
1 min read
नेप्से परिसूचक सात महिनायता उच्च विन्दुमा, बजारमा तीव्र वृद्धि
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेको छ, जुन करिब सात महिनायता उच्च स्तर हो। बजारमा ३६४ स्टकको ६ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त, सोलु र भुजुङ्ग हाइड्रोपावर तथा होटल फरेष्ट इनका शेयर सकारात्मक सर्किटमा पुगेका छन्। १३ उपसमूहमध्ये १२ को परिसूचक बढेको छ भने १ घटेको छ।
NEPSETRADING
·22 Mar, 2026


















