
ग्लोबल आइएमई: समुन्नत योजना–२' असार २२ देखि निष्काशन हुँदै Global IME: ‘Samunnat Yojana–2’ to be Issued from Ashadh 22
ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई निष्काशन गर्न लागेको छ। यो बन्दमुखी योजना प्रारम्भमा १.२० अर्ब रुपैयाँको कोष आकारबाट सुरु हुनेछ भने उच्च माग भएमा २५% वृद्धि गरी १.५० अर्ब रुपैयाँसम्म विस्तार गर्न सकिनेछ। प्रति इकाई मूल्य १० रुपैयाँ रहेको यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १.२० करोड इकाईसम्म लगानी गर्न सकिनेछ।Global IME Capital Limited is set to issue units of its closed-end mutual fund scheme ‘Global IME Samunnat Yojana–2’ from Ashadh 22. The fund will start with an initial size of NPR 1.20 billion, with a provision to expand up to NPR 1.50 billion if demand exceeds expectations. Each unit is priced at NPR 10, with investors able to apply for a minimum of 100 units and a maximum of 12 million units.


















