NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 28 / 194Next
    • पश्चिम एशियामा द्वन्द्वका कारण विश्वभर ३२ करोड मानिस भोकमरीको जोखिममा, डब्लुएफपीको चेतावनी
      Top

      2 min read

      पश्चिम एशियामा द्वन्द्वका कारण विश्वभर ३२ करोड मानिस भोकमरीको जोखिममा, डब्लुएफपीको चेतावनी

      काठमाडौं – विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पश्चिम एशियामा अमेरिका, इजरायल र इरानबीच जारी द्वन्द्वका कारण विश्वभर करिब ३२ करोड मानिस भोकमरीको जोखिममा रहेको चेतावनी दिएको छ। युद्धले खाद्य र इन्धन मूल्य वृद्धि गराएको छ र युद्ध जारी रहँदा तथा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघे थप ४ करोड ५० लाख मानिस भोकमरीको चपेटामा पर्न सक्नेछ। डब्लुएफपीले भनेको छ कि सबैभन्दा बढी प्रभाव कमजोर जनसंख्यामा पर्नेछ। इन्धन र ढुवानी खर्च वृद्धिले, अन्तर्राष्ट्रिय सहयोग घटेसँगै, राहत कार्य सञ्चालन गर्न चुनौती बढेको छ। युद्ध क्षेत्रभन्दा टाढाका देश जस्तै सोमालिया, केन्या, सुडान र अफगानिस्तानमा खाद्य असुरक्षा बढ्दै गएको छ र लाखौं मानिसलाई पर्याप्त सहयोग पुग्न सकेको छैन। आगामी तीन महिनाका लागि आपतकालीन राहतका लागि डब्लुएफपीले थप ७७ मिलियन अमेरिकी डलर सहयोगको अपिल गरेको छ।

      NEPSETRADING

      ·

      18 Mar, 2026

    • शेयर बजारमा पर्यटन समूहको विस्तार, नयाँ कम्पनीहरूको प्रवेश
      Top

      1 min read

      शेयर बजारमा पर्यटन समूहको विस्तार, नयाँ कम्पनीहरूको प्रवेश

      पर्यटन क्षेत्रको शेयर बजारमा विस्तार हुँदै गएको छ । विगतमा केवल तीन होटल कम्पनी सूचीकृत थिए भने हाल केबुलकार र हवाई उड्डयन कम्पनीहरू पनि समावेश भएर समूहको दायरा र कारोबार दुवै बढेको छ । चालु आर्थिक वर्षमा मात्रै नयाँ कम्पनीहरू जस्तै बन्दिपुर केबुलकार एन्ड टुरिज्म लिमिटेड र होटल फरेष्ट इन लिमिटेड शेयर बजारमा आएका छन् । हाल नेप्सेमा ८ कम्पनी सूचीकृत छन् भने १६ वटा कम्पनी आईपीओ पाइपलाइनमा छन्, जसमा श्री एयरलाइन्स, कैलाश हेलिकोप्टर, प्रभु हेलिकोप्टर, यति एयरलाइन्स र विभिन्न पाँचतारे होटलहरू छन्। यसरी पर्यटन समूहमा लगानीको अवसर बढ्दै गएको छ।

      NEPSETRADING

      ·

      18 Mar, 2026

    • इन्धन र सामग्री मूल्य वृद्धिले निर्माण क्षेत्र दबाबमा
      Top

      1 min read

      इन्धन र सामग्री मूल्य वृद्धिले निर्माण क्षेत्र दबाबमा

      नेपालको निर्माण क्षेत्र अहिले दोहोरो दबाबमा परेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य वृद्धि र निर्माण सामग्रीमा केही आयातकर्ताको कृत्रिम अभावले लागत बढाइरहेको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने व्यवसायीहरूले सिमेन्ट र फलामे डन्डीमा मूल्य फेरबदल र अभाव देखिएको बताइरहेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बजार स्थिरीकरणका लागि ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग माग गरेको छ। उद्योगीहरूले भने मूल्य वृद्धि उत्पादन र ढुवानी लागत बढेकाले भएको बताएका छन्।

      NEPSETRADING

      ·

      18 Mar, 2026

    •  सुनचाँदीको भाउमा गिरावट
      Top

      <1 min read

      सुनचाँदीको भाउमा गिरावट

      प्रतितोला २,२०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७०० रुपैयाँमा पुगेको छ भने चाँदी पनि १८५ रुपैयाँले घट्दै ५ हजार १५० रुपैयाँ कायम भएको छ ।

      NEPSETRADING

      ·

      18 Mar, 2026

    • नेपाल राष्ट्र बैंक ले निर्देशित कर्जा सीमा ४०% बाट घटाएर ३०% मा झार्यो
      Top

      1 min read

      नेपाल राष्ट्र बैंक ले निर्देशित कर्जा सीमा ४०% बाट घटाएर ३०% मा झार्यो

      काठमाडौं । नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्देशित कर्जाको सीमा ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत कायम गरेको छ। कृषि क्षेत्रमा कर्जा प्रवाहको सीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ भने ऊर्जा, पर्यटन, सूचना प्रविधि, एमएसएमई र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमा कुल २० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ। विकास बैंक र फाइनान्स कम्पनीका लागि क्रमशः २० प्रतिशत र १५ प्रतिशत सीमा तोकिएको छ।SMEs, and domestic raw material-based industries. Development banks and finance companies are required to maintain 20% and 15% directed lending, respectively.

      NEPSETRADING

      ·

      18 Mar, 2026

    • उतारचढावपछि नेप्से उकालो, प्राविधिक संकेतले देखायो बुलिस ट्रेन्ड
      Investor

      3 min read

      उतारचढावपछि नेप्से उकालो, प्राविधिक संकेतले देखायो बुलिस ट्रेन्ड

      उतारचढावपछि नेप्से उकालो, प्राविधिक संकेतले देखायो बुलिस ट्रेन्ड काठमाडौं — दिनभरि उतारचढाव देखिएको नेपाली शेयर बजार मंगलबार अन्ततः हरियो भएर बन्द भएको छ। नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन घटेको बजार यस दिन अन्त्यतिर खरीद दबाब बढेपछि सुधारिएको देखिन्छ। दिनभरको अस्थिर चालले लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रूपमा स्थिर नभएको संकेत गरे पनि अन्तिम समयमा देखिएको सुधारले बजारमा सकारात्मक संकेत दिएको छ। कारोबार रकममा पनि सामान्य वृद्धि देखिएको छ। सोमबार ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कुल ३४० कम्पनीका १ लाख ६ हजारभन्दा बढी कारोबारमार्फत ३ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम र भोल्युम दुवैमा आएको सुधारले बजारमा क्रमशः सक्रियता बढ्दै गएको संकेत गरेको छ।

      NEPSE TRADING

      ·

      17 Mar, 2026

    • अर्थमन्त्री र वित्तीय नियामकबीच भेट, स्थायित्व र लगानी विस्तारमा जोड
      Investor

      1 min read

      अर्थमन्त्री र वित्तीय नियामकबीच भेट, स्थायित्व र लगानी विस्तारमा जोड

      अर्थमन्त्री र वित्तीय नियामकबीच भेट, स्थायित्व र लगानी विस्तारमा जोड काठमाडौं — अर्थमन्त्री रमेश्वर खनालसँग बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) नियमन गर्ने प्रमुख निकायका प्रमुखहरूले मंगलबार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको उक्त भेटमा वित्तीय स्थायित्व, लगानी प्रवर्द्धन तथा आर्थिक सुशासनलगायत विषयमा छलफल भएको हो। बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल तथा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ सहभागी थिए। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार उक्त भेटमा समग्र वित्तीय प्रणाली सुदृढीकरणका विषयमा विचार आदानप्रदान गरिएको थियो।

      NEPSE TRADING

      ·

      17 Mar, 2026

    • कालंगा हाइड्रोको आईपीओ चैत १० देखि खुल्ने, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
      Top

      1 min read

      कालंगा हाइड्रोको आईपीओ चैत १० देखि खुल्ने, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

      कालंगा हाइड्रोको आईपीओ चैत १० देखि खुल्ने, पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता काठमाडौं — कालंगा हाइड्रो लिमिटेडले आगामी चैत १० गतेदेखि आफ्नो पहिलो चरणको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको आईपीओमध्ये प्रारम्भिक चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। यसमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई र ४ लाख ९० हजार कित्ता अन्य प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ।

      NEPSE TRADING

      ·

      17 Mar, 2026

    • ‘ग्लोबल मनी विक–२०२६’ सुरु, वित्तीय साक्षरतामा जोड
      Investor

      2 min read

      ‘ग्लोबल मनी विक–२०२६’ सुरु, वित्तीय साक्षरतामा जोड

      ‘ग्लोबल मनी विक–२०२६’ सुरु, वित्तीय साक्षरतामा जोड काठमाडौं — ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ आजदेखि सुरु भएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने यस अभियानको यो चौधौँ संस्करण हो, जसले किशोर–किशोरी तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा उद्घाटन कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब पाँच सय विद्यार्थी सहभागी भएका थिए, जसले विद्यालय तहबाटै वित्तीय ज्ञान विस्तार गर्ने प्रयासलाई बलियो बनाएको छ।

      NEPSE TRADING

      ·

      17 Mar, 2026

    • सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, जीडीपीको ४७ प्रतिशत पुगेको दायित्व
      Investor

      2 min read

      सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, जीडीपीको ४७ प्रतिशत पुगेको दायित्व

      सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, जीडीपीको ४७ प्रतिशत पुगेको दायित्व काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७.१३ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालयको मासिक प्रतिवेदनअनुसार आर्थिक वर्षको सुरुवातमा साउन १ गतेसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा आठ महिनाको अवधिमा २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ थपिएको हो। यस अवधिमा वैदेशिक ऋणको हिस्सा बढी देखिएको छ। फागुन मसान्तसम्म वैदेशिक ऋण १५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। यस आधारमा कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत र आन्तरिक ऋण ४६.८४ प्रतिशत रहेको छ।

      NEPSE TRADING

      ·

      17 Mar, 2026

    • पर्यटन र हवाई क्षेत्रमा आईपीओ लहर, १७ कम्पनी तयारीमा
      Investor

      1 min read

      पर्यटन र हवाई क्षेत्रमा आईपीओ लहर, १७ कम्पनी तयारीमा

      पर्यटन र हवाई क्षेत्रमा आईपीओ लहर, १७ कम्पनी तयारीमा काठमाडौं — नेपालको पर्यटन तथा हवाई क्षेत्रले नयाँ लगानी चरणमा प्रवेश गर्ने संकेत देखिएको छ। धितोपत्र बजारमा चाँडै १७ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेसँगै पर्यटन पूर्वाधार विस्तारमा निजी क्षेत्रको लगानी उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको हो। धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीमध्ये तीनवटा पाँचतारे होटलले मात्रै ठूलो परिमाणमा सेयर निष्कासन गर्ने योजना बनाएका छन्। अकामा होटलले ४२ लाख ८५ हजार, वर्णवास म्युजियम होटलले ३९ लाख ६० हजार र होटल इच्छाले ३५ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेका छन्। यसले उच्चस्तरीय आवास सेवा विस्तारसँगै अन्तर्राष्ट्रिय पर्यटक लक्षित पूर्वाधार विकासमा टेवा पुग्ने देखिएको छ।

      NEPSE TRADING

      ·

      17 Mar, 2026

    • मेरो किसान लिमिटेडले आईपीओ ल्याउने तयारी, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त
      Investor

      1 min read

      मेरो किसान लिमिटेडले आईपीओ ल्याउने तयारी, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त

      मेरो किसान लिमिटेडले आईपीओ ल्याउने तयारी, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त काठमाडौं — कृषि क्षेत्रमा आधारित कम्पनी मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ जारी गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। यस सम्बन्धमा चैत २ गते काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार प्रभु क्यापिटलले कम्पनीको आईपीओ निष्काशन तथा व्यवस्थापनको जिम्मेवारी लिनेछ।

      NEPSE TRADING

      ·

      17 Mar, 2026

    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, मंगलबार दुवै धातु महँगियो
      Investor

      1 min read

      सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, मंगलबार दुवै धातु महँगियो

      सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, मंगलबार दुवै धातु महँगियो काठमाडौं — मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम रहेको थियो। दैनिक मूल्यमा आएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय मागका कारण भएको व्यवसायीहरू बताउँछन्।

      NEPSE TRADING

      ·

      17 Mar, 2026

    • शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार लगानीकर्ताले पाए १०–१० कित्ता
      Investor

      1 min read

      शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार लगानीकर्ताले पाए १०–१० कित्ता

      शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार लगानीकर्ताले पाए १०–१० कित्ता काठमाडौं — शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ मंगलबार बिहान बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बिहान ८ः३० बजे शेयर बाँडफाँट सम्पन्न गरिएको हो। बाँडफाँटमा कुल १ लाख ८४ हजार २६० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कम्पनीको आईपीओमा अत्यधिक माग देखिएको थियो। कुल २७ लाख ६६ हजार ५१० जनाबाट आवेदन परेकोमा अन्तिम दिनसम्म ३ अर्ब ७ करोड ३९ लाख ६० हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ३९ हजार ६०० कित्ताका लागि आवेदन परेको थियो।

      NEPSE TRADING

      ·

      17 Mar, 2026

    • साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घट्यो
      Top

      1 min read

      साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घट्यो

      साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६.०७ अंक घटेर २७९८.८३ विन्दुमा झरेको छ। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि घटेका छन्। ३४५ स्टकमा ३ करोड ७ लाख ९० हजार कित्ता शेयर ११.९७ अर्ब रुपैयाँबराबर कारोबार भएको छ। चार स्टक—सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अप्पर हेवाखोला र सोलु हाइड्रोपावर—सकारात्मक सर्किटमा रहेका छन्। आँखु खोला जलविद्युत कम्पनी ६८ करोड ७७ लाख रुपैयाँको कारोबारसँगै शीर्ष स्थानमा रह्यो। १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ, उत्पादन तथा प्रशोधन उपसमूह मात्र बढेको छ।

      NEPSETRADING

      ·

      16 Mar, 2026

    • गुल्फ क्षेत्रमा तनावबीच इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्दा तेल मूल्य उचालियो
      Top

      <1 min read

      गुल्फ क्षेत्रमा तनावबीच इरानले स्ट्रेट अफ होर्मुज बन्द गर्दा तेल मूल्य उचालियो

      इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि कच्चा तेलको मूल्य ५० प्रतिशतले बढेको छ। यो कदम अमेरिका–इजरायलसँगको युद्धको प्रतिकारस्वरुप हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो साझेदार राष्ट्र र चीनलाई जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन्।

      NEPSETRADING

      ·

      16 Mar, 2026

    • दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमणले आगलागी
      Top

      1 min read

      दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमणले आगलागी

      यूएईको दुबईमा ड्रोन आक्रमणले विमानस्थल नजिकै इन्धन भण्डारण ट्याङ्कीमा आगो लगाएको छ। सिभिल डिफेन्सले आगो नियन्त्रणमा लिएको छ र मानवीय क्षति भएको छैन। दुबई एयरपोर्टले उडानहरू अर्को सूचना नभएसम्म रोकिएको जनाएको छ। यो घटनाले अमेरिका–इजरायल र इरानबीचको बढ्दो तनावलाई उजागर गरेको छ। फेब्रुअरी २८ पछि खाडी क्षेत्रका देशहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमण भोगेका छन्, जसमा कूटनीतिक कार्यालय, सैन्य अड्डा, तेल पूर्वाधार, विमानस्थल, होटल, आवासीय र व्यावसायिक भवनहरू पनि लक्ष्य बनेका छन्।

      NEPSETRADING

      ·

      16 Mar, 2026

    • सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो
      Top

      <1 min read

      सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

      चैत २ गते सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ। आज छापावाल सुन ३ लाख ९ हजार ५०० रुपैयाँ र चाँदी ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।

      NEPSETRADING

      ·

      16 Mar, 2026

    • ८ महिनामा राजस्व संकलन लक्ष्यको ८२% मात्र, पुँजीगत खर्च २०% भन्दा कम
      Top

      1 min read

      ८ महिनामा राजस्व संकलन लक्ष्यको ८२% मात्र, पुँजीगत खर्च २०% भन्दा कम

      चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा सरकारले ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२.६० प्रतिशत मात्र हो। वार्षिक लक्ष्य १४ खर्बभन्दा बढी भए पनि फागुनसम्म कुल लक्ष्यको करिब ५० प्रतिशत मात्रै राजस्व उठेको छ। यस अवधिमा कर राजस्व ६ खर्ब ७६ अर्ब र गैरकर राजस्व करिब ७० अर्ब रुपैयाँ संकलन भएको छ। आठ महिनामा सरकारको कुल आम्दानी करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ हुँदा खर्च ९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ, जसका कारण बजेट घाटा २ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। यता पुँजीगत खर्च भने निकै न्यून रहँदै वार्षिक लक्ष्यको करिब १९ प्रतिशत मात्रै खर्च भएको छ।

      NEPSETRADING

      ·

      16 Mar, 2026

    • कालंगा हाइड्रो लिमिटेडको आईपीओ चैत १० देखि खुल्ने
      Top

      1 min read

      कालंगा हाइड्रो लिमिटेडको आईपीओ चैत १० देखि खुल्ने

      कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ, जसअन्तर्गत १४ लाख कित्ता स्थानीय बासिन्दाका लागि र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक विद्युत उत्पादन भइरहेको छ भने आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक Sanima Capital Limited रहेको छ।

      NEPSETRADING

      ·

      16 Mar, 2026