NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 29 / 194Next
    • पोखरामा एक दिने निःशुल्क शेयर बजार तालिम, चैत्र ७ मा आयोजना
      Investor

      1 min read

      पोखरामा एक दिने निःशुल्क शेयर बजार तालिम, चैत्र ७ मा आयोजना

      पोखरामा एक दिने निःशुल्क शेयर बजार तालिम, चैत्र ७ मा आयोजना पोखरा । ग्लोबल मनी विकको अवसर पारेर पोखरामा एक दिने निःशुल्क शेयर बजार तालिम आयोजना हुने भएको छ। इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ को आयोजनामा उक्त तालिम आगामी चैत्र ७ गते पोखरामा सञ्चालन गरिने भएको हो। कार्यक्रम अन्तर्गत शेयर बजार सम्बन्धी आधारभूत तथा प्राविधिक पक्षबारे सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा नियामक निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहने बताइएको छ, जसले शेयर बजारको नियमन तथा लगानी सम्बन्धी विषयमा जानकारी दिनेछन्। तालिम कार्यक्रममा प्राविधिक विश्लेषक सन्दीप कुमार चौधरी तथा बजारका अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेल को विशेष सत्र रहनेछ। उनीहरूले शेयर बजारको वर्तमान अवस्था, लगानी रणनीति तथा बजार विश्लेषणबारे आफ्ना अनुभव र सुझाव प्रस्तुत गर्नेछन्।

      NEPSE TRADING

      ·

      16 Mar, 2026

    • चैत्र २ देखि ५ गतेसम्म निःशुल्क अनलाइन शेयर बजार कक्षा सञ्चालन
      Investor

      1 min read

      चैत्र २ देखि ५ गतेसम्म निःशुल्क अनलाइन शेयर बजार कक्षा सञ्चालन

      चैत्र २ देखि ५ गतेसम्म निःशुल्क अनलाइन शेयर बजार कक्षा सञ्चालन काठमाडौं । ग्लोबल मनी विक २०२६ को अवसर पारेर निःशुल्क अनलाइन शेयर बजार कक्षा सञ्चालन हुने भएको छ। सनी सेक्युरीटिज ब्रोकर नं. ४२ को सपोर्टमा आयोजित उक्त कार्यक्रम आजदेखि अर्थात् चैत्र २ गतेदेखि सुरु भई चैत्र ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

      NEPSE TRADING

      ·

      16 Mar, 2026

    • माघसम्म वाणिज्य र विकास बैंकको नाफा ५१ अर्ब नजिक, नबिल अग्रस्थानमा
      Investor

      2 min read

      माघसम्म वाणिज्य र विकास बैंकको नाफा ५१ अर्ब नजिक, नबिल अग्रस्थानमा

      माघसम्म वाणिज्य र विकास बैंकको नाफा ५१ अर्ब नजिक, नबिल अग्रस्थानमा काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्म (माघ मसान्त) वाणिज्य बैंक र विकास बैंकहरूको वित्तीय अवस्थाबारे सार्वजनिक गरेको विवरणअनुसार बैंकिङ क्षेत्रको समग्र नाफा उल्लेखनीय देखिएको छ। यद्यपि बैंकबीच नाफामा ठूलो अन्तर देखिएको छ भने केही विकास बैंकहरू घाटामा पनि गएका छन्।

      NEPSE TRADING

      ·

      16 Mar, 2026

    • ‘गरिमा सुवर्ण योजना’को आवेदन म्याद चैत १२ सम्म थपियो
      Investor

      1 min read

      ‘गरिमा सुवर्ण योजना’को आवेदन म्याद चैत १२ सम्म थपियो

      ‘गरिमा सुवर्ण योजना’को आवेदन म्याद चैत १२ सम्म थपियो काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले “गरिमा सुवर्ण योजना” नामक म्युचुअल फन्ड योजनामा आवेदन दिने म्याद चैत १२ गतेसम्म थप गरेको छ। उक्त योजना फागुन २८ गतेदेखि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि खुला गरिएको थियो र सुरुमा चैत २ गतेसम्म मात्र आवेदन दिने समय तोकिएको थियो। तर पर्याप्त आवेदन नपरेकाले आवेदन म्याद बढाइएको कम्पनीले जनाएको छ। यो योजनाअन्तर्गत कुल १० करोड इकाइ युनिट सेयरमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ आरक्षित गरिएको छ। जसमा योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडका लागि ६० लाख इकाइ (६ प्रतिशत) र फन्ड प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेडका लागि ९० लाख इकाइ (९ प्रतिशत) छुट्याइएको छ।

      NEPSE TRADING

      ·

      16 Mar, 2026

    • दराज नेपालको ‘द रियल सेल’ चैत १ देखि, ६० प्रतिशतसम्म छुट र विशेष अफर
      Investor

      1 min read

      दराज नेपालको ‘द रियल सेल’ चैत १ देखि, ६० प्रतिशतसम्म छुट र विशेष अफर

      दराज नेपालको ‘द रियल सेल’ चैत १ देखि, ६० प्रतिशतसम्म छुट र विशेष अफर काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले ‘द रियल सेल’ नामक विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार उक्त सेल चैत १ गते बेलुका ८ बजेदेखि सुरु भई चैत ६ गतेसम्म सञ्चालन हुनेछ। अभियान अवधिभर ग्राहकहरूले विभिन्न उत्पादनहरूमा अधिकतम ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने दराजले जनाएको छ। साथै, छनोट गरिएका वस्तुहरूमा निःशुल्क डेलिभरीको सुविधा उपलब्ध गराइनेछ भने कुल ६३ लाख रुपैयाँ बराबरका भौचर पनि ग्राहकहरूलाई प्रदान गरिने कम्पनीले जनाएको छ। दराजका अनुसार यस सेलमा विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डहरूसँग साझेदारीमा विशेष अफरहरू पनि उपलब्ध गराइनेछ। प्लाटिनम पार्टनरका रूपमा चर्च एन्ड ड्वाइट र रोहटोका उत्पादनहरूमा ४४ प्रतिशतसम्म छुट दिइनेछ भने गोल्ड पार्टनर ब्रान्डहाउसका सामानहरूमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यसैगरी, सिल्वर पार्टनर नाइकका उत्पादनहरूमा ५० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ।

      NEPSE TRADING

      ·

      16 Mar, 2026

    • मन्त्रिपरिषद्को निर्णय: २ करोड ४२ लाख डलर अनुदान स्वीकार, युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारमा दूतावास परिचालन
      Investor

      1 min read

      मन्त्रिपरिषद्को निर्णय: २ करोड ४२ लाख डलर अनुदान स्वीकार, युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारमा दूतावास परिचालन

      मन्त्रिपरिषद्को निर्णय: २ करोड ४२ लाख डलर अनुदान स्वीकार, युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारमा दूतावास परिचालन काठमाडौं । सरकारले २ करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। सरकारका अनुसार हरित जलवायु कोष (Green Climate Fund) बाट संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) मार्फत प्राप्त हुने उक्त अनुदान नेपालका हिम नदी बेसिन क्षेत्रमा सञ्चालन हुने परियोजनाका लागि प्रयोग गरिनेछ। उक्त परियोजनामार्फत हिमताल विस्फोटनजन्य बाढी (GLOF) तथा बाढीबाट उत्पन्न जोखिम न्यूनीकरण गर्दै स्थानीय जनताको जीविकोपार्जन र सम्पत्तिको संरक्षण गर्ने लक्ष्य राखिएको छ।

      NEPSE TRADING

      ·

      16 Mar, 2026

    • श्री एयरलाइन्सले प्रिमियम मूल्यमा ६३ लाख कित्ता आईपीओ ल्याउने तयारी
      Investor

      1 min read

      श्री एयरलाइन्सले प्रिमियम मूल्यमा ६३ लाख कित्ता आईपीओ ल्याउने तयारी

      श्री एयरलाइन्सले प्रिमियम मूल्यमा ६३ लाख कित्ता आईपीओ ल्याउने तयारी काठमाडौं । निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्स लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता २०० रुपैयाँ दरमा ६३ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा थप १०० रुपैयाँ प्रिमियम जोडेर सेयर जारी गर्ने प्रस्ताव गरेको जनाएको छ। प्रस्तावित आईपीओ स्वीकृत भए कम्पनीले कुल १ अर्ब २६ करोड रुपैयाँ बराबरको पूँजी सर्वसाधारणबाट संकलन गर्नेछ।

      NEPSE TRADING

      ·

      16 Mar, 2026

    • भेन्चर हायर पर्चेजले ११ लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रिया सुरु
      Investor

      1 min read

      भेन्चर हायर पर्चेजले ११ लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रिया सुरु

      भेन्चर हायर पर्चेजले ११ लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रिया सुरु काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ११ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले आईपीओमार्फत कुल ११ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने योजना बनाएको जनाएको छ।

      NEPSE TRADING

      ·

      16 Mar, 2026

    • पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल १७२ र डिजेल १५२ रुपैयाँ कायम
      Investor

      1 min read

      पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल १७२ र डिजेल १५२ रुपैयाँ कायम

      पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल १७२ र डिजेल १५२ रुपैयाँ कायम काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँले बढाएको हो। नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ। यसअघि पेट्रोलको मूल्य १५७ रुपैयाँ र डिजेलको मूल्य १४२ रुपैयाँ प्रतिलिटर रहेको थियो।

      NEPSE TRADING

      ·

      16 Mar, 2026

    • माघमा सेयर धितो कर्जा ३ अर्ब ३३ करोडले वृद्धि
      Top

      1 min read

      माघमा सेयर धितो कर्जा ३ अर्ब ३३ करोडले वृद्धि

      काठमाडौं । सेयर बजारमा लगानीकर्ताले बैंकबाट लिने मार्जिन प्रकृतिको कर्जा माघ महिनामा मात्रै तीन अर्ब ३३ करोड २० लाख रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्म एक खर्ब ५२ अर्ब ८२ करोड रुपैयाँ रहेको यस्तो कर्जा माघ मसान्तसम्ममा बढेर एक खर्ब ५६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको सात महिनामा भने सेयर धितो कर्जा कुल १५ अर्ब ४५ करोड रुपैयाँले बढेको छ। राष्ट्र बैंकले असोज २२ गते मार्जिन कर्जामा रहेको २५ करोड रुपैयाँको सीमा हटाएपछि यस्तो कर्जा विस्तार हुँदै गएको देखिएको छ।

      NEPSETRADING

      ·

      15 Mar, 2026

    • साताको पहिलो दिन नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
      Top

      1 min read

      साताको पहिलो दिन नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

      साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य बढेको छ। आइतबार नेप्से ४.४५ अंक बढेर २८२४.९० विन्दुमा पुगेको छ। कारोबार रकम भने १४ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। सोलु हाइड्रोपावर र साल्पा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार भए। होटल फरेष्ट इन र ग्रीनलाइफ हाइड्रोपावरको शेयर मूल्य उल्लेखनीय बढ्यो भने दरमखोला हाइड्रो इनर्जीको शेयर मूल्य १० प्रतिशतले घट्यो। घलेम्दी हाइड्रोपावर, रिडी पावर र नेशनल हाइड्रोपावर कम्पनी कारोबारमा शीर्ष रहे। १३ उपसमूहमध्ये ९ को परिसूचक बढेको छ भने ४ को घटेको छ।

      NEPSETRADING

      ·

      15 Mar, 2026

    • शेयर कारोबारको समय बढाउने तयारी, नेप्से अब बिहान १० बजेदेखि खुल्ने सम्भावना
      Investor

      1 min read

      शेयर कारोबारको समय बढाउने तयारी, नेप्से अब बिहान १० बजेदेखि खुल्ने सम्भावना

      शेयर कारोबारको समय बढाउने तयारी, नेप्से अब बिहान १० बजेदेखि खुल्ने सम्भावना काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर कारोबारको समय बढाउने तयारी गरेको छ। हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबार समयलाई परिवर्तन गरी बिहान १० बजेदेखि नै सञ्चालन गर्ने गृहकार्य बोर्डले अघि बढाएको हो। बोर्ड स्रोतका अनुसार धितोपत्र बोर्डको बैठकमै कारोबार समय बढाउने विषयमा सहमति बनिसकेको छ। यद्यपि अन्तिम निर्णय भने नयाँ सरकार गठन भएपछि गर्ने तयारी गरिएको बताइएको छ। कारोबार समय बढाउने निर्णयले लगानीकर्तालाई थप समय उपलब्ध हुने र बजार गतिविधि अझ सक्रिय हुने अपेक्षा गरिएको छ।

      NEPSE TRADING

      ·

      15 Mar, 2026

    • सरकारको विकास खर्च सुस्त, बजेट घाटा बढ्दै १ खर्ब ६१ अर्बमा पुग्यो
      Top

      1 min read

      सरकारको विकास खर्च सुस्त, बजेट घाटा बढ्दै १ खर्ब ६१ अर्बमा पुग्यो

      काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ का आठ महिनामा सरकारले बजेटको आधाभन्दा कम खर्च गरेको छ। फागुनसम्म ९ खर्ब २६ अर्ब मात्र खर्च भएको छ, जसमा चालु खर्च ५४ प्रतिशत भए पनि पुँजीगत खर्च १९ प्रतिशतमात्र सीमित रह्यो। राजस्व संकलनमा सुधार आए पनि आठ महिनामा ७ खर्ब ४७ अर्ब मात्र संकलन भएको छ। बजेट घाटा १ खर्ब ६१ अर्ब नाघेको छ। कमजोर पुँजीगत खर्चले सडक, पुल, अस्पताल र विद्यालय निर्माणजस्ता दीर्घकालीन परियोजनामा ढिलाइ गराएको छ। सरकारले दोस्रो अर्धवार्षिकमा खर्च तीव्र हुने आशा गरेको छ।

      NEPSETRADING

      ·

      15 Mar, 2026

    • सरकारको राजस्व संकलन लक्ष्य आधा मात्र पूरा, बजेट घाटा २ खर्ब ७९ अर्ब
      Top

      1 min read

      सरकारको राजस्व संकलन लक्ष्य आधा मात्र पूरा, बजेट घाटा २ खर्ब ७९ अर्ब

      काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा सरकारले कुल राजस्व लक्ष्यको मात्र ५० प्रतिशत संकलन गरेको छ। यस अवधिमा कर राजस्व ६ खर्ब ७६ अर्ब र गैरकर राजस्व ७० अर्ब रुपैयाँ संकलन भएको छ। सरकारको कुल खर्च ९ खर्ब २६ अर्ब पुगेको छ भने बजेट घाटा २ खर्ब ७९ अर्ब रुपैयाँ छ। विकास निर्माणका लागि खर्च भने वार्षिक लक्ष्यको २० प्रतिशतभन्दा कम मात्र भएको छ।

      NEPSETRADING

      ·

      15 Mar, 2026

    •  नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल गर्ने
      Top

      1 min read

      नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल गर्ने

      नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएकाले २० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। आज चैत १ गते दिउँसो ३ बजे बोलकबोल मार्फत निक्षेप संकलन गरिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेपको भुक्तानी र ब्याज चैत २९ गते गरिनेछ ।

      NEPSETRADING

      ·

      15 Mar, 2026

    • आइतबार सुन–चाँदीको मूल्य घट्यो
      Top

      <1 min read

      आइतबार सुन–चाँदीको मूल्य घट्यो

      आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा र चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।

      NEPSETRADING

      ·

      15 Mar, 2026

    • सानिमा जिआईसी इन्स्योरेन्सले शेयरधनीका लागि बोनस शेयर र नगद लाभांश घोषणा
      Top

      <1 min read

      सानिमा जिआईसी इन्स्योरेन्सले शेयरधनीका लागि बोनस शेयर र नगद लाभांश घोषणा

      Sanima GIC Insurance Limited ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश Nepal Insurance Authority बाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।

      NEPSETRADING

      ·

      15 Mar, 2026

    • चैतमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्यो
      Top

      1 min read

      चैतमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्यो

      वाणिज्य बैंकहरूले चैत २०८२ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। फागुन महिनामा ४.५६ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा घटेर ४.४९ प्रतिशतमा पुगेको छ, जुन ०.०७ प्रतिशत बिन्दुले कमी हो। २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। सबैभन्दा बढी ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ।

      NEPSETRADING

      ·

      15 Mar, 2026

    • बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला
      Top

      1 min read

      बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

      बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमध्ये १० लाख ४० हजार कित्ता स्थानीय बासिन्दाका लागि र १ लाख ४ हजार कित्ता विदेशमा काम गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले सञ्चालन गरेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको अनुमानित लागत करिब ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। यस आईपीओको बिक्री प्रबन्धक NMB Capital Limited रहेको छ।

      NEPSETRADING

      ·

      15 Mar, 2026

    • बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढ्दै, जोखिम बढ्ने चिन्ता
      Top

      1 min read

      बैंकिङ क्षेत्रमा गैर–बैंकिङ सम्पत्ति र कर्जा अपलेखन बढ्दै, जोखिम बढ्ने चिन्ता

      काठमाडौं । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा गैर–बैंकिङ सम्पत्ति (एनबीए) तथा कर्जा अपलेखन बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल गैर–बैंकिङ सम्पत्ति ५१ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन चालु आवको सात महिनामा करिब ६५ करोडले बढेको हो। यसै अवधिमा कर्जा अपलेखन पनि बढेर कुल ९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अर्थतन्त्र सुस्त हुँदा ऋणीहरूले कर्जा तिर्न नसक्ने अवस्था बढेपछि बैंकहरूले धितो सकार गर्ने तथा कर्जा अपलेखन गर्ने प्रक्रिया तीव्र बनाएका छन्। गैर–बैंकिङ सम्पत्ति बढ्दा बैंकहरूको नाफा र लाभांशमा समेत प्रभाव पर्ने देखिएको छ। समस्या समाधानका लागि सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) स्थापना गर्ने तयारी अघि बढाएको छ।

      NEPSE TRADING

      ·

      13 Mar, 2026