
ब्रोकरको छुट्टै टीएमएस : केहिको सुरु, केहिको आवेदन Brokers’ Independent TMS: Some Launched, Some in Application Phase
केहि शेयर बजारका ब्रोकरले आफ्नो छुट्टै टीएमएस सञ्चालनमा ल्याउन थालेका छन् । सेक्युर्ड सेक्युरिटिजले आफ्नो छुट्टै टीएमएस ल्याएर कारोबारसमेत सुरु गरिसकेको छ । अहिले नै पूर्णरुपमा भने सञ्चालनमा भने नल्याइएको बुझिएको छ । टीएमएसबाट मोबाइल एप नै प्रयोग गरेर सजिलो तरिकाले सेयर किनबेच गर्न सकिने गरी ब्रोकरहरुले तयारी गरेका छन् । नयाँ टीएमएस ब्रोकर हरुले मोबाइल एप, डेस्कटप र वेब गरी ३ वटा भर्सनमा त्याउने तयारी गरेका छन् । Some stock brokers have started launching their own independent Trading Management Systems (TMS). For instance, Secured Securities has already introduced its own TMS and begun trading operations. However, it appears that full functionality is not yet in place. Brokers are preparing to make trading in shares easier through mobile apps, allowing users to buy and sell shares conveniently. New TMS platforms from brokers are being developed in three versions: mobile app, desktop, and web.


















