतिवेदन: विदेशी सञ्चिति, रेमिट्यान्स, मुद्रास्फीति र कर्जामा सकारात्मक प्रगति
      Investor

      राष्ट्र बैंकको ११ महिनाको आर्थिक प्रतिवेदन: विदेशी सञ्चिति, रेमिट्यान्स, मुद्रास्फीति र कर्जामा सकारात्मक प्रगति

      राष्ट्र बैंकको ११ महिनाको आर्थिक प्रतिवेदन: विदेशी सञ्चिति, रेमिट्यान्स, मुद्रास्फीति र कर्जामा सकारात्मक प्रगति नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले विभिन्न सूचकांकहरूमा उल्लेखनीय सुधार देखाएको छ। यस अवधिमा विदेशी मुद्रा सञ्चिति, चालु खाता, शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, मुद्रास्फीति दर, बैंकिङ क्षेत्रमा निक्षेप र कर्जामा समेत सकारात्मक प्रगति भएको छ।

      NEPSE TRADING·8 Jul, 2025·3 min read
    • सिटिजन्स सदाबहार योजनाको इकाई खरिद अन्तिम म्याद असार २७
      Latest

      सिटिजन्स सदाबहार योजनाको इकाई खरिद अन्तिम म्याद असार २७

      सिटिजन्स सदाबहार योजनाको इकाई खरिद अन्तिम म्याद असार २७ सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको सिटिजन्स सदाबहार योजना मा इकाई खरिदको अन्तिम म्याद असार २७ गते शुक्रबार साँझ ५ बजेसम्म तोकिएको छ। सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो योजना असार १३ गतेदेखि बिक्री खुला गरिएको हो।

      Nepse trading·8 Jul, 2025·1 min read
    • हिम स्टार ऊर्जा कम्पनीको ३७ करोड ३० लाख रूपैयाँबराबरको IPO निस्कासन
      Stock

      हिम स्टार ऊर्जा कम्पनीको ३७ करोड ३० लाख रूपैयाँबराबरको IPO निस्कासन

      हिम स्टार ऊर्जा कम्पनीको आइपिओ असार २४ गतेदेखि सर्वसाधारणका लागि खुला हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपिओ बाँडफाँट गरेपछि अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ। कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता सेयरमध्ये ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो। कर्मचारीहरूका लागि १८ हजार ६५० र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सेयर सुरक्षित गरिएको छ।

      Nepse trading·8 Jul, 2025·1 min read
    • हिमालयन बैंकद्वारा असार ३२ देखि १ अर्ब ४५ करोडको एफपीओ निष्काशन हुने
      Top

      हिमालयन बैंकद्वारा असार ३२ देखि १ अर्ब ४५ करोडको एफपीओ निष्काशन हुने

      हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि एफपीओ निष्काशन गर्न लागेको छ । सर्वसाधारणको सेयर हिस्सेदारी ३० प्रतिशत पुर्याउन बैंकले प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्न लागेको हो । न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । निष्काशन साउन ४ गते बन्द हुन सक्नेछ, वा आवश्यकता अनुसार साउन १४ गतेसम्म लम्बिन सक्छ । बैंकलाई CARE NP BBB रेटिङ दिइएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ भने आवेदन C-ASBA र मेरो शेयरबाट दिन सकिन्छ ।

      NEPSE TRADING·8 Jul, 2025·1 min read
    • शाइन रेसुङ्गा बैंकले असार ३२ देखि ८% ब्याजदरमा १ अर्बको ऋणपत्र निष्काशन गर्ने
      Top

      शाइन रेसुङ्गा बैंकले असार ३२ देखि ८% ब्याजदरमा १ अर्बको ऋणपत्र निष्काशन गर्ने

      शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) ले असार ३२ गतेदेखि ८% वार्षिक ब्याजदरमा १० वर्षे ऋणपत्र निष्काशन गर्दैछ। कुल १ अर्ब रुपैयाँ बराबरका १० लाख कित्ता ऋणपत्रमध्ये ६०% निजी तवरबाट र ४०% सर्वसाधारणमा बिक्री हुनेछ। न्यूनतम २५ र अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन साउन ४ गते छिटो र साउन १४ गते ढिलोमा बन्द हुनेछ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल हो। ऋणपत्रको क्रेडिट रेटिङ इक्रा नेपालबाट BB+ रहेको छ।

      NEPSE TRADING·8 Jul, 2025·1 min read
    • नेप्से करेक्सनमा, प्रमुख ब्रोकरहरूबाट उच्च बिक्री, बजारमा मुनाफा सुरक्षित गर्ने लहर
      Investor

      नेप्से करेक्सनमा, प्रमुख ब्रोकरहरूबाट उच्च बिक्री, बजारमा मुनाफा सुरक्षित गर्ने लहर

      नेप्से करेक्सनमा, प्रमुख ब्रोकरहरूबाट उच्च बिक्री, बजारमा मुनाफा सुरक्षित गर्ने लहर काठमाडौं, असार २३ — लगातार ६ दिनसम्म उकालो लागेको नेपाली पूँजी बजारमा सोमबार करेक्सन आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, सोमबार नेप्से परिसूचक २२.३५ अंकले घट्दै २६८४.०१ विन्दुमा आएर बन्द भयो। यो गिरावटसँगै सूचक २७०० को मनोवैज्ञानिक सीमाभन्दा तल झरेको छ। पछिल्ला ६ दिनमा सूचक ११०.५९ अंकले बढेको थियो। सोमबारको गिरावटलाई विश्लेषकहरूले अल्पकालीन मुनाफा सुरक्षित गर्ने लगानीकर्ताको स्वाभाविक मनोवृत्तिको परिणाम मानेका छन्।

      NEPSE TRADING·7 Jul, 2025·2 min read
    • बैंक तथा वित्तीय संस्थाले अब ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ निष्कासन गर्न पाउने, पुँजी कोष सुदृढीकरणको बाटो खुला
      Investor

      बैंक तथा वित्तीय संस्थाले अब ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ निष्कासन गर्न पाउने, पुँजी कोष सुदृढीकरणको बाटो खुला

      बैंक तथा वित्तीय संस्थाले अब ‘अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ निष्कासन गर्न पाउने, पुँजी कोष सुदृढीकरणको बाटो खुला काठमाडौं, असार २३ – नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति (पर्पेच्युअल नन् क्युमुलेटिभ) अग्राधिकार शेयर निष्कासन गर्न बाटो खुलेको घोषणा गरेको छ । बोर्डले ‘धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका’ नवौं संशोधन गर्दै यस्तो शेयर निष्कासनको विधि स्पष्ट गरेपछि अब राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले सम्बन्धित आवेदन पेश गर्न सक्ने भएका छन् ।

      NEPSE TRADING·7 Jul, 2025·1 min read
    • सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित २.२४ लाख कित्ता हकप्रद सेयर आजदेखि लिलामीमा
      Investor

      सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित २.२४ लाख कित्ता हकप्रद सेयर आजदेखि लिलामीमा

      सन नेपाल लाइफ इन्स्योरेन्सको अवितरित २.२४ लाख कित्ता हकप्रद सेयर आजदेखि लिलामीमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि (असार २३) अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले यसअघि वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ को अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। यसमा वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाएका थिए। उक्त हकप्रद सेयर असार १२ गते बाँडफाँट गरिएको थियो। बाँडफाँटमा छुटेका कुल २ लाख २४ हजार ७२८ कित्ता सेयर अब लिलामीमा बिक्री गरिँदैछ।

      NEPSE TRADING·7 Jul, 2025·1 min read