
गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरूCabinet Meeting Begins at Baluwatar: Dr. Bishwa Paudel Likely to Be Appointed NRB Governor
प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक : डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने तयारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको छ। यसअघि दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। भेटवार्तापछि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको गभर्नर सिफारिस समिति बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा प्रा.डा. विश्व पौडेल पहिलो नम्बरमा छन् भने नीलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम पनि समावेश छ। बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको पहिलो नम्बरमा रहेका प्रा.डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गर्ने निर्णय गर्नेछ। गभर्नरको पद गत चैत २४ गतेदेखि रिक्त रहेको छ।Cabinet Meeting Begins at Baluwatar: Dr. Bishwa Paudel Likely to Be Appointed NRB Governor A Cabinet meeting commenced on Tuesday evening at the Prime Minister’s official residence in Baluwatar. Earlier in the day, a meeting took place between Nepali Congress President Sher Bahadur Deuba and Prime Minister KP Sharma Oli, who is also the Chairman of CPN (UML). Following the meeting, the Governor Recommendation Committee, chaired by Finance Minister Bishnu Paudel, convened and recommended three candidates for the position of Governor of Nepal Rastra Bank. Dr. Bishwa Paudel was placed first on the list, followed by Nilam Dhungana Timsina and Dinesh Bhattarai.


















