
बाफिया विधेयकमा हतार नगर्न सांसद कार्कीको सुझाव, गभर्नर र अर्थमन्त्रीसँग आवासीय छलफलको प्रस्ताव
बाफिया विधेयकमा हतार नगर्न सांसद कार्कीको सुझाव, गभर्नर र अर्थमन्त्रीसँग आवासीय छलफलको प्रस्ताव पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया)लाई हतारमा पारित गर्दा सकारात्मक परिणाम नआउने चेतावनी दिएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उनले गम्भीरतापूर्वक बाफिया विधेयकको पुनरावलोकन र अन्तर्राष्ट्रिय अभ्यासअनुसार संशोधन आवश्यक रहेको बताए। सांसद कार्कीले मुलुकको अर्थतन्त्र सुस्त गतिमा रहेकाले बाफियामा व्यापक सुधार गर्नुपर्ने धारणा राखे। उनले भने, “बाफिया विधेयकमा गहिरो छलफल गरेर, गभर्नर र अर्थमन्त्री समेत सहभागी हुने आवासीय कार्यक्रममार्फत संशोधन गरिनुपर्छ।” विशेषतः साना कृषक र स्टार्टअप व्यवसायलाई कसरी कर्जा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने उनले बताए।


















