
नेप्सेमा दोहोरो अंकको सुधार, तर लगानीकर्तामा अझै अन्योलताDouble-Digit Recovery in NEPSE, Yet Investor Uncertainty Persists
नेप्सेमा दोहोरो अंकको सुधार, तर लगानीकर्तामा अझै अन्योलता नेप्से १८.३० अंकले बढ्यो, कारोबार रकम पनि उकालो, तर बजारप्रति लगानीकर्ताको विश्वास झन् घट्दै नेपाली शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिए पनि लगानीकर्ताबीच अझै अन्योलता कायमै छ। खुद्रा लगानीकर्ताहरू लामो समयदेखि गिरावट र साइडवेज ट्रेन्ड खेपिरहेका छन्, जसका कारण बजारप्रति उनीहरूको आत्मविश्वास अझै फर्किएको छैन। आजको कारोबारमा नेप्से परिसूचक १८.३० अंकले वृद्धि भई २८५०.३७ विन्दुमा बन्द भएको छ। सुधारको संकेत देखिए पनि लगानीकर्ताको प्रतिक्रिया अझै सतर्क छ। बजारमा सुधार देखिए पनि संस्थागत तथा ठूला लगानीकर्ताले आक्रामक ढंगले प्रवेश नगरेको विश्लेषण भइरहेको छ। विश्लेषकहरूका अनुसार बजार ३ हजार विन्दु पुगेपछि फेरी २८ सयको स्तरमा झरेको हो। अहिले धेरै लगानीकर्ता साइडवेज ट्रेन्ड कायम रहने आँकलन गर्दै होल्डमै बसेका छन्। केही विश्लेषकले २७८०–२८०० लेबललाई बलियो समर्थन मानेका छन् र बजार त्यस तल नझर्ने विश्वास व्यक्त गरेका छन्। तर, सामाजिक सञ्जालमा खुद्रा लगानीकर्ताले भने बजारप्रति विश्वास गुम्दै गएको उल्लेख गरेका छन्। लगातारको ओरालो र साइडवेज ट्रेन्डले थकित बनाएका लगानीकर्ताहरू अब बजारमा पुनः विश्वास लिन समय लाग्ने तर्क गरिरहेका छन्। साथै, ब्रोकरहरूले दिँदै आएको उधारो कारोबार र त्यसको फोर्स रिकभरीले बजारमा पुनः दबाव बनाएको विश्लेषण गरिएको छ।Double-Digit Recovery in NEPSE, Yet Investor Uncertainty Persists NEPSE Rises by 18.30 Points; Turnover Also Up, But Market Sentiment Remains Weak A double-digit recovery was observed in the Nepal Stock Exchange (NEPSE) today, but uncertainty continues to loom over the market. Retail investors, who have been facing prolonged downturns and sideways trends, still lack confidence in the market. On the trading day, NEPSE index rose by 18.30 points and closed at 2,850.37. While this improvement provides a minor positive signal, investor reactions remain cautious. Even though the market is showing signs of improvement, institutional and large investors are yet to enter aggressively. According to analysts, after reaching the 3,000 level, the index retraced back to the 2,800 range. Many investors are now assessing that the market will continue in a sideways trend for a while and are therefore holding their positions. Some analysts are identifying the 2,780 to 2,800 level as strong support and believe that the market is unlikely to fall below it.


















