NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 34 / 194Next
    • पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      1 min read

      पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले कुल ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमध्ये प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइसकेपछि बाँकी ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँमा खुला गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीलाई इन्फोमेरिक्सले ‘आईआरएन डबल बी प्लस’ रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम संकेत गर्दछ। आवेदन आस्बा सदस्य बैंक तथा ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

      NEPSE TRADING

      ·

      27 Feb, 2026

    • राष्ट्र बैंकले ६ अर्ब ३४ करोड रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
      Top

      1 min read

      राष्ट्र बैंकले ६ अर्ब ३४ करोड रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने

      नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ। कुल रकममध्ये ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ वाणिज्य बैंक, ९५ करोड १२ लाख रुपैयाँ विकास बैंक र ३१ करोड ७० लाख रुपैयाँ वित्त कम्पनीमा लगानी गरिनेछ। यसका लागि बैंक तथा वित्तीय संस्थालाई फागुन १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरिएको छ। उक्त निक्षेप २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म ३६६ दिनका लागि रहनेछ।

      NEPSE TRADING

      ·

      26 Feb, 2026

    • लगातार चौथो दिन नेप्से उकालो, परिसूचक २६५४.९३ विन्दुमा; कारोबार रकम घट्यो
      Top

      1 min read

      लगातार चौथो दिन नेप्से उकालो, परिसूचक २६५४.९३ विन्दुमा; कारोबार रकम घट्यो

      साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ। लगातार चौथो दिन बजार उकालो लागे पनि कारोबार रकम भने घटेको छ। यस दिन ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। सालपा विकास बैंक सकारात्मक सर्किटमा कारोबार हुँदा रिलायन्स स्पिनिङ्ग मिल्स र हिम स्टार उर्जाको शेयरमूल्य उल्लेख्य बढेको छ। १३ उपसमूहमध्ये ९ उपसमूह बढ्दा निर्जीवन बीमा क्षेत्र सर्वाधिक १.०९ प्रतिशतले उकालो लागेको छ।

      NEPSE TRADING

      ·

      26 Feb, 2026

    • माघ महिनामा बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी, देशभर ४ हजार ५ सय ६१ मुद्दा दर्ता
      Top

      1 min read

      माघ महिनामा बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी, देशभर ४ हजार ५ सय ६१ मुद्दा दर्ता

      नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ महिनामा देशभर दर्ता भएका ४ हजार ५ सय ६१ मुद्दामध्ये बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी १ हजार १७ रहेका छन्, जुन कुल मुद्दाको २२.२९ प्रतिशत हो। सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा तथा नैतिकताविरुद्ध ५६३ मुद्दा दर्ता भएका छन्। त्यस्तै आत्महत्याका ४९४, लागुऔषधका ४३६, भवितव्य ज्यानका ३८० र चोरीका ३६४ मुद्दा दर्ता भएका छन्। सबैभन्दा धेरै मुद्दा काठमाडौं उपत्यकामा १,३३७ दर्ता भएका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम १५९ मुद्दा दर्ता भएका छन्।

      NEPSE TRADING

      ·

      26 Feb, 2026

    • १२ वर्षमा कृषि, बाली तथा पशुपन्छी बीमामा ६ अर्ब ३० करोड अनुदान वितरण
      Top

      1 min read

      १२ वर्षमा कृषि, बाली तथा पशुपन्छी बीमामा ६ अर्ब ३० करोड अनुदान वितरण

      काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय ले विगत १२ वर्षमा कृषि, बाली तथा पशुपन्छी बीमाबापत कुल ६ अर्ब ३० करोड रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ। सो अवधिमा बीमा कम्पनीहरूले १ खर्ब ८५ अर्ब रुपैयाँभन्दा बढीको बीमा गर्दै ८ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने ७ अर्ब २८ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन्। मन्त्रालयले २०८१ कात्तिक १ गतेदेखि लागू हुने गरी प्रिमियममा ५० देखि ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ। कार्यक्रमको अनुगमन तथा कार्यान्वयनका लागि मन्त्रालयको नेतृत्वमा समिति गठन गरिएको छ, जसमा नेपाल बीमा प्राधिकरण समेत सहभागी छ। सरकारले कृषि क्षेत्रलाई सुरक्षित र व्यवसायिक बनाउन बीमा अनुदानलाई निरन्तरता दिएको जनाएको छ।

      NEPSE TRADING

      ·

      26 Feb, 2026

    • निर्वाचन अवधिभर मदिरा बिक्रीमा प्रतिबन्ध, मतदानको दिन सवारी सञ्चालनमा कडाइ
      Top

      1 min read

      निर्वाचन अवधिभर मदिरा बिक्रीमा प्रतिबन्ध, मतदानको दिन सवारी सञ्चालनमा कडाइ

      काठमाडौं । निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन आज बिहीबारदेखि मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार अन्तिम नतिजा घोषणा नभएसम्म यो प्रतिबन्ध कायम रहनेछ। साथै, मतदानको दिन फागुन २१ गते अत्यावश्यक सेवा, कूटनीतिक नियोग र पास प्राप्त सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। एम्बुलेन्स, दमकल, सुरक्षा निकाय र मर्मत सेवासम्बन्धी सवारीसाधन भने सञ्चालनमा रहनेछन्।

      NEPSE TRADING

      ·

      26 Feb, 2026

    • रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथामार्फत १ लाख १८ हजार आवेदकलाई शेयर वितरण
      Top

      1 min read

      रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथामार्फत १ लाख १८ हजार आवेदकलाई शेयर वितरण

      रिज लाईन इनर्जी लिमिटेड को सर्वसाधारणतर्फ निष्काशन गरिएको आईपीओ फागुन १४ गते बाँडफाँट गरिएको छ। कम्पनीले ११ लाख ८० हजार २६० कित्ता शेयर निष्काशन गरेकोमा २५ लाखभन्दा बढी आवेदकबाट माग परेको थियो। अत्यधिक आवेदन परेपछि गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ। नतिजाअनुसार १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

      NEPSE TRADING

      ·

      26 Feb, 2026

    • सुन र चाँदीको मूल्यमा वृद्धि
      Top

      1 min read

      सुन र चाँदीको मूल्यमा वृद्धि

      फागुन १४ गते बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर ३ लाख १५ हजार ४०० रुपैयाँ पुगेको छ। बुधबार सुन ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो।

      NEPSE TRADING

      ·

      26 Feb, 2026

    • सुस्त कर्जा विस्तारपछि राष्ट्र बैंकको लचक नीति, वर्षअन्त्यसम्म १२% लक्ष्य चुनौतीपूर्ण
      Top

      2 min read

      सुस्त कर्जा विस्तारपछि राष्ट्र बैंकको लचक नीति, वर्षअन्त्यसम्म १२% लक्ष्य चुनौतीपूर्ण

      निजी क्षेत्रतर्फको कर्जा विस्तार अपेक्षाभन्दा कम भएपछि नेपाल राष्ट्र बैंक ले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लचकता अपनाएको छ। वार्षिक १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखिएकोमा पुस मसान्तसम्म जम्मा ३.८ प्रतिशत मात्र वृद्धि भएपछि बैंकले चालु पुँजी कर्जा मार्गदर्शन खुकुलो बनाउँदै बैंकहरूलाई अवधि निर्धारणको अधिकार दिएको छ। साथै, प्राथमिकता प्राप्त क्षेत्रलाई पर्यटन, सूचना प्रविधि र निकासीजन्य उद्योगसम्म विस्तार गरिएको छ। समीक्षाले आर्थिक मन्दीबाट प्रभावित तर नियत सफा भएका ऋणीहरूलाई कालोसूचीबाट अस्थायी राहत दिने व्यवस्था पनि गरेको छ। नीतिगत दर ४.२५ प्रतिशत र बैंक दर ५.७५ प्रतिशतमा झारिएपछि ब्याजदर सस्तो बनेको छ। तर बाँकी ६ महिनामा लक्ष्य भेट्टाउन करिब ८ प्रतिशतभन्दा बढी कर्जा वृद्धि आवश्यक पर्ने भएकाले नीति कार्यान्वयन र बजारमा माग वृद्धि निर्णायक हुने देखिन्छ।

      NEPSE TRADING

      ·

      26 Feb, 2026

    • एपोलो हाइड्रोपावर लिमिटेड को वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      1 min read

      एपोलो हाइड्रोपावर लिमिटेड को वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      एपोलो हाइड्रोपावर लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन १४) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमध्ये ९४ हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरुका लागि छुट्याएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ।

      NEPSE TRADING

      ·

      26 Feb, 2026

    • मौद्रिक नीतिमा निरन्तरता, कर्जामा विस्तार र मुद्रास्फीति नियन्त्रणमा राष्ट्र बैंकको जोड
      Stock

      1 min read

      मौद्रिक नीतिमा निरन्तरता, कर्जामा विस्तार र मुद्रास्फीति नियन्त्रणमा राष्ट्र बैंकको जोड

      नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै आर्थिक गतिविधि विस्तार, वित्तीय स्थायित्व र मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकतामा राख्ने नीति निरन्तरता दिएको छ। समीक्षाअनुसार, विस्तृत मुद्रा आपूर्ति र निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा कर्जा प्रवाह करिब ३.८ प्रतिशतले बढेको छ भने निक्षेप संकलन पनि सन्तोषजनक रहेको राष्ट्र बैंकले जनाएको छ। यसले बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेको संकेत गरेको छ।

      NEPSE TRADING

      ·

      24 Feb, 2026

    • नेप्से २१ अंकले उकालो, कारोबार रकममा गिरावट
      Top

      1 min read

      नेप्से २१ अंकले उकालो, कारोबार रकममा गिरावट

      यस दिन नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको छ। सबै प्रमुख सूचकहरूमा वृद्धि देखिए पनि कारोबार रकम घटेर ४ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ। सालपा विकास बैंकसहित केही कम्पनीको शेयर मूल्य उल्लेख्य रूपमा बढेको छ। सबै १३ उपसमूह सकारात्मक रहँदा होटल तथा पर्यटन उपसमूह सबैभन्दा बढी बढेको छ।

      NEPSE TRADING

      ·

      24 Feb, 2026

    • नेपाल राष्ट्र बैंक ले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज वा भोलि सार्वजनिक गर्ने तयारी
      Top

      1 min read

      नेपाल राष्ट्र बैंक ले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज वा भोलि सार्वजनिक गर्ने तयारी

      नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक ले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज वा भोलिसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। निर्वाचन आचारसंहिताका कारण ठूला नीतिगत परिवर्तन नहुने बताइएको छ। डेपुटी गभर्नर डा. निलम ढुंगाना विदेशबाट फर्किएपछि बैठक बसेर समीक्षा स्वीकृत गरिनेछ। कानुनअनुसार ६ महिनापछि ४५ दिनभित्र समीक्षा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

      NEPSE TRADING

      ·

      24 Feb, 2026

    • माघसम्म निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन २८ अर्ब नाघ्यो
      Top

      1 min read

      माघसम्म निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन २८ अर्ब नाघ्यो

      काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालका निर्जीवन बीमा कम्पनीहरूले कुल २८ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरण को तथ्याङ्कअनुसार सात महिनाको अवधिमा सबैभन्दा बढी बीमा शुल्क शिखर इन्स्योरेन्स ले संकलन गरेको छ। त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स क्रमशः शीर्ष स्थानमा रहेका छन्।

      NEPSE TRADING

      ·

      24 Feb, 2026

    • ‘डबल आइजिन’ प्रणालीले पुँजी बजार विकृत बनायो : कमलेश अग्रवाल
      Top

      1 min read

      ‘डबल आइजिन’ प्रणालीले पुँजी बजार विकृत बनायो : कमलेश अग्रवाल

      नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल ले नेपालको पुँजी बजारमा रहेको ‘डबल आइजिन’ प्रणालीले बजारलाई अविश्वसनीय र विकृत बनाएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्स र सीडीएस एण्ड क्लियरिङ लिमिटेड को कार्यक्रममा बोल्दै उनले एउटै कम्पनीको शेयरमा एउटै आइजिन हुनुपर्नेमा जोड दिए। फरक–फरक आइजिन र ड्यूअल प्राइसले स्पेकुलेसन बढाउने, तरलता घटाउने र नेपाल स्टक एक्सचेञ्ज को सूचकांकलाई वास्तविक नबनाउने उनको भनाइ छ। उनले संस्थापक शेयरको लकइन अवधि र कमजोर नियमनले बजारमा असन्तुलन ल्याएको बताए। नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएससी लाई सुदृढ बनाउँदै पारदर्शी र प्रतिफलमा आधारित बजार विकास गर्नुपर्नेमा उनले जोड दिए।

      NEPSE TRADING

      ·

      24 Feb, 2026

    •   नेपाली बजारमा सुनको मूल्य वृद्धि, चाँदीको भाउमा गिरावट
      Top

      <1 min read

      नेपाली बजारमा सुनको मूल्य वृद्धि, चाँदीको भाउमा गिरावट

      फागुन १२ गते मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर ३ लाख १४ हजार ८०० रुपैयाँ पुगेको छ। भने चाँदीको मूल्य घटेर प्रतितोला ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको छ ।

      NEPSE TRADING

      ·

      24 Feb, 2026

    • सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, फागुन १७ गते साधारण सभा
      Top

      1 min read

      सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, फागुन १७ गते साधारण सभा

      Supermai Hydropower Limited (SMH) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन फागुन १२ गते रहेको छ भने कम्पनीले फागुन १३ गते बुकक्लोज गर्नेछ। फागुन १२ गतेसम्म कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन सक्नेछन्। कम्पनीको एघारौँ वार्षिक साधारण सभा फागुन १७ गते नक्साल, काठमाडौंमा आयोजना हुनेछ, जहाँ २० प्रतिशत बोनस शेयर र १.११ प्रतिशत नगद लाभांश वितरण लगायतका प्रस्ताव पारित गरिनेछ।

      NEPSE TRADING

      ·

      24 Feb, 2026

    • पाल्पा सिमेन्टको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर बिक्रीमा
      Top

      1 min read

      पाल्पा सिमेन्टको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर बिक्रीमा

      पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४५ लाख कित्ता शेयर जारी गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गते बन्द हुनेछ। कम्पनीलाई आईआरएन डबल बी प्लस रेटिङ प्राप्त भएको छ, जसले मध्यम जोखिम देखाउँछ। आवेदन सि–आस्बा र ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

      NEPSE TRADING

      ·

      24 Feb, 2026

    • राजस्व चुहावट नियन्त्रणमा एकीकृत प्रयास आवश्यक : अर्थमन्त्री खनाल
      Investor

      2 min read

      राजस्व चुहावट नियन्त्रणमा एकीकृत प्रयास आवश्यक : अर्थमन्त्री खनाल

      राजस्व चुहावट नियन्त्रणमा एकीकृत प्रयास आवश्यक : अर्थमन्त्री खनाल अर्थमन्त्री रामेश्वरप्रसाद खनाल ले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत रूपमा काम गरे मात्र दीर्घकालीन परिणाम हासिल गर्न सकिने स्पष्ट गरे। अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणका लागि अहिलेसम्म गरिएका प्रणालीगत सुधारका प्रयासलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले राज्यका सबै निकायले आफ्नो क्षेत्राधिकारअनुसार जिम्मेवारी पूरा गर्दै राजस्व वृद्धि र चुहावट नियन्त्रणमा सक्रिय भूमिका खेल्नुपर्ने बताए।

      NEPSE TRADING

      ·

      24 Feb, 2026

    • नेप्से सामान्य सुधारतर्फ, परिसूचक बढे पनि कारोबार रकम घट्यो
      Top

      1 min read

      नेप्से सामान्य सुधारतर्फ, परिसूचक बढे पनि कारोबार रकम घट्यो

      साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा बन्द भएको छ। बजार बढे पनि कारोबार रकम घटेर ५ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ। सालपा विकास बैंक सकारात्मक सर्किटमा पुगेको छ भने केही कम्पनीका सेयर मूल्य उल्लेख्य रूपमा बढेका छन्। १३ उपसमूहमध्ये ६ बढेका र ७ घटेका छन्।

      NEPSE TRADING

      ·

      23 Feb, 2026