NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 20 / 194Next
    • मध्यपूर्वी तनावबीच इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गर्यो
      Top

      1 min read

      मध्यपूर्वी तनावबीच इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गर्यो

      संयुक्त राज्य–इरान बीचको छोटो युद्धविरामपछि पुनः तनाव बढेपछि इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गरेको छ। लेबनानमा इजरायलको आक्रमणको विरोधमा तेल ट्यांकरहरू फर्किन बाध्य भएका छन्। १८७ तेल ट्यांकरसहित १,००० भन्दा बढी जहाज प्रतिक्षामा छन्। इरानले सुरक्षित नेभिगेसन मार्ग निर्देशिका जारी गरेको छ। बन्दले विश्वव्यापी तेल बजार र आपूर्ति शृङ्खलामा ठूलो असर पार्ने अनुमान छ।

      NEPSE TRADING

      ·

      9 Apr, 2026

    • नेपालको आर्थिक वृद्धि सुस्त हुँदै: मध्यपूर्व द्वन्द्व र इन्धन मूल्य वृद्धिले चुनौती
      Top

      1 min read

      नेपालको आर्थिक वृद्धि सुस्त हुँदै: मध्यपूर्व द्वन्द्व र इन्धन मूल्य वृद्धिले चुनौती

      काठमाडौँ। विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा आर्थिक वृद्धि आगामी वर्षहरूमा सुस्त हुने प्रक्षेपण गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा वृद्धिदर २.३ प्रतिशत पुग्ने अनुमान छ, जुन अघिल्लो वर्षको ४.६ प्रतिशतभन्दा कम हो। मध्यपूर्वको द्वन्द्व, स्ट्रेट अफ होर्मुजमा यातायात अवरोध, इन्धन मूल्यवृद्धि, सुस्त पर्यटन र आपूर्ति शृङ्खलामा समस्या मुख्य कारण रहेका छन्। सेवा क्षेत्र र पर्यटन सबैभन्दा बढी प्रभावित हुने देखिएको छ। उपभोक्ताको क्रयशक्ति कमजोर हुनु, उद्योग लागत बढ्नु र लगानी विश्वास घट्नु सम्भावित चुनौतीहरू हुन्। कृषि क्षेत्र समग्रमा स्थिर रहने अपेक्षा गरिएको छ। सकारात्मक पक्षमा राजनीतिक स्थिरता, सुधारमुखी नीतिहरू र विदेशी विनिमय सञ्चितिले लगानीमा विश्वास बढाउन सहयोग गर्नेछ। आगामी वर्षहरूमा जलविद्युत विकास, उपभोग वृद्धि र निर्वाचन खर्चले आर्थिक वृद्धिदर क्रमशः ४.४ प्रतिशतसम्म बढाउने अनुमान गरिएको छ। दक्षिण एसियाको समग्र वृद्धि पनि केही सुस्त हुने प्रक्षेपण छ, तर क्षेत्र अझै तीव्र गतिमा विकास भइरहने अपेक्षा गरिएको छ।

      NEPSE TRADING

      ·

      9 Apr, 2026

    • नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
      Top

      <1 min read

      नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

      चैत २६ गते नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार सुन प्रतितोला ४,३०० रुपैयाँले घटेर २ लाख ९४ हजार ७०० रुपैयाँमा पुगेको छ भने चाँदी पनि १५० रुपैयाँले घटेर प्रतितोला ४,८७५ रुपैयाँमा झरेको छ।

      NEPSE TRADING

      ·

      9 Apr, 2026

    • एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
      Top

      1 min read

      एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

      एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले ७ लाख ८० हजार २०० कित्ता शेयर सार्वजनिकमा बिक्री गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा चैत ३० गते र ढिलोमा बैशाख १० गतेसम्म खुला रहनेछ। कम्पनीको रेटिङ्ग मध्यम जोखिम स्तरको रहेको छ।

      NEPSE TRADING

      ·

      9 Apr, 2026

    • यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड को १०% हकप्रद शेयर निष्काशन आजदेखि खुला
      Top

      1 min read

      यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड को १०% हकप्रद शेयर निष्काशन आजदेखि खुला

      यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले चैत २६ गतेदेखि १० प्रतिशत हकप्रद शेयर निष्काशन खुला गरेको छ। कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको २३ लाख १० हजार कित्ता शेयर जारी गर्दैछ। फागुन १४ गतेसम्म कायम शेयरधनीहरूले वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन्। हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

      NEPSE TRADING

      ·

      9 Apr, 2026

    • नेप्से २,८०० विन्दु पार गर्दै बढ्यो, कारोबारमा वृद्धि
      Top

      1 min read

      नेप्से २,८०० विन्दु पार गर्दै बढ्यो, कारोबारमा वृद्धि

      नेप्से परिसूचक बुधबार २,८०२.५२ विन्दुमा बन्द भयो, जुन अघिल्लो दिनभन्दा ४५.१२ अंकले बढेको हो। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि बढेका छन्। ३४६ कम्पनीमा १ करोड ८८ लाख १६ हजार कित्ता शेयर, कुल ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सातवटा स्टक सकारात्मक सर्किटमा पुगेका छन् भने सान्भि इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर मूल्य महत्वपूर्ण रूपमा बढेको छ। एसवाई प्यानल नेपाल सबैभन्दा बढी कारोबारमा रहेको छ। सबै १३ उपसमूहको परिसूचक बढेको छ, उत्पादन तथा प्रशोधन उपसमूहको अग्रता छ।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • सरकारद्वारा सार्वजनिक यातायात भाडा वृद्धि, इन्धन मूल्य वृद्धिसँग समायोजन
      Top

      1 min read

      सरकारद्वारा सार्वजनिक यातायात भाडा वृद्धि, इन्धन मूल्य वृद्धिसँग समायोजन

      सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यात्रुबाहक सवारीमा १६.७१%, पहाडी मालबाहकमा २१.६८% र तराइ मालबाहकमा १५.७५% भाडा बढाइएको छ। भाडा वृद्धि इन्धन मूल्य वृद्धिसँग सम्बन्धित व्यवसायीको मागअनुसार गरिएको हो।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • सीईओ पक्राउपछि सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फूँयाल नियुक्त
      Top

      <1 min read

      सीईओ पक्राउपछि सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फूँयाल नियुक्त

      CEO राजकुमार अर्याललाई कर्मचारी शेयर वितरणमा अनियमितताको आरोपमा पक्राउ परेपछि, सन नेपाल लाइफ इन्स्योरेन्सले कवि फूँयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। उनी हाल वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी: सम्पत्ति शुद्धीकरण मुद्दामा सिआइबीको कडा एक्सन
      Investor

      1 min read

      पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी: सम्पत्ति शुद्धीकरण मुद्दामा सिआइबीको कडा एक्सन

      पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी: सम्पत्ति शुद्धीकरण मुद्दामा सिआइबीको कडा एक्सन नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ जिल्ला अदालतले उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ अनुमति दिएको हो।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • नेपाल राष्ट्र बैंकले बैंकहरूबाट २५ अर्ब रूपैयाँ तरलता व्यवस्थापनका लागि तान्दै
      Top

      1 min read

      नेपाल राष्ट्र बैंकले बैंकहरूबाट २५ अर्ब रूपैयाँ तरलता व्यवस्थापनका लागि तान्दै

      नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट २५ अर्ब रूपैयाँ ५६ दिनको अवधिका लागि बोलकबोलमार्फत तान्ने भएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले ब्याजदर प्रस्ताव गर्न सक्नेछन्, सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइनेछ। हाल बैंकहरूमा अधिक तरलता छ, र यो उपाय त्यसलाई व्यवस्थापन गर्न सहायक हुनेछ। राखिएका निक्षेप अन्य बैंक वा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ। मूलधन र ब्याज जेठ २० मा फिर्ता गरिनेछ।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • कालिन्चोक हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      1 min read

      कालिन्चोक हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा खुला गरेको हो। यसअघि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँट गरिसकिएको छ। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने यस आईपीओमा केयर रेटिङ्ग नेपालले ‘डबल बी’ रेटिङ्ग दिएको छ, जसले औसत जोखिम देखाउँछ। आवेदन Mero Share वा बैंकमार्फत दिन सकिनेछ।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • अमेरिका–इरान युद्धविरामपछि तेल मूल्यमा गिरावट, विश्व बजारमा उत्साह
      Top

      1 min read

      अमेरिका–इरान युद्धविरामपछि तेल मूल्यमा गिरावट, विश्व बजारमा उत्साह

      अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुज खोल्ने सर्तमा भएको अस्थायी युद्धविरामपछि विश्वभर तेलको मूल्य घटेको र शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। ब्रेन्ट र अमेरिकन क्रुडको मूल्य उल्लेखनीय रूपमा घटे पनि द्वन्द्वअघिको स्तरभन्दा अझै माथि छन्। यसअघि तनावका कारण ऊर्जा आपूर्ति प्रभावित भई विशेषगरी एशियाली देशहरूमा असर परेको थियो। हालको सहज अवस्थाले लगानीकर्ताको विश्वास बढाएको छ भने फिलिपिन्सजस्ता देशहरू अझै उच्च इन्धन मूल्यको प्रभाव झेलिरहेका छन्।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • नेप्सेद्वारा नयाँ कारोबार तालिका सार्वजनिक, अब सोमबारदेखि शुक्रबारसम्म मात्र शेयर कारोबार
      Top

      1 min read

      नेप्सेद्वारा नयाँ कारोबार तालिका सार्वजनिक, अब सोमबारदेखि शुक्रबारसम्म मात्र शेयर कारोबार

      नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले नयाँ कारोबार कार्यतालिका सार्वजनिक गरेको छ। मन्त्रिपरिषद् को निर्णयअनुसार अब सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा हुनेछ। सोही अनुसार शेयर बजार अब सोमबारदेखि शुक्रबारसम्म मात्र सञ्चालन हुने छ भने आइतबार कारोबार बन्द रहनेछ।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन उकालो
      Top

      <1 min read

      नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन उकालो

      चैत २५ गते बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुन प्रतितोला ७,२०० रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने चाँदी २०४ रुपैयाँले बढेर ५,०२५ रुपैयाँमा पुगेको छ।

      NEPSE TRADING

      ·

      8 Apr, 2026

    • महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सूचना
      Investor

      1 min read

      महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सूचना

      महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सूचना महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरूले आफ्‍नो नाममा रहेको ८४,५३७ कित्ता संस्थापक शेयर बिक्री गर्नका लागि निवेदन दिएका छन्। यो बिक्री प्रक्रिया नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम रित पुऱ्याई अघि बढाइएको हो। सूचना प्रकाशित गरिएको मितिले ३५ दिन भित्र इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजातहरू सहित केन्द्रीय कार्यालय साँगा, काभ्रेपलाञ्चोक वा शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाण्डौंमा निवेदन दिन सक्नेछन्।

      NEPSE TRADING

      ·

      7 Apr, 2026

    • सपोर्ट लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सम्बन्धी सूचना
      Investor

      1 min read

      सपोर्ट लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सम्बन्धी सूचना

      सपोर्ट लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री सम्बन्धी सूचना सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले आफ्‍नो नाममा रहेको १,७४९ कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिनु भएको छ। यस बिक्रीको प्रक्रिया नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकिकृत निर्देशन, २०८२ को निर्देशन नं. १०/०८२, १२ (ख) बमोजिम हो।

      NEPSE TRADING

      ·

      7 Apr, 2026

    • नेपालको अर्थतन्त्र ४.०५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक प्रक्षेपण
      Investor

      2 min read

      नेपालको अर्थतन्त्र ४.०५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक प्रक्षेपण

      नेपालको अर्थतन्त्र ४.०५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको लागि नेपालको अर्थतन्त्र ४.०५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक प्रक्षेपण सार्वजनिक गरेको छ। यद्यपि आधारभूत मूल्यमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ४ प्रतिशत नाघ्ने अनुमान गरिए पनि उत्पादनमूलक क्षेत्र कमजोर रहँदा समग्र वृद्धि अझै मध्यम स्तरमै सीमित रहेको छ।

      NEPSE TRADING

      ·

      7 Apr, 2026

    • चालु आवको फागुनसम्म २० वाणिज्य बैंकको कुल नाफा ४३ अर्ब ८८ करोड
      Investor

      2 min read

      चालु आवको फागुनसम्म २० वाणिज्य बैंकको कुल नाफा ४३ अर्ब ८८ करोड

      चालु आवको फागुनसम्म २० वाणिज्य बैंकको कुल नाफा ४३ अर्ब ८८ करोड चालु आवको फागुन महिनासम्म २० वटा वाणिज्य बैंकले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतको सामान्य वृद्धि हो। अघिल्लो वर्षको फागुन महिनासम्म बैंकहरूले ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए। यस तथ्यांकले चालु आवमा बैंकिङ क्षेत्रले उल्लेखनीय सुधार गर्न नसकेको देखाउँछ।

      NEPSE TRADING

      ·

      7 Apr, 2026

    • नेपालको शेयर बजारमा 'आफ्टर मार्केट अर्डर' लागू हुने
      Investor

      1 min read

      नेपालको शेयर बजारमा 'आफ्टर मार्केट अर्डर' लागू हुने

      नेपालको शेयर बजारमा 'आफ्टर मार्केट अर्डर' लागू हुने नेपालको शेयर बजारलाई आधुनिक र लगानीमैत्री बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले 'आफ्टर मार्केट अर्डर' (AMO) कार्यान्वयन गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पठाएको 'धितोपत्र कारोबार संचालन विनियमावली' संशोधनको प्रस्तावलाई सेबोनको सोमबारको बैठकले स्वीकृत गरेको हो।

      NEPSE TRADING

      ·

      7 Apr, 2026

    • कालंगा हाइड्रो लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन
      Investor

      1 min read

      कालंगा हाइड्रो लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन

      कालंगा हाइड्रो लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज, चैत २४ गते, अन्तिम दिन रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँको पूँजी मध्ये ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमा १४ लाख कित्ता साधारण शेयर आयोजनाका प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो, जसको मूल्य १०० रुपैयाँ प्रतिकित्ता रहेको छ।

      NEPSE TRADING

      ·

      7 Apr, 2026