NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 30 / 194Next
    • बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढ्दै, जोखिम बढ्ने चिन्ता
      Top

      1 min read

      बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढ्दै, जोखिम बढ्ने चिन्ता

      काठमाडौं । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा गैर–बैंकिङ सम्पत्ति (एनबीए) तथा कर्जा अपलेखन बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल गैर–बैंकिङ सम्पत्ति ५१ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन चालु आवको सात महिनामा करिब ६५ करोडले बढेको हो। यसै अवधिमा कर्जा अपलेखन पनि बढेर कुल ९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अर्थतन्त्र सुस्त हुँदा ऋणीहरूले कर्जा तिर्न नसक्ने अवस्था बढेपछि बैंकहरूले धितो सकार गर्ने तथा कर्जा अपलेखन गर्ने प्रक्रिया तीव्र बनाएका छन्। गैर–बैंकिङ सम्पत्ति बढ्दा बैंकहरूको नाफा र लाभांशमा समेत प्रभाव पर्ने देखिएको छ। समस्या समाधानका लागि सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) स्थापना गर्ने तयारी अघि बढाएको छ।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • युद्धको प्रभाव कम गर्न अमेरिकाले ट्रान्जिटमा रहेको रुसी तेल खरिद गर्न अस्थायी अनुमति
      Top

      1 min read

      युद्धको प्रभाव कम गर्न अमेरिकाले ट्रान्जिटमा रहेको रुसी तेल खरिद गर्न अस्थायी अनुमति

      मध्यपूर्वमा बढ्दो तनाव र इरानसँगको युद्धका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढेपछि अमेरिकाले समुद्रमा रहेका जहाजहरूमा लोड गरिएको प्रतिबन्धित रुसी तेल अन्य देशहरूले खरिद गर्न अस्थायी अनुमति दिएको छ। यो व्यवस्था अप्रिल ११ सम्म लागू हुनेछ र विश्व ऊर्जा आपूर्तिमा स्थिरता कायम गर्ने उद्देश्यले ल्याइएको हो। खाडी क्षेत्रमा जहाजमाथि आक्रमण र ‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध हुने चेतावनीपछि तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। ऊर्जा संकट कम गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले ४० करोड ब्यारेल तेल बजारमा पठाउने घोषणा गरेको छ भने केही एसियाली देशहरूले इन्धन बचत र मूल्य नियन्त्रणका उपायहरू अपनाएका छन्।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • सानिमा माई हाइड्रोपावरले लाभांश वितरण नगर्ने निर्णय, चैत २९ मा साधारण सभा
      Top

      <1 min read

      सानिमा माई हाइड्रोपावरले लाभांश वितरण नगर्ने निर्णय, चैत २९ मा साधारण सभा

      सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो। साथै कम्पनीले चैत २९ गते साधारण सभा बोलाएको छ भने सभा प्रयोजनका लागि चैत १२ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार चैत ११ गतेसम्म कायम सेयरधनी मात्र सभामा सहभागी हुन सक्नेछन्।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • राष्ट्र बैंकद्वारा सात महिनामा ३१५ खर्बभन्दा बढी तरलता प्रशोचन
      Top

      1 min read

      राष्ट्र बैंकद्वारा सात महिनामा ३१५ खर्बभन्दा बढी तरलता प्रशोचन

      काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका उपकरणमार्फत ठूलो परिमाणमा तरलता प्रशोचन गरेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल ३१५ खर्ब ८६ अर्ब ८५ करोड रुपैयाँ बराबरको खुद तरलता बैंकिङ प्रणालीबाट प्रशोचन गरिएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढी हो। यस अवधिमा विदेशी विनिमय बजारबाट ३ अर्ब ९६ करोड अमेरिकी डलर खरिद गरी ५ खर्ब ६४ अर्ब रुपैयाँभन्दा बढी तरलता प्रवाह गरिएको छ भने अन्तरबैंक कारोबारमा भने गिरावट देखिएको छ। राष्ट्र बैंकका तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाबीच भएको अन्तरबैंक कारोबार अघिल्लो वर्षको तुलनामा घटेको छ।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • नयाँ प्रणाली जडानका कारण राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुने
      Top

      1 min read

      नयाँ प्रणाली जडानका कारण राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुने

      काठमाडौं । राहदानी विभागले पुरानो प्रणाली हटाएर नयाँ प्रणाली जडान गर्ने तयारी गरेको छ। यस क्रममा अन्तरिम अवधिमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म र विभागबाट प्रदान गरिने सेवा करिब एक सातासम्म प्रभावित हुन सक्ने जनाएको छ। नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने भएकाले राहदानी आवेदन र जारी प्रक्रियामा ढिलाइ हुन सक्ने विभागले जनाएको छ।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा २,८०० रुपैयाँले सस्तो
      Top

      1 min read

      सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा २,८०० रुपैयाँले सस्तो

      फागुन २९ गते शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदी पनि प्रतितोला २० रुपैयाँले घटेर ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • सोपान फर्मास्यूटिकल्सले चैत ९ देखि आईपीओ निष्काशन गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला
      Top

      1 min read

      सोपान फर्मास्यूटिकल्सले चैत ९ देखि आईपीओ निष्काशन गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला

      सोपान फर्मास्यूटिकल्स लिमिटेडले चैत ९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता शेयरमध्ये ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ। साथै ५ प्रतिशत सामूहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • क्लाउड एआईमा नयाँ फिचर: अब चार्ट र डायग्राममार्फत जटिल विषय बुझाउन सक्ने
      Investor

      1 min read

      क्लाउड एआईमा नयाँ फिचर: अब चार्ट र डायग्राममार्फत जटिल विषय बुझाउन सक्ने

      क्लाउड एआईमा नयाँ फिचर: अब चार्ट र डायग्राममार्फत जटिल विषय बुझाउन सक्ने कृत्रिम बुद्धिमत्ता कम्पनी एन्थ्रोपिकले आफ्नो एआई च्याटबोट क्लाउड (Claude) मा नयाँ फिचर थपेको छ, जसले अब प्रयोगकर्तालाई चार्ट र डायग्राम प्रयोग गरेर जटिल अवधारणाहरू सजिलै बुझाउन सक्ने बनाएको छ। कम्पनीले यो सुविधा हाल परीक्षण अर्थात् बीटा संस्करणका रूपमा सार्वजनिक गरेको जनाएको छ। नयाँ अपडेटसँगै क्लाउडले अब केवल टेक्स्टमा आधारित उत्तर मात्र नदिई आवश्यक परेमा भिजुअल सामग्री पनि देखाएर जानकारी दिन सक्नेछ। प्रयोगकर्ताले सिधै चार्ट वा चित्र बनाउन अनुरोध गर्न सक्छन्, वा क्लाउडले कुनै विषय स्पष्ट पार्न दृश्य सामग्री उपयोगी ठानेमा आफैं पनि चार्ट वा डायग्राम तयार पारेर देखाउन सक्छ।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • ग्लोबल आइएमई बैंकद्वारा गैरआवासीय तथा विदेशस्थित नेपालीका लागि विशेष बैंकिङ्ग विभाग स्थापना
      Investor

      1 min read

      ग्लोबल आइएमई बैंकद्वारा गैरआवासीय तथा विदेशस्थित नेपालीका लागि विशेष बैंकिङ्ग विभाग स्थापना

      ग्लोबल आइएमई बैंकद्वारा गैरआवासीय तथा विदेशस्थित नेपालीका लागि विशेष बैंकिङ्ग विभाग स्थापना ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास तथा रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै नेपालकै पहिलो ‘नन–रेजिडेन्ट एन्ड ओभरसिज बैंकिङ्ग डिभिजन (NROBD)’ स्थापना गरेको छ। उक्त विभागको उद्घाटन बिहीबार काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन्।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच आर्थिक सुधार र व्यवसायिक वातावरणबारे छलफल
      Investor

      1 min read

      अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच आर्थिक सुधार र व्यवसायिक वातावरणबारे छलफल

      अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच आर्थिक सुधार र व्यवसायिक वातावरणबारे छलफल अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रमुख व्यवसायिक संघ–संस्थाका प्रतिनिधिसँग समसामयिक आर्थिक विषयमा छलफल गरेका छन्। बिहीबार भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारी सहभागी थिए। छलफलका क्रममा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन, राजस्व वृद्धि गर्न आवश्यक नीतिगत संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता विषय उठाइएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले बताए। निजी क्षेत्रले भ्याट प्रणालीलाई बहुदरमा लैजानुपर्ने, कच्चा पदार्थ र तयारी वस्तुको आयात करबीच अन्तर राख्नुपर्ने, उत्पादन तथा निर्यात प्रवर्द्धन गर्नुपर्ने र अन्तःशुल्क दर घटाउनुपर्ने माग पनि राखेको थियो।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • महासंघको साधारणसभा मिति तय गर्न ५ चैतमा कार्यकारिणी बैठक
      Investor

      1 min read

      महासंघको साधारणसभा मिति तय गर्न ५ चैतमा कार्यकारिणी बैठक

      महासंघको साधारणसभा मिति तय गर्न ५ चैतमा कार्यकारिणी बैठक निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले केन्द्रीय तथा प्रदेश महासंघको साधारणसभाको मिति तय गर्न ५ चैतमा कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको महासंघका पदाधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार सो बैठकबाट प्रदेश महासंघ र केन्द्रीय महासंघको साधारणसभाको मिति तय गरिनेछ।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सरकारको अनुमति
      Investor

      1 min read

      पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सरकारको अनुमति

      पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सरकारको अनुमति सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न अनुमति दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ नेपाल राजपत्रमा प्रकाशित गर्दै उक्त व्यवस्था लागू गरेको हो। सरकारको यो निर्णयलाई स्वदेशी स्रोतको प्रयोग बढाउने तथा पेट्रोलियम पदार्थको आयात घटाउने प्रयासका रूपमा हेरिएको छ।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • डब्ल्युटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन
      Investor

      1 min read

      डब्ल्युटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

      डब्ल्युटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) अन्तर्गतको व्यापार तथा वातावरण समितिको अध्यक्षमा चयन भएको छ। संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार फागुन २७ गते बसेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा समितिको अध्यक्ष चयन गरेको हो। डब्ल्युटीओअन्तर्गतको यो समिति सदस्य राष्ट्रहरूबीच व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव तथा वातावरणीय नीतिले अन्तरराष्ट्रिय व्यापारमा पार्ने प्रभाव सम्बन्धी विषयमा छलफल तथा समन्वय गर्ने महत्वपूर्ण मञ्च हो। यस समितिले विशेषगरी जलवायु परिवर्तन, दिगो विकास र वातावरणमैत्री व्यापार नीतिसम्बन्धी विषयमा सदस्य राष्ट्रहरूबीच सहकार्य बढाउने काम गर्दै आएको छ।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • सेबोन कर्मचारी युनियनको आन्दोलन पुनः सुरु, दैनिक धर्ना र पेन डाउन कार्यक्रम गर्ने निर्णय
      Investor

      1 min read

      सेबोन कर्मचारी युनियनको आन्दोलन पुनः सुरु, दैनिक धर्ना र पेन डाउन कार्यक्रम गर्ने निर्णय

      सेबोन कर्मचारी युनियनको आन्दोलन पुनः सुरु, दैनिक धर्ना र पेन डाउन कार्यक्रम गर्ने निर्णय काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारी युनियनले आफ्ना मागहरू पूरा नभएको भन्दै आन्दोलनलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ। युनियनले आज एक विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले कर्मचारीका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै आगामी दिनमा आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको हो।

      NEPSE TRADING

      ·

      13 Mar, 2026

    • साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढ्यो
      Top

      1 min read

      साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढ्यो

      बिहीबार नेप्से परिसूचक २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.०१ अंक र फ्लोट इण्डेक्स १.९२ अंक बढेको छ। कारोबार रकम १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँ पुगेको छ, जसमा ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ। नेशनल हाइड्रोपावर कम्पनी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेटष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले उच्च कारोबार रकम मापेका छन्। १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ, जसमा बैंकिङ्ग उपसमूहले २.०२ प्रतिशतको वृद्धि देखाएको छ।

      NEPSE TRADING

      ·

      12 Mar, 2026

    • इरानको ड्रोन र क्षेप्यास्त्र आक्रमणले खाडी क्षेत्रको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै तेलको मूल्य १०० डलर माथि
      Top

      2 min read

      इरानको ड्रोन र क्षेप्यास्त्र आक्रमणले खाडी क्षेत्रको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै तेलको मूल्य १०० डलर माथि

      इरानको मिसाइल र ड्रोन आक्रमणले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित गर्दै मध्यपूर्वमा तनाव थप बढाएको छ, जसले कच्चा तेलको मूल्यलाई १०० डलर प्रति बैरल नाघ्न पुर्याएको छ। बिहीबार बिहान दुई तेल ट्याङ्करमा आक्रमणपछि इरानले युद्ध लामो समयसम्म चल्न सक्ने र विश्व अर्थतन्त्रलाई गम्भीर असर पुर्याउन सक्ने चेतावनी दिएको छ। यो युद्ध इरानले खाडीका छिमेकी देशहरू र इजरायलमाथि आक्रमण गरेर थप फैलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान पराजयको दिशामा रहेको बताएका छन्, तर युद्ध छिटो समाप्त नहुने चेतावनी दिएका छन्। इजरायली हवाई आक्रमणले लेबनानमा ६३० भन्दा बढी व्यक्तिको मृत्यु र ठूलो विस्थापन सिर्जना गरेको छ। खाडी क्षेत्रमा सुरक्षा स्थिति झनै बिग्रिएको छ र होर्मुज जलडमरूमध्य जस्ता महत्त्वपूर्ण समुद्री मार्गहरू जोखिममा छन्। वैश्विक तेल आपूर्ति पनि धम्कीमा रहेको छ। यो युद्धले मानवीय असर तीव्र पारेको छ, लेबनानमा व्यापक विनाश र प्रभावित क्षेत्रमा बढ्दो डरको स्थिति बनाएको छ। युद्धको आर्थिक असर गम्भीर छ, र अमेरिकाले हालसम्म ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च गरेको छ।

      NEPSE TRADING

      ·

      12 Mar, 2026

    • रघुगंगा, म्याग्दीमा माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
      Top

      2 min read

      रघुगंगा, म्याग्दीमा माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न

      रघुगंगा गाउँपालिका-७, म्याग्दीमा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। ठूलोखोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको यो आयोजना भौतिक संरचना, विद्युतगृह उपकरण जडान र प्रसारणलाइन निर्माण सम्पन्न गरेको छ। विसं २०७८ मा निर्माण सुरु गरिएको यो आयोजना ‘रन अफ द रिभर’ प्रकारको हो, जसले १३२ केभी प्रसारणलाइनमार्फत केन्द्रीय विद्युत प्रणालीसँग जोडिएको छ। आयोजनाको लागत तीन अर्ब रुपैयाँ रहेको छ, जसमा सिटिजन्स र माछापुच्छ्रे बैंकहरूले लगानी गरेका छन्। राहुघाट क्षेत्रमा विभिन्न जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा छ।

      NEPSE TRADING

      ·

      12 Mar, 2026

    • सुन र चाँदीको मूल्य घट्यो
      Top

      <1 min read

      सुन र चाँदीको मूल्य घट्यो

      फागुन २८ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ घटेर ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य २०५ रुपैयाँ घटेर ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ।

      NEPSE TRADING

      ·

      12 Mar, 2026

    • नेपालमा कर्जा र निक्षेपको वृद्धि
      Top

      1 min read

      नेपालमा कर्जा र निक्षेपको वृद्धि

      काठमाडौँ । माघ मसान्तसम्म बैंक र वित्तीय संस्थाहरूले निजी क्षेत्रमा ४ प्रतिशतले कर्जा वृद्धि गरेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ। यद्यपि, यो वृद्धि अघिल्लो वर्षको तुलनामा कम भएको छ। यसले अर्थतन्त्रमा लगानी र उत्पादनको माग कमजोर रहेको संकेत गर्दछ। अर्कोतर्फ, कुल निक्षेप ६ प्रतिशतले बढेर ७६ खर्ब ९७ अर्ब ५९ करोड पुगेको छ। वार्षिक आधारमा निक्षेप १४.९ प्रतिशतले बढेको छ, जसले बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको देखाउँछ। तर, कर्जा विस्तारमा रूपान्तरण गर्न सकिएको छैन।

      NEPSE TRADING

      ·

      12 Mar, 2026

    • याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन
      Top

      1 min read

      याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन

      याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीले ७० करोड रुपैयाँको पूँजीको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर जारी गर्नेछ। यस मध्ये ७ लाख कित्ता स्थानीय बासिन्दा र २ लाख १० हजार कित्ता विदेशमा काम गरिरहेका नेपालीहरूको लागि छुट्याइने छन्। आईपीओको न्यूनतम आवेदन १० कित्ता राखिएको छ र स्थानीय बासिन्दा अधिकतम ७ हजार, विदेशमा रहेका नेपालीहरू २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। केयर रेटिङ्ग नेपालले कम्पनीलाई मध्यम जोखिम भएको रेटिङ्ग प्रदान गरेको छ।

      NEPSE TRADING

      ·

      12 Mar, 2026